अस्ट्रेलियामा महिलाहरुले पाउने तलब पुरुषहरुको भन्दा १४ प्रतिशत कम

साप्ताहिक रूपमा महिलाहरुले पाउने तलबको राष्ट्रिय औसत पुरुषहरुको भन्दा १४ प्रतिशत कम रहेको र पश्चिम अस्ट्रेलियामा उक्त अन्तर झन्डै २२ प्रतिशतमा रहेको एक नयाँ तथ्यांक प्रकासित भएको छ।

राष्ट्रिय समान पारिश्रमिक दिवस अन्तर्गत बुधबार प्रकासित उक्त तथ्यांकका अनुसार देशव्यापी रूपमै महिलाहरुले पाउने तलब पुरुषहरुको भन्दा १४ प्रतिशत कम रहेको छ।

तर देशका बिभिन्न राज्यमा उक्त लैंगिक असमानता फरक - फरक रहेको पनि बताइएको छ।

कार्यस्थल लैंगिक समानता सम्बन्धि सरकारी निकायका अनुसार छ महिना अगाडी पारिश्रमिक दूरी १४.१ प्रतिशतमा रहेको थियो।

यसको मतलब, फुल- टाइम काम गर्ने महिलाहरुको औसत साप्ताहिक तलब १४८४.८० डलर रहेको छ भने त्यतिनै काम गर्ने पुरुषहरुले महिलाहरु भन्दा प्रतिहप्ता २४१.५० डलर बढी वा १७२६.३० डलर पाउँदछन्।

राष्ट्रिय लैंगिक पारिश्रमिक असमानता सम्बन्धि उक्त तथ्यांक तयार पार्न महिला र पुरुषहरुको आधार तलब दर प्रयोग गरिएको बताइएको छ।

तर एकै प्रकारको काम गर्ने महिला र पुरुष बीचको तलब फरक रहेको छ कि छैन भन्ने बारे नभई कार्यस्थलमा महिलाहरुको पारिश्रमिक अवस्थाको आधारमा तथ्यांक तयार पारिएको पनि उक्त राष्ट्रिय निकायको भनाइ छ।

दक्षिण अस्ट्रेलियामा महिला र पुरुष बीचको तलब असमानता ९.२ प्रतिशत वा १४०.९० डलर रहेको छ भने भिक्टोरियामा १६० डलरका साथ् सबै भन्दा कम वा ९.६ प्रतिशत को अन्तर रहेको छ।

पश्चिम अस्ट्रेलियामा पुरुषहरुले महिला भन्दा २१.८ प्रतिशत वा ४१९.५० डलर बढी तलब प्रतिहप्ता पाउँदछन्।

Pay gap
Australia's gender pay gap by state. Source: WGEA

कार्यस्थल लैंगिक समानता निकाय कि प्रमुख लिब्बी लायन्स भन्छिन कि पुरुष भन्दा कम तलब पाउने विषय महिलाहरुको लागि धेरै महत्वपूर्ण रहेको छ।

“केहि राज्यमा महिला र पुरुष बीचको तलबको दूरी कम हुँदै गएता पनि, देशका प्रत्येक राज्य र प्रदेशमा पुरुषहरुले बढी तलब पाइरहेका छन्”।

“पुरुषहरु समान अधिकार र मान्यता पाउन अझै पनि महिलाहरुले धेरै बाधाहरुको सामना गर्नु परिरहेको उक्त रिपोर्टले प्रष्ट पार्दछ”।

यस प्रकारको असमानता अन्त्य गर्ने सर्वपक्षिय पहल हुन जरूरी रहेको पनि लायन्सको भनाइ छ।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now