SKIP TO MAIN CONTENT

वेस्टप्याकले हुन्डी कारोबार विरुद्धका नियमहरू पालना गरेन: अस्ट्राक

“गम्भीर तथा प्रणालीगत” रूपमै हुन्डी कारोबार विरुद्धका नियमहरूको पालना गर्न वेस्टप्याक असमर्थ रहेको भन्दै कारबाही अगाडी बढाउन अस्ट्रेलियामा आर्थिक कारोबार अनुगमन गर्ने संस्थाले मुद्दा दायर गरेको छ।

A Westpac branch in Adelaide.
A Westpac branch in Adelaide. Source: AAP

2 min read

Published

Updated


Skip to article content

अस्ट्रेलियामा आर्थिक कारोबारहरूको लेखाजोखा गर्ने अस्ट्राकले सङ्घीय अदालतमा वेस्टप्याक विरुद्ध हुन्डी कारोबार रोक्न र आतङ्कवाद वित्तीय दायित्वहरू माथि लागू नियमहरूको निरीक्षण राम्ररी नगरेको भन्दै मुद्दा दायर गरेको छ।

वेस्टप्याकले २ करोड ३० लाख भन्दा पनि बढी पटक हुन्डी कारोबार तथा आतङ्कवादलाई आर्थिक सहयोग पुर्‍याउने विरुद्धका ऐनहरूको पालना गर्न नसकेको आरोप लगाइएको हो।

हुन्डी कारोबारहरू माथि निगरानी गरिरहेको अस्ट्राकका अनुसार वेस्टप्याकले पाँच वर्षको अवधिमा झन्डै दुई करोड अन्तर्राष्ट्रिय रकम स्थानान्तरणहरूका विवरणहरू पठाउन चुकेको थियो - चाहे ती रकम अस्ट्रेलिया भित्रेको होस् वा यहाँबाट बाहिर पठाइएका हुन्।

A Chinese national is removed from Australia for economic crimes
A Chinese national is removed from Australia for economic crimes Source: AUSTRAC

यसका साथै, वेस्टप्याकद्वारा आफ्ना समकक्षी वित्तीय संस्थाहरूलाई आफ्नो बैंकिंग प्रणाली र अस्ट्रेलियन पेमेन्ट्स सिस्टम बिना कुनै सोचविचार पहुँच दिएको आरोप पनि अस्ट्राकले लगाएको छ।

अस्ट्राकका प्रमुख निकोल रोसका अनुसार वेस्टप्याकले “गम्भीर तथा प्रणालीगत” रूपमै कानूनहरुको पालना नगरेको बताएकी छिन्।

अस्ट्राकले आफू माथि छानबिन गरिरहेको कुरा वेस्टप्याकले केही समय अगाडी सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो।

उक्त प्रतिवेदनमा अस्ट्राकद्वारा आफूलाई विभिन्न विषयहरू माथि छानबिन गरिरहेको र आफू विरुद्ध कारबाही हुनसक्ने र त्यसो भएको खण्डमा आफूले “निकै ठुलो आर्थिक जरिवाना” तिर्नुपर्ने बताएको थियो।

अघिल्लो वर्ष मात्र कमनवेल्थ बैङ्कलाई यस्तै मुद्दामा ७० करोड डलर जरिवाना गरिएको थियो। उसले ५३,७०० पटक हुन्डी कारोबार तथा आतङ्कवादलाई आर्थिक सहयोग पुर्‍याउने विरुद्धका ऐनहरू तोडेको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now