गए राति सम्पन्न भएको बैठकको क्रममा, यस अन्तराष्ट्रिय संगठनको कारवाहीलाई लिएर बढ्दै गएको आलोचनालाई ध्यानमा राख्दै, यस संगठनकाका सदस्यहरुले छानविनको प्रस्ताव पारित गरेका हुन्।
यसका साथै, कोरोनाभाईरसको शुरुवात कसरि भयो भन्ने विषयमा थप छानविन, र यसको विरुध्द बन्ने खोपको संसारभरि सहज वितरणका लागि पनि सदस्य- राष्ट्रहरुबिच सहमति भएको छ।
कोरोनाभाइरसका कारण अहिलेसम्म ४८ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने, ३ लाख भन्दा बढीको ज्यान गईसकेको छ।
कोरोनाभाईरस फैलिदै गर्दा विश्व स्वस्थ्य संगठनले समयमै अन्तराष्ट्रिय जगतलाई समयमै सचेत नगराएको र शुरुवाति दिनहरुमा यस महामारीलाई हलुका रुपले लिएको आरोप लाग्दै आएको छ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अन्तराष्ट्रिय संगठन चीनको पक्षमा रहेको आरोप लगाउदै, यसमा जाने अमेरिकी सहयोग राशी रोक्ने चेनावनी दिएका छन्।
अमेरिकी प्रशासनले विश्व स्वस्थ्य संगठनले समयमै सूचना प्रदान गर्न असक्षम भएको आरोप लगाउदै आएको छ। साथै, चीनले समयमै संसारलाई यस महामारीको बारेमा जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ।
उता चीनले भने अमेरिकी आलोचनाको खण्डन गर्दै आफुले यस महामारीलाई कहिले ढाक्ने प्रयास नगरेको दावी गरेको छ। कोरोनाभाईरसका कारण अहिलेसम्म अमेरिकामा मर्नेहरुको संख्या ९० हजारभन्दा माथि रहेको छ।
कोरोनाभाईरसको विरुध्द विभिन्न मुलुकहरुमा हाल खोप निर्माण भईरहेको छ। यदि सफल खोप बनेको खण्डमा यसको संसारभर सहज र सरल वितरणका लागि पनि विश्व स्वस्थ्य संगठनका सदस्य-राष्ट्रहरु सहमत भएका छन्।
यसैबिच, यस अन्तराष्ट्रिय संगठनका प्रमुख टेड्रोस अड्हानोम घेब्रियशसले संगठनमाथि हुने छानविनको निर्णयको स्वागत गरेका छन्, तर संगठनको संरचनामा ठूलो परिवर्तनको खाँचो नरेको पनि दावी गरेका छन्।
