An artwork of a stadium, the World Cup trophy and construction worker icons
An artwork of a stadium, the World Cup trophy and construction worker icons
This article is more than 2 years old

कतारमा हुने विश्वकपको मानवीय मूल्य कति?

विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप सुरु हुन केही दिन मात्र बाँकि रहँदा, कतारमा निर्माण भएका विशाल संरचना र यसको मानवीय मूल्यका बारेमा बहस छेडिएको छ।

Published

By Tom Canetti
Presented by Krishna Pokhrel
Source: SBS
Image: The FIFA World Cup begins in November. (SBS, Getty)
मुख्य बुँदा:
  • कतारलाई फुटबल खेलको आयोजना गर्न दिने निर्णय भए यता ६,५००० कामदारको मृत्यु भइसकेको छ।
  • कतारका कामदारको सुरक्षा, अधिकार र तलब सम्बन्धमा मानव अधिकार सम्बन्धी सङ्घ संस्थाले चासो देखाएका छन्।
कतारमा विश्वकपका लागि निर्माण भएका संरचनाले यतीखेर सबैलाई लोभ्याएको छ।

खेलाडी, दर्शक र खेल सम्बन्धी पदाधिकारीहरूले यहाँका विलासी र सुबिधासम्पन् स्टेडियम र होटलहरुको अनुभव गर्ने बताइँदै गर्दा, मानव अधिकार पक्षधरहरू भने यसको मानवीय मूल्य कति हो भनेर प्रश्न गरिरहेका छन्।

सात वाट नयाँ खेल स्टेडियम, मेट्रो रेल स्टेसन र १०० भन्दा बढी सुविधा सम्पन्न होटेल निर्माणका लागि सन् २०१० देखि नै नेपाल, बङ्गलादेश, भारत, फिलिपिन्स लगायतका मुलुकका कामदारहरू रातदिन खटिएका छन्।

जनसङ्ख्याको ८८ प्रतिशत आप्रवासी कामदार रहेको कतारमा, विश्वकपका लागि संरचना निर्माण सुरु भएसँगै कामदारहरूले प्राप्त गर्ने तलब, सुविधा, अधिकार र सुरक्षाका बारेमा प्रश्न नउठेका होइनन्।

सन् २०२१ मा गार्डियनले प्रकाशित गरेको एक रिर्पोटमा सन् २०१० मा कतारले विश्वकपका लागि अनुमति पाए यता ६,५०० आप्रवासी कामदारको मृत्यु भइसकेको बताएको थियो।

तर कतारी सरकार भने सन् २०१४ देखि २०२० सम्म केवल ३७ कामदारको मृत्यु भएको बताउँछ।

त्यसमा पनि कामका बेला भएका दुर्घटनामा केवल तीन जनाको मृत्यु भएको सरकारी दाबी छ।

तर एमनेस्टी इन्टरनेशनलकी निकीता ह्वाईट, कतारमा मारिने कामदारको यकिन विवरण पत्ता लगाउन निकै गार्‍हो हुने बताउँछिन्।

उनका अनुसार एक त कतारी सरकारले विदेशी कामदारको मृत्युमा कुनै छानबिन नै गर्दैन, र गरे पनि कामका कारण नभई हृदयाघात वा श्वासप्रश्वास सम्बन्धी समस्याका कारण मृत्यु भएको प्रतिक्रिया दिन्छ।
QATAR LABOR WORKERS
Migrant workers queue up for the bus back to their accommodation camp in Doha, Qatar, in 2013. Source: EPA / STR
युवा नेपाली कामदारको स्वास्थ्य माथि अध्ययन

प्राध्यापक टोर्ड केजेलस्ट्रोम जलवायु परिवर्तन र विश्व स्वास्थ्य विषयका न्युजल्याण्डका प्राध्यापक हुन्।

उनी र उनको टिमले कतारमा कार्यरत युवा नेपाली कामदारको स्वास्थ्यका विषयमा अध्ययन गरेर रिपोर्ट सार्वजनिक गरेको छ।

उनको रिर्पोटमा कतारको तीव्र गर्मीका बाबजुद, कामको उचित व्यवस्था मिलाइएमा सम्भावित मृत्युलाई 'पूर्ण रूपमा रोक्न सकिने' बताइएको छ।

“अस्ट्रेलिया र अमेरिकामा पनि तापक्रम निकै माथि जान्छ, तर कतारमा सन् २००९ देखि २०१५ सम्म जति कामदारको मृत्यु भएको छ, यहाँ त भएको छैन,” उनी प्रस्ट्याउँछन्।

सन् २००९ देखि २०१७ सम्म गरिएको उनको अध्ययनले दिउसोको समयमा हुने गर्मी र मुटु सम्बन्धी रोग अनि यसले निम्त्याउने मृत्युका बारेमा अनुसन्धान भएको छ।

विश्वव्यापी परिबेसमा २५ देखि ३५ वर्ष उमेर समूहका मानिस हृदय रोगका कारण मारिने सम्भावना केवल १५ प्रतिशत हुन्छ।

तर नेपाली कामदारका हकमा यो तथ्याङ्क् डरलाग्दो छ, कतारमा चिसो मौसममा नेपालीको मृत्यु हुने दर २२ प्रतिशत छ भने गर्मीमा ५८ प्रतिशतसम्म छ।

“हामी यो निष्कर्षमा पुग्यौ कि कामदारहरूले निकै गर्मी भएको समयमा भारी परिश्रम गरे जबकि उनीहरूले त्यस समय आफ्नो स्वास्थ्यको ख्याल गरेर आराम गर्नुपर्दथ्यो,” उनले भने।

सन् २०१७ मा कतार सरकारले अत्यधिक गर्मी हुने महिनामा बिहान ११:३० देखि ३ बजेको समयमा बाहिर काम गर्न नपाउने निर्णय गरेको थियो।

सन् २०२१ मा समय सीमा लम्ब्याएर बिहान १० देखि ३:३० सम्म बाहिर काम गर्न नपाउने नियम बनाइयो।

तर कतारमा गर्मी महिनामा एकाबिहानै वा राति पनि तापक्रम निकै नै बढी हुन्छ, गत ८ सेप्टेम्बरमा कतारको दोहामा बिहान ७ बजे र राति १० बजेको तापक्रम ३४ डिग्री सेल्सियस थियो।
Two pie charts showing deaths globally and for Nepali migrant workers in Qatar
Source: SBS
के कतारका आप्रवासी कामदार दास हुन्?

काफला भनिने अरबका खाडी मुलुक साथै जोर्डन र लेबनानमा पनि लागु कामदारहरूका लागि नियमका अनुसार आप्रवासी कामदारले काम छाड्न वा घर फर्कनका लागि रोजगारदाताको अनुमति लिनु पर्दछ।

यसै गरी कामदारको भिसा र वर्क पर्मिटमा पनि रोजगारदाताको अधिकार हुन्छ। उनीहरूले जुनसुकै बेला भिसा रद्द गरी घर फिर्ता पठाउन सक्छन्।

यस वर्ष कतारमा स्टेडियम निर्माणका लागि गएका कामदारले थप सुविधाको माग गरेपछि ६० जना कामदारलाई घर फर्काइएको छ।

ह्मुन राइट वाचले काफला नियमलाई 'अपमानजनक' र 'आधुनिक दासता'को संज्ञा दिएको छ।

सन् २०२१ मा यस नियमलाई परिमार्जन गरी रोजगारदाताको अनुमति बिना काम छाड्न सक्ने नियमका लागि कतारी सरकारले पहल गरेता पनि, त्यहाँका व्यवसायहरूले आपत्ति जनाएपछि यो पूर्ण रूपमा लागु हुन सकेको छैन।

यता एमनेस्टी इन्टरनेशनलाई दुर्व्यवहार गर्ने रोजगारदाताका लागि दण्डहीनताको चिन्ता छ।

“हामीले कतारका कामदारको यस्तो अवस्था देखेका छौ, जहाँ उनीहरूलाई २४ घण्टा काम लगाइएको छ भने शारीरिक हिंसा पनि गरिएको छ,” एमनेस्टी इन्टरनेशनलकी निकीता ह्वाईटले भनिन्।

उनका अनुसार सामान्यतया आप्रवासी कामदारलाई महिनाको अन्त्यमा तलब पनि दिइदैन्।
An infographic showing the cost of different elements of the World Cup
Source: SBS
गार्डियनले प्रकाशित गरेको रिर्पोटमा सामान्यतया कतारमा कामदारका रूपमा जानका लागि प्रत्येक कामदारले ४,००० देखि ५,००० डलरसम्म रोजगार मिलाइदिने कम्पनीलाई बुझाउँछन्।

कतारमा कामदारले न्यूनतम तलब ४,०० डलर हो, यस हिसाबले लगानी उठाउनै एक वर्ष भन्दा बढी समय लाग्छ।

स्टेडियम निर्माणमा खटिएका कतिपय कामदारले घण्टाको ८० सेन्टमा काम गरेको पाइएको छ।

कतारमा कामदारको सङ्गठन निर्माण गर्नु गैर कानुनी भएका कारण पनि, परिवर्तन गर्न मुस्किल हुने बताइन्छ।
के खेलाडीहरूले यसका विरुद्ध मुख खोल्नेछन्?

अस्ट्रेलियाली सकरुजका १६ खेलाडीहरूले भर्खरै मात्र एक भिडियो सन्देश मार्फत कतारमा आप्रवासी कामदारहरूको दमनको विरोध गरेका छन्।

क्याप्टेन म्याट रायन समेतले कतारमा मानवअधिकारको हनन्का विरुद्ध एकबद्ध भएर आवाज उठाएका छन्।

उनीहरूले भिडियो सन्देशमा सरकारले कामदारको न्यूनतम तलब र सुविधाहरूका लागि पहल थाले पनि, यसलाई कार्यान्वयन भएको हेर्न चाहेको बताए।

हुन त विश्वकप खेल्न छनौट हुनु अगावै, पुरुष तर्फका नेशनल टोलीका सदस्यहरूले कतारमा कामदारको अवस्थाका बारेमा आफ्नो चिन्ता व्यक्त गरेका थिए।

गत वर्ष एमनेस्टी इन्टरनेशनल र प्रोफेसनल फुटवलर्स एसोसिएसन (पिएफए) को सहकार्यमा आप्रवासी कामदारहरूको समर्थन गर्ने युनियनहरुसँगको ब्रीफीङ्गमा पुरुष तर्फको टोली र अस्ट्रेलियाली महिला खेलाडीहरूको टोली माटिल्डासका खेलाडीहरूले भाग लिएका थिए।

यता अमेरिकाको कानून विभागले पनि कतारलाई खेल आयोजनाका लागि दिँदा, पदाधिकारीहरूलाई घुस ख्वाइएको आरोप लगाएको छ।
Footballers on the pitch with the words 'human rights' across their shirts
German footballers ahead of their Qatar World Cup qualification match against Iceland in 2021. Source: Getty, AFP / Tobias Schwarz
कतारको सरकारी श्रोतले एसबीएसलाई कतारी सरकारले हालैका बर्सहरूमा श्रम बजारमा ठुलो सुधार गरेको र आप्रवासी कामदारहरूको अधिकार रक्षाका लागि परिवर्तनकारी उपायहरू लागू गरेको बताएको छ।

“यी उपायहरुमा काफाला नियमको खारेजी, सबै कामदारका लागि बाहिर जानबाट रोक लगाउने नियमको खारेजी, काम परिवर्तन गर्न नपाउने नियमको खारेजी र गैर भेदभावपूर्ण न्यूनतम ज्याला लागू गर्ने जस्ता रहेका छन्,”

प्रवक्ताले कतारका योग्य कामदारहरू ज्यालाको सुनिश्चितता सम्बन्धी नियमबाट लाभान्वित भएको र कामदारहरूले निर्धारित मितिबाट सात दिन भित्र उनीहरूको बैङ्कमा ज्याला पाउने नियम ल्याइएको छ।

कतारले संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको साझेदारीलाई पनि नवीकरण गरेको बताएको छ।

“कतारको कानून उल्लङ्घन गर्नेहरू अनुसन्धान र कडा दण्डको अधीनमा छन्,” उनले भने।
गत मे महिनामा फिफाका अध्यक्ष जियानी इन्फ्यान्टीनोलाई विश्वकपबाट हुने नाफालाई कतारमा मारिएका कामदारका लागि केही सहयोग उपलब्ध गराइन्छ भन्ने प्रश्नमा कतारमा न्यूनतम तलबमा आएको सुधार र कामदारहरूको अधिकारमा भएका निर्णयहरूलाई औँल्याएका थिए।

उनले स्टेडियम निर्माणका क्रममा तीन जनाको मृत्यु भएको बताए।

“अहिले अन्य काममा ६,००० मारिएका छन्, तर फिफा प्रहरी त होइन नि जो विश्वभर हुने घटना प्रति जिम्मेवारी लियोस्,” उनले भने।

“तर फिफा र फुटबललाई धन्यवाद छ, जसले १५ लाख कामदारको मुद्दालाई सम्बोधन गर्न सक्यो।”

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand