वेस्टप्याक बैंकले बढायो होम लोन ब्याज दर

लाखौं अस्ट्रेलियाली घरधनीहरुलाई असर पार्ने कदम चाल्दै वेस्टप्याक बैंकले आफ्नो होम लोनको ब्याज दरलाई ०.१४ प्रतिशतले बढाउने भएको छ|

The logo of Westpac is displayed outside a bank branch in Sydney

The logo of Westpac is displayed outside a bank branch in Sydney Source: AAP

सेप्टेम्बर १९ देखि लागु हुने उक्त नयाँ ब्याज दर बैंकका हाल रहेका र नयाँ ग्राहक सबै माथि लागु हुने छ | 

अस्ट्रेलियाली रिजर्व बैंकद्वारा सन् २०१६ देखि लागु गरिएको १.५० प्रतिशतको ब्याज दरमा कुनै बदलाव नगरिएको समयमा वेस्टप्याकको उक्त कदम आएको हो | 

उक्त वृद्धिको मतलब ऋण लिएकै घरमा बस्ने ग्राहकहरुको दर ५.३८ प्रतिशत पुग्ने छ भने लगानीको रूपमा खरिद गरिएका भवनहरुका लागि ग्राहकहरुले ५.९३ प्रतिशतको दरले ऋण तिर्नु पर्नेछ |
ऋणको लागि रकम उपलब्ध गराउन बैंकले बेहोर्नु पर्ने खर्च बढ्नुको कारण आफ्नो भेरिएबल दरमा वृद्धि गर्नु परेको बैंकका कार्यकारी प्रमुख ब्रायन हार्टज़रले बताए | 

यसका साथ चार लाख डलर को ऋण रहेका ग्राहकहरुको भुक्तानी दरमा वार्षिक चार सय डलर सम्म थपिन सक्ने बताइएको छ |
File: Westpac Chief Executive Brian Hartzer at the company's half year results briefing in Sydney, Monday, May 7, 2018.
Westpac CEO Brian Hartzer says it was a "difficult" decision to raise rates by 0,14%. Source: AAP
यो वर्ष ब्याज दर बढाउने निर्णय गर्ने वेस्टप्याक पहिलो प्रमुख बैंक बनेको छ | अस्ट्रेलियाका अन्य प्रमुख बैंकहरुबाट चाहिं यस्तो संकेत अहिलेको लागि आएको छैन |


Share

Published

Updated

By SBS Nepali
Source: SBS News

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand