SKIP TO MAIN CONTENT

साङ्गीतिक कार्यक्रममा एक युवतीको मृत्यु: अवैध औषधि परीक्षण गरिनु पर्ने आवाज उठ्दै

सप्ताह अन्त्यको साङ्गीतिक कार्यक्रममा एक युवतीको मृत्यु हुनुको कारण औषधि सेवन भएको अनुमान गरिँदा उनका आफन्तले भने पिल परीक्षण तत्काल लागू गरिनु पर्ने माग गरेका छन्। पश्चिम सिड्नीमा आयोजित फो:मो नामक उक्त कार्यक्रम स्थलबाट १९ वर्षीय युवतीलाई अस्पताल लगिएको थियो तर उनि बाच्न सकिनन्। ।

The family of Alex Ross-King who died in a suspected overdose after attending the FOMO festival demand NSW Premier introduce pill testing.
The family of Alex Ross-King who died in a suspected overdose after attending the FOMO festival demand NSW Premier introduce pill testing. Source: Facebook/www.parrapark.com.au

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सिड्नीमा आयोजित साङ्गीतिक कार्यक्रममा १९ वर्षीय युवती एलेक्स-रोस किङ्गको अवैध औषधि सेवनका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिए पश्चात् त्यस्ता कार्यक्रमहरूमा अवैध औषधि परीक्षण गरिनु पर्ने आवाज फेरी उठ्न थालेको छ।

तर प्रहरीका अनुसार पोस्टमार्टम र टोक्सिकोलोजी (मादकता) परिक्षणको परिणाम सार्वजनिक गर्न बाँकी नै रहेको छ।

मृतक एलेक्स-रोस किङ्गकि हजुरआमा, डेनिस डोइगले न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लीएनलाई जति सक्दो छिटो अवैध औषधि परीक्षणलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेकी छन्।

डोइगले उक्त सानो कदमले यदि एक जनाको ज्यान पनि बचाउन सक्छ भने त्यो कदम मुल्यवान हुनेछ।

pill testing at festivals
State governments are resisting calls to introduce pill testing at festivals (AAP) Source: AAP

अल्कोहल एण्ड ड्रग फाउन्डेसन कि प्रवक्ता मेलिन्डा लुकास ले पनि उक्त भनाइलाई समर्थन गर्दै पिल टेस्टिंग लाई लागू गर्नु पर्नेमा जोड दिएकी छन्।

तर न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेन्जिक्लीएनले चाहिँ त्यसरी औषधिहरूका परीक्षण गरिदा उल्टो नतिजा आउन सक्ने प्रति सचेत हुनु पर्ने भन्दै उक्त सुझावलाई लिएर अनिच्छा देखाएकी छन्।

उनले भनिन, "म चिन्तित छु कि औषधि परीक्षणले सोचेको भन्दा उल्टो परिणाम पनि दिन सक्छ।"

"यस्ता महोत्सवहरूमा सहभागी हुने युवाहरूले पहिले नै सेवन नै गर्ने मनासयका साथ् त्यस्ता औषधिहरू किनेका हुन्छन। र यो नै अन्तिम मौका हुन्छ त्यो युवा सँग कुरा गरेर र उक्त औषधिका जोखिमका बारेमा बुझाउने। र त्यसले गर्दा उनीहरुले औषधिलाई फ्याक्ने सम्भावना पनि हुन्छ।"

अल्कोहल एण्ड ड्रग फाउन्डेसन कि लुकास ति औषधिहरू अवैध भएकाले प्रिमियरको चिन्ता जायज भएको बताउँछिन् तर मानिसहरूको जीवन दाउमा छ, उनी थप्छिन्।

"विदेशहरू ले प्रस्तुत गरेको परिणामहरूले पनि यहि देखाउँछ कि यो नै जोखिम न्यूनीकरणको सर्बोत्कृष्ट उपाय हो। यस्ता महोत्सवहरूमा सहभागी हुने युवाहरूले पहिले नै सेवन नै गर्ने मनासयका साथ् त्यस्ता औषधिहरू किनेका हुन्छन।"

"यो नै अन्तिम मौका हुन्छ त्यो युवा सँग कुरा गरेर र उक्त औषधिका जोखिमका बारेमा बुझाउने र त्यसले गर्दा उनीहरुले औषधिलाई फ्याक्ने सम्भावना पनि हुन्छ।"

न्यु साउथ वेल्सको विषादी बारे जानकारी दिने केन्द्रका निर्देशक प्रोफेसर एन्ड्रु डशन न्यु साउथ वेल्स राज्यको पहलमा पिल टेस्टिंग अहिले परिक्षको चरणमा रहेको बताउँछन्।

तर उनले यो कदमले त्यस्ता महोत्सवमा गएकाहरू अस्पतालका आकस्मिक कक्ष सम्म पुग्ने संख्यामा कमि ल्याउनेमा आशंका व्यक्त गर्छन।

उनका अनुसार यस्ता महोत्सवमा जानेहरू मध्ये ५० देखि ७५ प्रतिशतले मनोरञ्जन प्रयोजनका लागी औषधि सेवन गर्ने गर्दछन।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now