सबै अस्ट्रेलियालीहरुका लागि आदिवासी प्रोटोकल किन महत्त्वपूर्ण छन्?

आदिवासी र टोरेस स्ट्रेट आईल्याण्डरहरुको सांस्कृतिक प्रोटोकलहरू मनन गर्नु अस्ट्रेलियाका परम्परागत मालिक र हामी सबै बस्ने भूमिलाई बुझ्न र सम्मान गर्ने दिशामा महत्त्वपूर्ण कदम हुन सक्छ। आदिवासी सांस्कृतिक प्रोटोकलहरू नैतिक सिद्धान्तहरूमा आधारित छन्, जसले आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूसँग काम र व्यक्तिगत सम्बन्धहरूलाई आकार दिन्छ।

Smoking ceremony

Source: Cameron Spencer/Getty Images


मुख्य विषय

  • हजारौँ वर्षदेखि अस्ट्रेलियाका पहिलो पुस्ताले सांस्कृतिक शिष्टाचारको अवलोकन र रेखदेख गदै आइरहेका छन्
  • आदिवासी वृद्धहरू सम्मानित समुदायका सदस्यहरू हुन् जोसँग गहिरो सांस्कृतिक ज्ञान हुन्छ
  • आदिवासीका प्रोटोकलहरूका बारेमा प्रश्न सोध्न नडराउनुस्, तर सम्मानजनक हुन चाहिँ नबिर्सनुहोस्
  • उचित र संवेदनशील भाषाको प्रयोग गरी सम्मान देखाउनुहोस्

अस्ट्रेलियाली परम्परागत मालिकहरूसँगको सम्बन्धहरूलाई जोगाएर राख्नु निकै महत्त्वपूर्ण छ किनभने उनीहरूसँग यस भूमिका बारेमा बलियो ज्ञान छ र हाम्रो वातावरणलाई कसरी जोगाउने भन्ने बारेमा हामीलाई सिकाउन सक्छन्।

“हामीसँग विश्वास प्रणाली र सांस्कृतिक शिष्टाचारहरू छन् जसको जड समयको सुरुवातसँग जोडिएको छ,” एसिटिको नुनागल क्षेत्रकी वृद्धा क्यारोलिन ह्युज भन्छिन्।

“आजको आधुनिक अस्ट्रेलियामा पनि हाम्रा लागि त्यो अभिन्न अङ्ग बनेको छ।”

यस्ता सांस्कृतिक प्रोटोकलहरूको अवलोकन गरेर हामी अस्ट्रेलियाका पहिलो बासिन्दाहरूको भूमि र तिनीहरूको पुरातन अभ्यासहरूसँगको अटुट सम्बन्धलाई स्वीकार गर्दछौ।

Everett Dancers perform
Pakana/Palawa dancers perform Source: AAP Image/Tracey Nearmy

पहिलो पुस्ताका अस्ट्रेलियालीहरुलाई कसरी सम्बोधन गर्ने?

'एबोरजिनल' वा 'टोरेस स्ट्रेट आइल्याण्डर' भन्ने शब्द अस्ट्रेलियामा उपयुक्त हुने क्यारोलिन ह्युज बताउँछिन्।

मानिसहरू, आफूहरू कहाँबाट आएका हुन् त्यसबाट पनि आफूलाई पहिचान गर्न चाहान्छन्, आदीवासीहरुलाई न्यु साउथ वेल्समा र भिक्टोरियामा 'कोरी', क्वीन्सल्याण्डमा 'मुर्रे' र टास्मेनियामा 'पालावा' भनेर पनि सम्बोधन गरिन्छ।

“म चाहिँ नुनावाल महिला भनेर चिनाउन चाहन्छु किनकि यो मेरो देश हो,” ह्युज भन्छिन्।

दुई फरक आदिवासी

टोरेस स्ट्रेट आइल्याण्डरहरु केप योर्क पेनेनशुला र पपुवा न्युगीनीबीचको माथिल्लो भागबाट आएका हुन्, उनीहरू मेलानियन मूलका आदिवासी समुदाय हुन्।

“पहिलो पुस्ताका सबैमा केही हदसम्म सांस्कृतिक भिन्नता छन्, यद्यपि टोरेस स्ट्रेट आइल्याण्डर र एबोरजिनल संस्कृतिमा भने स्पष्ट भिन्नता छ, आइल्याण्डरहरु आफूलाई भिन्न आदिवासी समूहका रूपमा परिचय गराउन चाहन्छन्,” मेरी टाइम युनियनमा राष्ट्रिय आदिवासी अधिकृतका रूपमा कार्यरत थोमस मेयर भन्छन्।

मेयर आफै टोरेस स्ट्रेट आइल्याण्डर समुदायको प्रतिनिधित्व गर्छन्।

Flags
Both the Aboriginal and Torres Strait Islander flags are flown alongside the Australian national flag to acknowledge these distinct Indigenous peoples Source: AAP Image/Mick Tsikas

सम्मानजनक भाषाको प्रयोग

अङ्ग्रेजी भाषामा 'इन्डीजिनीयस', 'एबोरजिनल', 'टोरेस स्ट्रेट आइल्याण्डर' र 'एल्डर' जस्ता शब्दहरू क्यापिटल लेटरका साथमा गरिएका उचित संज्ञाहरू हुन्।

यिनका संक्षिप्त उच्चारणहरू भने आपत्तिजनक मानिने क्यारोलिन ह्युज बताउँछिन्।

“एबोरजिनललाई कहिल्यै संक्षिप्त रूपमा उच्चारण नगर्नुहोस्, हामी यसका विषयमा निकै संवेदनशील छौ, यस्ता कैयन शब्दहरू छन् जसले हामीलाई चोट पुर्‍याउछ्,” ह्युज भन्छिन्।

आदिवासी 'एल्डर'को हुन्?

वृद्धहरू सम्मानित समुदायका सदस्यहरू हुन् जोसँग गहिरो सांस्कृतिक ज्ञान हुन्छ, उनीहरूलाई 'आन्टी' वा 'अंकल' भनेर पनि सम्बोधन गरिन्छ।

यद्यपि उनीहरूलाई यी शब्दहरूले बोलाउँदा फरक पर्छ वा पदैन भनेर गैर आदिवासीले सोध्नु उचित मानिन्छ।

'वेलकम टु कन्ट्री' भनिने स्वागत सामारोहरुमा समेत बृद्धहरुको सहभागितामा गराइने गरिन्छ।

'वेलकम टु कन्ट्री' भनेको के हो?

रोडा रोर्वट्सका अनुसार वेलकम टु कन्ट्री, कुनै कार्यक्रमको सुरुवात गर्नु अघि विगतको सम्मानमा प्रस्तुत गरिने एक परम्परागत प्रक्रिया हो

यो भाषण, नृत्य या परम्परागत पातहरू जलाएर धुवा निकाल्ने जस्ता क्रियाकलाप पनि हुन सक्छन्।

यसै गरी 'एकनलेजमेन्ट अफ कन्ट्री' चाहिँ महत्त्वपूर्ण बैठकहरूमा गरिने स्वागतको एक प्रोटोकल हो।

रोडा रोर्बटस भन्छिन् यो जो कोहीले पनि गर्न सक्छ।

“एकनलेजमेन्ट अर्थात् स्वीकृति लिनु वा स्वीकार गर्नु भनेको चाहिँ तपाई अहिले जहाँ काम गरिरहनु भएको छ वा बसी रहनु भएको छ, तपाई त्यहाँको हुनुहुन्न तर त्यहाँ परम्परागत मानिसहरूलाई तपाईँले स्वीकार र आदर गर्नुहुन्छ भन्ने हो।”

Dance troupe
Buja Buja dance troupe performs during the Wugulora Indigenous Morning Ceremony in Sydney Source: AAP Image/AP Photo/Rick Rycroft

अनुपयुक्त भाषा

आदिवासी बालबालिकाहरूलाई उनीहरूका अभिभावकबाट जबरजस्ती हटाइएको ऐतिहासिक आघातका कारण पनि प्रश्न सोध्दा सधैँ सहज जवाफ नआउने क्यारोलिन ह्युज बताउँछिन्।

“छाला, कपालको रङ्ग वा प्रतिशतका बारेमा सोध्दा पनि हामीलाई अनुपयुक्त लाग्छ, हामीसँगै हुर्केका बालबालिका हाम्रा लागि विशेष छन्, गोरा समुदाय अथवा गैर आदिवासीहरूले हाम्रा सन्तानलाई अस्विकार गरेका हुन्,” ह्युज भन्छिन्।

“तर आदिवासी संस्कृतिमा तिनीहरू विशेष छन्, हाम्रा परिवार र समाजका लागि पूर्वजहरूका उपहार हुन्, र तिनीहरू स्वीकार्य छन्।”

सिकेर सम्मान देखाउनुहोस्

थोमस मेयर आदिवासीका प्रोटोकलहरूका बारेमा प्रश्न सोध्न नडराउन सुझाव दिन्छन्। यद्यपि प्रश्न सोध्ने मानिसको धरातल भने वास्तविक र सम्मानजनक हुनुपर्ने उनी बताउँछन्।

“सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ, सुन्नु, व्याख्यालाई स्वीकार गर्नु र सम्मानपूर्वक अगाडी बढ्नु हो,”

मेयर सबैलाई एक पटक उलरु वक्तव्य पढ्नका लागि अनुरोध गर्छन्।

उलरु वक्तव्य विभिन्न भाषामा यहाँ उपलब्ध छ।

एसबीएसकी रोडा रोर्बटस् भन्छीन कि वास्तवमा यी प्रोटोकलहरू एउटा मानवले अर्को मानवलाई स्वीकार गर्ने बारेमा हो।

 


Share

4 min read

Published

Updated

By Melissa Compagnoni



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now