दर्ता नभएको कुकुर पाल्नेदेखि अन्तर्राष्ट्रिय चालक अनुमति पत्रका साथ गाडी हाँक्नेसम्म अस्ट्रेलियाको साना अपराधको सुचीमा रहेका छन्।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय चालक अनुमति पत्रले सवारी चलाउन पाइने भए पनि त्यसमा रहेका प्रावधान, मान्य मिति र चालकको भिसा अवस्थाले फरक पार्न सक्छ।
प्रत्येक राज्यका आ-आफ्नै नियम हुने भएकाले उल्लेखित नियम अनुरूप अन्तर्राष्ट्रिय चालक अनुमति पत्र प्रयोग गर्नु पर्ने हुन्छ।
अन्तर्राष्ट्रिय चालक अनुमति पत्रका सम्बन्धमा प्रत्येक राज्यमा भिन्न नियमहरू भए पनि सामान्य तया अस्ट्रेलियामा केही मान्यता प्राप्त राष्ट्रहरूबाट लिएको चालक अनुमति पत्र भएकाले चालक परीक्षा (लिखित र व्यवहारिक) दुवै दिनु पर्दैन।

तर त्यस बाहेकका राष्ट्रको चालक अनुमति पत्र भएका तर अस्थायी भिसामा रहेकाले आफ्नो परिचय खुलाउने प्रमाण र चालक अनुमति पत्र अङ्ग्रेजी भाषामा नभए त्यसको प्रमाणित अङ्ग्रेजीमा अनुवाद साथमा राख्नु पर्दछ।
र भर्खरै अस्ट्रेलियाको स्थाई भिसा (पिआर) लिएका चालकहरूको बढीमा तिन महिनासम्म मात्र अन्तर्राष्ट्रिय चालक अनुमति पत्र मान्य हुन्छ।
त्यस्तै आफ्नो गाडीको ढोकाहरू बन्द नगर्ने र रेल स्टेसनका बन्द क्षेत्रमा धूम्रपान गर्ने लगायतका क्रियाकलापहरू गरेमा पनि कानुनी रूपमा समस्या पर्नेछ।
अन्य देशबाट आएकाहरूलाई यी नियमहरूबारे जानकारी नहुँदा नियम उल्लङ्घन गर्न सक्ने जोखिम हुने गर्दछ।
न्यु साउथ वेल्स को शरणार्थी कानुनी सहायता अन्तर्गत परिवारहरूका लागी वकालत गर्ने फ्लोरेन्स मोन्टाल्भो भन्छिन् तपाईँको देशमा गर्न पाइने कतिपय कुराहरू अस्ट्रेलियाको परिप्रेक्ष्य फरक हुन सक्छ।
"कतिपय भिन्न सांस्कृतिक पृष्ठभूमिका मानिसहरूमा पसलहरूमा गएर फलफुल झिकेर चाख्ने बानी हुन्छ तर उनीहरूले के बुझेका हुँदैनन् भने त्यस्तो क्रियाकलाप वूल्वोर्थ वा कोल्स जस्ता सुपरमार्केटमा गर्नु भयो भने, त्यो पसलबाट सामान चोर्ने भित्र परिभाषित हुन्छ।"
र यस्तो गर्दा तत्काल पक्राउ नपरे पनि यसले विवाद उत्पन्न गराउने र अवस्थालाई तनावपूर्ण बनाउन सक्छ।
मोन्टाल्भो भन्छिन् त्यस्तै गाडी वा घरमा ठुलोआवाजमा सङ्गीत बजाउनु पनि त्यस्ता नियम उल्लङ्घन भित्र पर्दछन्।
"विशेष गरी सप्ताह अन्त्य बाहेकका दिनमा (ठुलो आवाजमा सङ्गीत बजाउन) यो चाहिँ धेरै राति वा एकदमै सबेरै हो भन्ने हुँदैन।"
बालबालिका विद्यालय नजानुलाई लिएर अभिभावकहरूले कुरा नबुझ्ने समस्या प्रायगरि धेरै देखिने गरेको उनी बताउँछिन्।

"यदि बच्चा विद्यालय नगए त्यसका लागी अभिभावकलाई जिम्मेवार ठानिन्छ। त्यसले गर्दा शिक्षा विभागले परिवार प्रति चासो दिने गर्दछ र त्यो विषय परिवार र सामुदायिक सेवा सम्म पुग्न सक्दछ।"
र उनले देखेको अर्को समस्या भनेको छुट्टिएर बसेका अभिभावकहरूले फोन वा टेक्स्ट मार्फत एक अर्कालाई दुख दिने गरेका छन्।
यो विषयलाई प्रहरीले घरेलु हिंसा अन्तर्गत राखेर हिंसा बन्द गर्ने आदेश एभीओ जारी गर्न सक्छ।
यसको जरिवाना हजारौँ डलर सम्म पुग्न सक्छ र त्यो भुक्तानी गर्न नसके थप समस्या आउने निश्चित हुन्छ।
तर फ्लोरेन्स मोन्टाल्भो क्रुज त्यसका लागी सहायता पाइने बताउँछिन्।

"कानुनी सहायतामा विभिन्न विकास निर्माण कार्य हुन्छ जसले उक्त जरिवाना रकम नतिरेर पनि भुक्तानी गर्न सकिन्छ। सामुदायिक गतिविधिमा संलग्न भएर वा अध्ययन गर्नु पनि अर्को उपाय हो। यस्ता कार्य गरेर तिर्नु पर्ने रकम भुक्तानी हुन्छ।"
नोहरा ओडीको सामुदायिक कार्य अधिकृत हुन्। र उनी कानुनी सहायतालाई सम्पर्क गरेर सहयोग लिन नहिच्किचाउन आग्रह गर्छिन्।
उनी भन्छिन् जति सानो समस्या भए पनि जति सक्दो छिटो आफ्नो स्थानीय कानुनी सहायताबाट व्यावसायिक सहयोग लिनु पर्दछ।
फ्लोरेन्स मोन्टाल्भो क्रुज आफ्ना वकिल सँग भएका कुराकानी गोप्य रहनेमा आश्वस्त पार्छिन्।
यदि तपाइलाई कानुनी सहायता चाहिए वा कुनै प्रश्न भए आफ्नो स्थानीय कानुनी सहायता कार्यालयमा निःशुल्क सम्पर्क गर्नुहोस्। र त्यहाँ तपाईँले दोभासे सेवा पनि पाउन सक्नु हुन्छ।
