SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका दोस्रो पिढींका नेपालीलाई भाषा सिक्न किन महत्वपूर्ण?

यो एसबीएस रेडियोमा अस्ट्रेलिया भर प्रसारण हुने नेपाली कार्यक्रमको विशेष पोडकाष्ट शृंखला प्रस्तुति हो। यस पोडकाष्ट शृंखलामा हामी अस्ट्रेलियामा हाल हुर्की रहेका नेपाली पृष्ठभूमिका बाल-बालिकाहरुलाई नेपाली भाषा सिकाउन कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने बारे चर्चा गर्ने छौँ।

Sabdamala Parents and Children
Source: SBS Nepali/Rajish Aryal

2 min read

Published

Updated


Skip to article content
हाल केही अध्यनहरुमा मानिसहरुले दुई वा सो भन्दा धेरै भाषाहरु बोल्दा उनीहरुको मानसिक विकासमा अभिवृद्धि हुने बताईंदै गर्दा भाषाको महत्वबारे स्कुले उमेरका बालबालिकाहरुले कत्तिको बुझेका छन् भन्ने कुरा पनि हामी यस विशेष प्रस्तुतिमा खोतल्ने प्रयास गर्ने छौँ।
यस प्रस्तुतिको तेश्रो भागमा, के अभिभावकहरुले आफ्ना छोरा-छोरीलाई आफ्नो मातृभाषा सिकाउने धोको जबर्जस्ती थुपारी त रहेका छैनन् भन्ने बारेमा पनि बुझ्ने छौँ।
प्रस्तुतिको अन्तिम भागमा भने हामी आफ्नो जन्मभुमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रितिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने छौँ।
Sabdamala Crew
Source: SBS Nepali/Rajish Aryal

शृंखलाको पहिलो भागमा हामी एक नाटक प्रस्तुत गर्दै छौँ।

अस्ट्रेलियामै हुर्की रहेका र पश्चिम सिड्नीको ग्रयान्विलमा रहेको "शब्दामाला" नेपाली स्कुलमा अध्यनरत नेपाली पृष्ठभूमिका भाइ बहिनीहरुले "जेनेरेशन ग्याप" नामक उक्त नाटकमा भाग लिएका छन्। कक्षा ४ देखि कक्षा ९ सम्म पढ्दै गरेका र हाम्रो नाटकका पात्रहरुको परिचय यसप्रकार छ:

  • संयोग बस्नेत - बाजे 
  • रोज कर्माचार्य - आमा 
  • अश्लेषा घले - बाबा 
  • कृपा जोशी - जेसिका 
  • आयुषी शर्मा खरेल - शिक्षिका

हाम्रो यो नाटक अस्ट्रेलियामा बस्ने एक नेपाली परिवारको घरबाट सुरु हुँदै छ - बिहानको करिब ७ बज्नै लाग्दा भान्छामा आमा बाबु आफ्नी छोरी जेसिकाको लागि स्कूल लैजाने खाजा तयार गर्दै छन् भने छेउको कोठामा छोरी जेसिका टिभी हेरिरहेकी छिन्।

Sabdamala Kids
Source: SBS Nepali/Rajish Aryal

"जेनेरेशन ग्याप" नामक उक्त नाटकमा हामीले जे सुन्यौँ, त्यो उहाँहरुको व्यक्तिगत जीवनसँग कत्तिको मेल खान्छ त? यो प्रश्न हामीले उहाँहरु समक्ष राखेका थियौँ।

यस पोडकाष्ट शृंखलाको भाग ३ मा तपाइँले नाटक र आफ्नो विचार बताउन संलग्न भाइ-बहिनीका आमाबाबुहरूसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

उहाँहरुले किन आफ्ना छोरा-छोरीलाई नेपाली सिकाउन खोज्नुभयो र यो कत्तिको महत्वपुर्ण कुरो हो? हामीले जान्न खोज्यौँ।

Sabdamala
Source: SBS Nepali

आफ्नो राय सुनाउँदै हुनुहुन्छ बिक्रम शर्मा खरेल, अर्चना घले गुरुङ, अनुप घले , रोशन कर्माचार्य, पुजा कर्माचार्य तथा अशोक राई।

प्रस्तुतिको यो अन्तिम भागमा भने हामी आफ्नो जन्मभुमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रितिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासमा छौँ।

पहिले त, हामीले अस्ट्रेलियामा रहेका अन्य केही नेपाली आमा बाबुहरुसँग उहाँहरुले आफ्ना छोराछोरीहरुलाई नेपाली भाषा सिकाउँदा भोग्नु परेका अनेकन समस्याहरु बुझ्न खोजेका छौँ।

साथै, अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका बालबालिकाहरुले घर र घर भन्दा बाहिर छुट्टा-छुट्टै संस्कृति एवं भाषा सिक्दै हुर्कनु पर्ने अवस्था तथा त्यसले उनीहरुमा निम्त्याउन सक्ने अन्योल अनि पार्न सक्ने मानसिक प्रभावका बारेमा मनोचिकित्सक अनुपम पोखरेलसँग गरिएको कुराकानी पनि पोडकाष्ट शृंखलाको यस भागमा सुन्न सक्नुहुनेछ।

प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे  एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।

तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो ट्युन इन पेज जानुहोस्।

डिजिटल रेडियो मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio 2’ खोज्नुहोस्।

पोडकाष्ट

तपाईंले एसबीएस नेपालीलाई स्पटीफाइएप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्समा पनि सुन्न सक्नुहुनेछ।

एसबीएस रेडियो एप 

एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now