एकै पटकमा किन्न सकिने टोइलेट पेपरको संख्या वूलवर्थ्सले तोक्यो

कोरोनाभाइरस महामारी फैलने डरका बिच धेरै मानिसहरुले सुपरमार्केट रित्ताउन सुरु गरेको भन्ने समाचार आउदा अस्ट्रेलियाको एक प्रमुख खुद्रा विक्रेता वूलवर्थ्सले आफ्ना स्टोरहरूबाट एक पटकमा चार प्याकेट भन्दा बढी टोइलेट पेपर किन्न नपाउने निर्णय गरेको छ।

Empty toilet paper shelves at a Coles supermarket.

Empty toilet paper shelves at a Coles supermarket. Source: SBS News

कोभिड-१९ भनेर पनि चिनिएको कोरोनाभाइरसबाट विश्वभर महामारी उत्पन्न हुनसक्ने त्रासका बिच अस्ट्रेलियालीहरूले दैनिक उपभोग्य सामाग्रीहरु जम्मा गर्न थालेपछि त्यस प्रकारका सामानहरूमा कमी देखिन थालेको छ ।

सामाजिक सञ्जालमा सुपरमार्केटका विभिन्न भागहरु रित्तिएका तस्बिर बाँड्ने क्रम निरन्तर चलिरहँदा न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले भने मानिसहरूलाई त्यसो गर्नुपर्ने अवस्था हाल विद्यमान नरहेको बताएका छन्।

यसै बिच, वूलवर्थ्सको उक्त नीति सार्वजनिक भएको हो।

बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ कि उक्त सीमा निर्धारण आफ्ना सबै ग्राहकहरूले उत्पादनहरूसम्म बराबर पहुँच पुर्‍याउने उद्देश्यले प्रेरित छ।

“सामान्य अवस्थामा भन्दा बढी माग देखिएको यस अवस्थामा स्टकलाई राम्रो स्थितिमा राखी राख्न उक्त कदम चालिएको हो,” वूलवर्थ्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका साथै उसले आफ्ना सप्लायरद्वारा स्थानीय रूपमा नै उत्पादन बढाउने कार्य सुरु गरिसकेको बताएको छ।

“हाम्रो टिम लगातार रूपमा लामो समयसम्म राख्न मिल्ने खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको निरन्तरताका लागि काम गरिरहेको छ।”

वूलवर्थ्सका अनुसार, उक्त आंशिक प्रतिबन्ध हाल भौतिक पसलहरूका साथै अनलाइनमा लागू छ र उसले यस निर्णयका लागि आफ्ना ग्राहकहरूसँग माफी मागेको छ।

empty supermarket shelves as shoppers panic buy toilet paper
Source: SBS Mandarin

मङ्गलवार बिहान सिड्नी मर्निङ्ग हेराल्डले अस्ट्रेलियाको सबैभन्दा ठुलो टोइलेट पेपर उत्पादक किम्बर्ली क्लार्कले बजारमा आफ्ना उत्पादनहरू कमी हुन नदिन

२४ घण्टा कार्य गरिरहेको बारे एक खबर प्रकाशित गरेको थियो।

वूलवर्थ्ससँगै अस्ट्रेलियाको अर्को ठुलो खुद्रा पसल सञ्जाल कोल्सले आपूर्ति व्यवस्था तथा कोरोनाभाइरसका बारेमा प्रधानमन्त्री स्कट मरिसनसँग सल्लाह गरेको थियो।

आज बिहानसम्म न्यु साउथ वेल्समा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ भने अस्ट्रेलियाभर यो सङ्ख्या हाल ४० रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।


Share

2 min read

Published

Updated

By Maani Truu




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now