के खोपले ओमिक्रन भेरिएन्टलाई रोक्ला? कोभिड-१९ बुस्टर खोपका बारेमा जानकारी

ओमिक्रन भेरिएन्टको नियन्त्रण गर्न खोपहरू पर्याप्त होलान् त? हाल प्रयोगमा रहेका खोप र बुस्टर खोपहरूले यस नयाँ भेरिएन्टबाट सुरक्षा प्रदान गर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

The vaccine technology underlying the booster shots is the same as the first and second vaccine doses.

The vaccine technology underlying the booster shots is the same as the first and second vaccine doses. Source: AAP

कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रनलाई विश्व स्वास्थ्य सङ्गठनले एक 'चिन्ताजनक भेरिएन्ट' भनेर तोकेको छ।

यसको साथ साथै, हाल प्रयोगमा रहेका खोपहरूले यसको नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् भन्नेर विषयमा विश्वभर विभिन्न अनुमानहरू जारी छन्। 

ओमिक्रनको नियन्त्रणका लागि फाइजरले १०० दिन भित्र, र मोडर्नाले २०२२ को सुरुवात सम्म वर्तमान खोपहरूमा केही परिवर्तन गरेर नयाँ खोप तयार पार्ने बताएका छन्।

बुस्टर खोपहरू क-कसले पाउने छन् ?

अस्ट्रेलियामा कोभिड-१९ बुस्टर खोपहरूको वितरण अक्टोबरमा सुरु भएको थियो। कोभिड-१९ खोपको दुवै मात्रालाई कम्तीमा ६ महिना भन्दा अघि लगाएका १८ वर्ष भन्दा माथि उमेर भएका मानिसहरूका लागि नोभेम्बर ८ देखि बुस्टर खोपहरू उपलब्ध गरिएका थिए। 

अस्ट्रेलियाको खोप सम्बन्धी सल्लाह समिति अटागीले हाल १२ देखि १७ वर्ष उमेर समूहलाई बुस्टर खोप नलगाउन सलाह दिएको छ। त्यस्तै, कम प्रतिरोधात्मक शक्ति भएका कारण प्राथमिक कोभिड-१९ खोपको तेस्रो मात्रा लगाएका मानिसहरूलाई पनि अहिले बुस्टर खोप नलगाउन सल्लाह दिइएको छ।

People at the Boondall mass vaccination hub in Brisbane on 18 September 2021.
People at the Boondall mass vaccination hub in Brisbane on 18 September 2021. Source: AAP

बुस्टर खोप कहिले लगाउनु पर्छ ?

कमजोर प्रतिरोधात्मक शक्ति भएका मानिसहरूले खोपको दोस्रो मात्रा लगाएको २ देखि ६ महिना भित्र कोभिड-१९ खोपको तेस्रो मात्रा लगाउनु पर्ने बताइएको छ। 

यद्यपि, कुनै आउटब्रेक भएको या शरीरको प्रतिरोधात्मक शक्ति असाध्यै कम्जोर भएको जस्ता असाधारण परिस्थितिहरूमा भने ४ हप्ता भित्र तेस्रो खोप लगाउन पाइन्छ। 

यस बाहेक १८ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका मानिसहरूले आफूले कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएको कमसेकम ६ महिना पछि मात्र बुस्टर खोप लगाउनु पर्दछ।

बुस्टर खोपहरूले कसरी काम गर्छन् ?

यी खोपहरूको निर्माण प्रविधि पनि कोभिड-१९ खोपहरूसँग मिल्दो जुल्दो रहेको छ। 

खोपका पहिलो र दोस्रो मात्राहरूले प्रदान गर्ने सुरक्षा, अर्थात् तिनका एन्टीबडीहरूले हाम्रो शरीरमा गर्ने असर समयसँगै कम हुँदै जाने हुनाले, बुस्टर खोपहरूले यस सुरक्षालाई कायम राख्ने काम गर्दछन्। 

मोनाश विश्वविद्यालयको शरीरको प्रतिरक्षा र रोगविज्ञान सम्बन्धी विभागमा संलग्न डाक्टर एमिली एडवार्ड्सले बताइन् कि, यी बुस्टर खोपहरू निर्माण गर्न विगतमा तयार पारिएका केही खोपहरूको ज्ञान प्रयोग गरिएको छ। उदाहरणका लागि, विद्यालयहरूमा खोप कार्यक्रमहरूमा प्रयोग गरिने हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरसका खोपहरू। 

"यो प्रविधि वर्षौँदेखि प्रयोगमा रहेको छ, र खोपहरूको निर्माणमा यो प्रयोग हुँदछ। त्यस्तै, भाइरस र खोपले शरीरमा हुने असर हेर्नका लागि हामीले इम्युनोलजिकल उपकरणको प्रयोग गर्दछौँ," उनले बताइन्।

तपाईँले कुन बुस्टर खोप लगाउनु पर्छ ?

मानिसहरूले कोभिड-१९ खोपको पहिलो र दोस्रो मात्रामा जुन खोप लगाए तापनि, तेस्रो मात्रामा फाइजर खोप लगाउन, अटागीले बताएको छ। फाइजर एक एमआरएनए (mRNA) खोप हो। 

मोडर्ना लगायत अन्य खोपहरूलाई पनि अस्ट्रेलियाको खोप नियामक समितिले प्रयोगको अनुमति दिने, सरकारले अपेक्षा गरेको छ। 

पहिलो र दोस्रो खोपमा एस्ट्राजेनेका लगाएका मानिसहरूलाई खोपको कुनै गम्भीरर असर भएको छैन भने (जस्तै, एनेफिल्याक्सिस - एक किसिमको एलर्जी), ती व्यक्तिहरूले तेस्रो मात्राको लागि एस्ट्राजेनेका लगाउन सक्छन्। तर सके सम्म यसो नगर्न आग्रह गरिएको छ।

त्यस्तै, एमआरएनए खोपबाट नराम्रो असर भएका मानिसहरूलाई एस्ट्राजेनेका लगाउन सलाह दिइएको छ।

खोप लगाउन कहाँ बुकिङ गर्ने मिल्छ ?

योग्य मानिसहरूले स्वास्थ्य सहकर्मीबाट खोप बुक गर्न सक्छन्। 

सरकारको भ्याक्सिन फाइन्डर क्लिनिक (Vaccine Clinic Finder) को वेबसाइटमा पनि बुक गर्न सक्नु हुन्छ।

A healthcare worker speaks to a patient after administering a Covid19 vaccination at a pop-up vaccination van in Epping, Melbourne.
A healthcare worker speaks to a patient after administering a Covid19 vaccination at a pop-up vaccination van in Epping, Melbourne. Source: AAP

बुस्टर खोपहरू कत्तिको प्रभावकारी छन् ?

हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रन भेरिएन्टको सङ्क्रमणलाई रोक्न सक्छन् कि सक्दैनन् भनी पत्ता लगाउन वैज्ञानिकहरू लागिपरेका छन्। 

डेल्टा भेरिएन्ट आउँदा भने यी खोपहरूले धेरै हदसम्म मानिसहरूलाई अस्पताल भर्ना हुनबाट र मृत्युबाट बचाएको थियो। 

डाक्टर एडवार्ड्स भन्छन् कि, अस्ट्रेलियामा प्रतिबन्धहरू खुकुलो हुँदै लक्डाउन हटेको समयमा, मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने जस्ता नियमहरूलाई निरन्तरता दिन आवश्यक छ। 

"यदि तपाईँले खोप लगाउनु भएको छ भने, खोप नलगाएको व्यक्तिको तुलनामा तपाईँ बढी सुरक्षित रहनु हुन्छ। सङ्क्रमणहरू निरन्तर भइ रहने छन्। तर खोपले तपाईँलाई गम्भीर बिरामी हुनबाट भने सुरक्षा दिन्छ।"

यसका केही जोखिम या साइड इफेक्टहरू छन् ?

बुस्टर खोपहरू पहिले प्रयोग गरिएका खोपहरू जस्तै हुने भएकाले, यिनका असरहरू पनि त्यस्तै हुने अनुमान गरिएको छ। तर यसको दीर्घकालीन प्रभावको बारेमा भने स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गर्दै छन्।

के हामीसँग सबैका लागि पर्याप्त खोप उपलब्ध छन् ?

बुस्टर खोपहरू प्रदान गर्ने विषयमा अस्ट्रेलिया तयार रहेको, ग्रेग हन्टले अक्टोबरमा बताएका थिए। 

"भविष्यमा स्वास्थ्य विज्ञहरूले सल्लाह दिए पछि प्रदान गर्नका लागि हामीसँग १५ करोड १० लाख मात्रामा फाइजर, नोभाभ्याक्स र मोडर्ना खोपहरू उपलब्ध छन्," उनले भनेका थिए। 

सङ्क्रामक रोज विशेषज्ञ संजय सेनानायकेले केही समय अघि भनेका थिए कि, आर्थिक रूपमा समृद्ध राष्ट्रहरूमा बुस्टर खोपहरूको कुराकानीले भ्याक्सिन वितरणमा समानताको विषयलाई उठाउँदछ। 

"आखिरमा, यदि हामी [अस्ट्रेलियामा] गम्भीर स्वास्थ्य समस्या र अस्पताल भर्नाबाट जोगियौँ भने, हामीले अन्य देशहरूलाई मद्दत गर्ने कोसिस गर्नु पर्छ," उनले भनेका थिए। 

"कोभिड-१९ र खोपको विषयमा हामी निःस्वार्थी हुनु पर्छ," एसिया-प्रशान्त क्षेत्रलाई उल्लेख गर्दै उनले भने। 

शुभा कृष्ननद्वारा थप रिपोर्टिङ


Share

4 min read

Published

By Biwa Kwan

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now