सगरमाथा चढ्नु भनेको जोक्स होइन: नेपाली आरोही कामीरिता

नेपाली आरोही कामीरिता शेर्पाले २२ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन् । गत मे १६ मा सेभेन समिट ट्रेकका १४ जनाको टोलीसहित उनले सगरमाथा आरोहण गरेका थिए । ४८ वर्षीय कामीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणबारे उनले एसबिएस नेपालीसँग गरेको कुराकानी:

Everest sherpa

Source: Getty Images

 

१.सन् १९९४ देखि २०१८ सम्मको आइपुग्दा आरोहीको रुपमा तपाईको अनुभव कस्तो रह्यो ?

सुरुवाती दिनमा अध्याधिक ग्राहो भएको थियो । विभिन्न हिमाल आरोहण गर्दै जाँदा सजिलो हुँदै गएको थियो । सन् २००८ मा मैले विदेशी प्रशिक्षकहरुमार्फत पर्वतारोहणसम्बन्धी तीन वर्षको प्रशिक्षण लिएको थिए ।

त्यस प्रशिक्षणले गर्दा अहिलेसम्म सगरमाथा आरोहणलाई निरन्तरता दिईरहेको छु ।

२. सर्वोच्च शिखर सगरमाथा २२ औं पटक चढेर विश्व कीर्तिमान कायम गरिसक्नु भएको छ । सगरमाथा आरोहणको क्रममा कहिल्यै डर लागेन् ?

मैले आरोहीको रुपमा आरोहण यात्रा सुरु गर्दा कुनै किसिमका पर्वतारोहणसम्बन्धी स्कुलहरु थिएनन् । त्यसैले स्वभाविक रुपमा डर लाग्ने भइहाल्यो । फेरि सगरमाथा २२ औं पटक चढ्छु भन्ने कल्पनापनि गरिएन् ।

क्लामिङ शेर्पाको रुपमा काम गरिरहेको थिए । २२ औं पटक सगरमाथाको शिखरमा पाइला पुरÞ्याउँदा मैले सेभेन समिट ट्रेकको सबै जिम्मेवारी लिएको थिए ।

३.तपाईले आरोहणलाई मुख्य पेशा बनाएर लाग्नु भएको २४ वर्ष भइसक्यो । सुरुवाती दिनमा सर्वोच्च शिखर सगरमाथा चढ्नुपर्छ भनेर कसरी प्रोत्साहित हुनुभएको थियो ?

हाम्रो बेलासम्म स्कुल गएर पढ्नु पर्छ भन्ने संस्कृतिको विकास भएको थिएन् ।

फेरि ठुलो परिवार भएकाले गरिबी व्यापक थियो । हिमाल चढ्न हिडेका आरोहीहरुको भारी बोक्यो भने राम्रो पैसा कमाइन्छ भनेर गाँउभरका शेर्पाहरु यसै पेशामा लागेका थिए । बुबा र दाजु यसैमा लागेका हुँदा लागेको थिए ।

Kamirita
Veteran mountaineer Kami Rita Sherpa (C), waves as he stands between his wife and father after arriving at Kathmandu Airport in Kathmandu. Source: EPA/NARENDRA SHRESTHA
४.कहिलेसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गरिरहने योजना बनाउनु भएको छ ? विभिन्न हिमाल आरोहणका चुनौतीहरु के के हुने रहेछन् ?

हिमाल आरोहणको लागि सबै कुराले साथ दिनु जरुरी हुन्छ । त्यसैले मेरो ज्यानले साथ दिएसम्म सम्भवतः २ वर्ष सगरमाथा आरोहणलाई निरन्तरता दिने योजना बनाएको छु ।

मेरो अनुभवको कुरा गर्नुहुन्छ भने भाग्य, शारीरिक क्षमता र अल्टिच्युट मिल्नुपर्छ । सन् २०१४ मा मेरो पाँच जना साथीहरु आरोहणको क्रममा निधन भएको थियो । व्यक्तिगत रुपमा मैले तितो अनुभव गर्नुपरेको छैन् ।

५.विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नको लागि कत्तिको तयारी गर्नुपर्ने हुन्छ ? सगरमाथा आरोहण गर्न कति दिन लाग्ने रहेछ ?

कुनैपनि हिमाल चढ्न आत्मविश्वास र प्रशिक्षणकको आवश्कता पर्दछ । मौसमले साथ दिएको खण्डमा काठमाडौंदेखि सगरमाथा चढेर काठमाडौं फर्कन करिव दुई महिना लाग्ने गर्दछ ।

६.अहिलेसम्म कति जनालाई सगरमाथाको सफल आरोहण गराइसक्नु भएको छ ?

मैले रेकर्डनै राखेको छैन् । लगभग दुई सय हाराहारीलाई सगरमाथाको चुचुरोमा पुर्याईसकेको छु । मैले आजसम्म कोही नेपालीलाई सगरमाथा पुर्याउन पाएको छैन् ।

७. आफ्ना छोराछोरीलाई यो क्षेत्रमा आउन प्रोत्साहित गरिरहनु भएको छ ?

हामी शेर्पाहरुको साहस र इमान्दारितालाई सबैले विश्वास गरेका छन् । मेरो बुबा र दाजुसँगै शिक्षाको अभावमा म यो पेशामा आएको थिए । मेरो छोराछोरीलाई राम्रो शिक्षा दिएको छु । त्यसैले उनीहरुले अन्य पेशामा राम्रो अवसर पाउने हुँदा यस पेशामा आँउदैनन् भन्नेमा ढुक्क छु ।

पुरा कुराकानी सुन्नुहोस् :


Share

2 min read

Published

Updated

By Rajish Aryal, Smriti Dhungana, Abhas Parajuli




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now