यस वर्षको लुनार नयाँ वर्ष २२ ज्यानुअरीमा परेको छ। सन् २०२३ खरायोको वर्ष (यर अफ द रयाबिट) परेको छ।
डाक्टर पान वाङ्ग युनिभर्सिटी अफ न्यु साउथ वेल्समा चिनियाँ र एसियाली अध्ययनका वरिष्ठ व्याख्याता हुन्।
लुनार पात्रोको अनुसार वसन्त महोत्सव १५ दिनका लागि, लालटेन महोत्सव सम्म मनाइने उनले बताइन्।
यस विषयमा हामीले तयार पारेको रिपोर्ट सुन्नुहोस्:
"लुनार नयाँ वर्ष कोरिया, भियेतनाम, जापान लगायत अन्य देशहरूमा पनि मनाइन्छ," उनले भनिन्।
"यसको इतिहास करिब ४००० वर्ष अघिको चिया या शाङ्ग राजवंशसम्म जान्छ।"
अस्ट्रेलियन नेसनल विश्वविद्यालयको संस्कृति, इतिहास र भाषाको विद्यालयमा डाक्टर काइ जाङ्ग आधुनिक चिनियाँ भाषा कार्यक्रममा संलग्न छिन्।
अस्ट्रेलियामा मनाइने लुनार नयाँ वर्ष, विश्वभरका मानिसहरूले चिनियाँ, दक्षिण-पूर्वी र पूर्वी एसियाली संस्कृतिहरूबारे जान्ने अवसर रहेको उनले बताइन्।

लुनार वर्षको १५ औँ दिनमा लालटेन महोत्सव मनाइने उनले जानकारी दिइन्।
"यसमा हरेक परिवारले आफ्ना बालबालिकाका लागि लालटेन बनाउँछन् र आफ्नो घरबाहिर बाल्ने चलन छ।," उनले भनिन्।
"इतिहासमा हेर्ने हो भने, थाङ्ग राजवंशदेखि बच्चाहरूलाई लालटेनसँगै बजार तिर लैजाने चलन छ।"
लुनार नयाँ वर्ष मनाउने तरिकाहरू
डाक्टर वाङ्ग बताउँछिन् कि यस नयाँ साललाई अस्ट्रेलियामा विभिन्न तरिकाले मनाइन्छ।
"यसलाई खाना, माछाको डम्पलिङ खाने, परिवारसँग भेला हुने र...साथीहरूसँग मनाइन्छ। चिनियाँ समुदायले चिनियाँ संस्कृतिको ज्ञान दिने गतिविधिहरू र कार्यशालाहरू पनि आयोजना गर्छन्," उनले जानकारी दिइन्।
साथै, सिंह नाच्ने, ड्र्यागन नाच्ने र रङको नाचलाई पनि धेरै मानिन्छ। रातो रङ्ग भाग्यशाली मानिने हुनाले बच्चाहरूलाई रातो खाम दिने परम्परा छ।
आइरिस टाङ्ग चीनको प्रमुख भागमा हुर्किएकी थिइन् र उनी अस्ट्रेलिया आएको २० वर्ष भयो।
उनी भन्छन् कि अस्ट्रेलिया र चीनमा लुनार नयाँ वर्ष मनाउने तरिकामा रहेको फरक भनेको - चीनमा यो समयमा लामो सार्वजनिक बिदा हुन्छ र लाखौँ मानिसहरू आफ्नो परिवारसँग समय बिताउन घर फर्किन्छन् - कोभिड नभएको समयमा।

अस्ट्रेलिया र चीन दुवै ठाउँमा उस्तै रहेको कुरा चाहिँ के हो भने - खाना यस चाडको महत्त्वपूर्ण हिस्सा हो।
"व्यक्तिगत रूपमा, म यसलाई मेरो परिवार र यहाँ क्यानबेरामा साथीहरूसँग विभिन्न परिकारहरू बनाएर मनाउँछौँ," उनले आफ्नो अनुभव बताइन्।
"थुप्रै खानेकुरा बनाएर फ्रिजमा राख्छु अनि त्यो १५ दिनसम्म लालटेन महोत्सवसम्म पुग्छ।"
चिनियाँ परम्परागत पात्रो
आधुनिक चीनमा ग्रेगोरियन पात्रो प्रयोग भए तापनि चीन र चीन बाहिर रहेका चिनिया समुदायहरूमा लुनार नयाँ वर्ष र लालटेन महोत्सव जस्ता छुट्टी हरू परम्परागत पात्रोको अनुसार नै तोकिन्छ।
यस पात्रोले देखाउने अर्को चाड हो किङ्गमिङ्ग महोत्सव - जसमा मानिसहरूले चिहानमा गई त्यहाँ सरसफाइ गर्छन्।
डाक्टर वाङ्ग भन्छिन् कि यस पात्रोले वर्ष भरीका महत्त्वपूर्ण मितिहरू - जस्तै विवाह, अन्त्येष्टि, घर सर्ने, र नयाँ व्यवसाय सुरु गर्ने जस्ता शुभ दिनहरू पनि तोकेको हुन्छ।
पूर्वी एसियाका विभिन्न ठाउँ हरूमा चिनियाँ परम्परागत पात्रोका फरक फरक संस्करणहरू पाइन्छन्।
यसै हिसाबमा प्रत्येक वर्ष लुनार नयाँ वर्ष जनवरी या फेब्रुअरी महिनामा पर्ने गरेको उनले बताइन्।
चिनियाँ परम्परागत पात्रो चन्द्र सौर्य हो। यो चन्द्रमा र सूर्यको चाल अनुसार बनेको छ, त्यसैले यसले पृथ्वीको वरिपरि चन्द्रमाको परिक्रमा र सूर्यको वरिपरि पृथ्वीको परिक्रमा दुवैलाई ध्यानमा राख्छ।
डाक्टर क्रेग स्मिथ युनिभर्सिटी अफ मेलबर्नको एसिया इन्स्टिच्युटमा अनुवाद अध्ययनमा चिनियाँ भाषाका वरिष्ठ व्याख्याता हुन्।
आफू केही वर्ष ताइवान र दक्षिण कोरियामा बस्दा दुवै ठाउँमा लुनार नयाँ वर्ष मनाएका रमाइला क्षण हरूको बारेमा उनले बताए।
दक्षिण कोरियामा यस महोत्सवलाई आफ्ना पुर्खाहरूलाई सम्मान गर्ने समयको रूपमा लिइने उनी बताउँछन्।

लुनार नयाँ वर्ष मनाउने तरिकामा विभिन्न कुरा हरू चीन बाहेक अरू देशहरू बाट पनि आएका डाक्टर स्मिथ बताउँछन्।
जस्तै, यसमा देखाइने सिंह नाच अहिलेका पश्चिम या मध्य एसियाली देशहरूबाट आएको मानिन्छ।
लालटेन महोत्सव प्रत्येक चिनियाँ राशि वर्षको सुरुवात र अन्त्य लुनार न्यु यरको दिनमा हुँदछ। १२ वर्षको एउटा साइकल हुन्छ, हरेक वर्षलाई एउटा जनावरले प्रतिनिधित्व गर्दछ, जसका आ-आफ्नै विशेषताहरू हुन्छन्।

क्रम अनुसार ती १२ वटा जनावरहरू हुन् - मुसा, गोरु, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, बाख्रा, बाँदर, भाले, कुकुर, र सुँगुर।
यी राशिहरूको बारेमा एउटा किंवदन्ती रहेको डाक्टर वाङ्गले बताइन्।
सन् २०२३ भने खरायोको वर्ष हो, खरायोलाई चौथो राशी चक्रका रुपमा लिइन्छ।
