SKIP TO MAIN CONTENT

विकिलिक्सका संस्थापक जुलियन असान्ज युके प्रहरीको हिरासतमा

लण्डन स्थित इक्वेडोरको दूताबास बाट निकालिए पछि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई प्रहरी द्वारा हिरासतमा लिईएको छ।

Wikileaks founder Julian Assange has been arrested after he was kicked out of the Ecuadorian embassy.
Wikileaks founder Julian Assange has been arrested after he was kicked out of the Ecuadorian embassy. Source: SBS News

1 min read

Published

Updated

By SBS News

Source: SBS



Skip to article content

लन्डन स्थित इक्वेडोरको दूतावास बाट निकालिए पछि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई प्रहरीद्वारा हिरासतमा लिइएको छ।

ब्रिटेनका गृह मन्त्री साजिद नाविदले असान्ज प्रहरी हिरासतमा रहेको र उनीमाथि ब्रिटेनमा कारबाही सुरु गरिने बताएका छन्।

ब्रिटिस अदालत समक्ष आत्मसमर्पण नगरेको आरोपमा सन् २०१२ को २९ जुनमा असान्जलाई हिरासतमा लिन वेस्टमिन्स्टर अदालत द्वारा जारी गरिएको वारेन्टको आधारमा इक्वेडोरको दूतावासबाट ४७ वर्षीय अस्ट्रेलियाली नागरिकलाई हिरासतमा लिइएको प्रहरीद्वारा पनि पुष्टि गरिएको छ।

अमेरिकी सेनाद्वारा गरिएका कथित मानव अधिकार हननका भिडियो लगायत ट्याक्स हेभेन भनिएका कथित कर छली लगायतका जानकारीहरू पनि विकिलिक्स द्वारा गए केही वर्ष देखि सार्वजनिक गरिँदै आएको छ।

जुलियन असान्जले सात वर्षदेखि लन्डन स्थित दक्षिण अमेरिकी राष्ट्र इक्वेडोरको दूतावासमा शरण लिदै आएका थिए।

तर उनले “अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको” भन्दै दूतावास बाट निकालिएको अधिकारीहरूले बताएका छन्।

असान्जलाई पक्राउ गरेको भिडियो:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now