SKIP TO MAIN CONTENT

विश्वकप क्रिकेट २०१९: चर्चामा भारतको ढिलो सुरुवात र साउथ अफ्रिकाको खराब प्रदर्शन

अगिल्लो सातादेखि बेलायतमा सुरु भएको यसपालिको विश्वकप क्रिकेट प्रतियोगितामा के-के भए त?

ICC Cricket world Cup 2019
ICC Cricket world Cup 2019 Source: Getty Images

5 min read

Published

Updated



Skip to article content

अहिलेसम्म न्युजिल्याण्ड आफ्नो दुवै खेलहरूमा जित हासिल गर्दै अङ्क तालिकाको शिखरमा छ भने आज साँझ ७:३० बजेदेखि सुरु हुने खेलमा अस्ट्रेलिया वेस्ट इन्डिजसँग भिड्दै अङ्क तालिकाको टुप्पोमा पुग्न खोज्नेछ।

यो विश्वकपमा बङ्गलादेशले साउथ अफ्रिकालाई हराएर सबैलाई हैरान बनाइदियो किनभने बङ्गलादेशले अहिलेसम्म उसले खेलेका एक दिवसीय खेलहरूमा ३३० रन कहिल्यै बनाएको थिएन।

साउथ अफ्रिकालाई बङ्गलादेशले २१ रनले पराजित गर्दै उसले यसपालिको “अपसेट” कायम गरेको छ।

हालसम्मको अङ्कतालिका यसप्रकार रहेको छ:

क्रमाङ्कराष्ट्रखेलजीतहारअङ्कनेट रनरेट
न्युजिल्याण्ड२.२७९
वेस्ट इन्डिज५.८०२
अस्ट्रेलिया१.८६०
इंग्ल्याण्ड०.९००
भारत०.३०२
बंगलादेश०.००८
श्रीलंका-१.५१७
पाकिस्तान-२.४१२
साउथ अफ्रिका -०.९५२
१०अफगानिस्तान -१.२६४

भारत र साउथ अफ्रिका किन चर्चामा?

गए राति दक्षिण अफ्रिकालाई हराएपछि विराट कोहलीले कप्तानको रूपमा ओडिआई क्रिकेटमा ५०औं जित हात पारेका छन्।

कोहली ओडिआईमा कप्तानको रूपमा सबैभन्दा छिटो ५० जित हात पार्ने कप्तानको सूचीमा चौथो स्थानमा परेका छन्।

अष्ट्रलियालालाई २ दुई पटक विश्वकप जिताएका रिक्की पोन्टिङ र वेस्ट इन्डिजलाई पहिलो विश्वकप दिलाएका क्लाइ लोएडले ६३ खेल भित्रै कप्तानको रूपमा ५० जित हात पारेका थिए।

भारतीय कप्तान कोहलीले भने ६९ खेलमा यो सफलता हासिल गरेका हुन्।

Australia v India ODI Series Captains Trophy
Captain Virat Kohli of India poses with ICC Cricket World Cup trophy during the Aust v India ODI Series Captains Trophy Session in Sydney. Source: Matt King/Getty Images

भारतले आफ्नो अभियान किन ढिलो सुरु गर्‍यो?

क्रिकेटका पारखीहरूलाई त बताइ रहनु परेन तर, थाहा नपाउनेहरूका लागि भने कुरो यस्तो हो:

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)मा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न सन् २०१४ मा एक पूर्व भारतीय न्यायाधीश राजेंद्रमल लोढाको नेतृत्वमा एक जाँचबुझ समिति गठन गरिएको थियो।

उसले गरेका सिफारिसहरू मध्ये एकमा चाहिँ भारतले आइपिएल सक्किएको १५ दिनपछि मात्र कुनै अन्तर्राष्ट्रिय खेल खेलोस् भन्ने कुरा व्यक्त गरिएको थियो।

भारतमा केही हप्ता अघिसम्म आइपिएल अथवा भारतीय प्रिमियर लिग चल्दै थियो। त्यस कारण, उसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई आफ्नो खेल पर सार्न अनुरोध गरेको थियो।

साउथ अफ्रिकाको खराब सुरुवात

यो प्रतियोगितामा लगातार ३ खेल हारेर आफ्नो विश्वकप अभियान सुरु गरेको साउथ अफ्रिकाले बाँकी ६ खेलमा आफ्नो खेल निकै सुधार्नुपर्ने छ।

काँधको चोटका कारण डेल स्टेन र ह्यामस्ट्रिङ्ग चोटका कारण अर्का बलर लुङ्गी एङ्गिडी बाहिरिए पछि “प्रोटियाज”लाई केही अफ्ठेरो हुने अनुमान त लगाइएकै थियो तर यस्तो हारको शृङ्खला नै सुरु हुनेछ भनेर शायदै कसैले कल्पना गरेका थिए होलान्।

साउथ अफ्रिकामा जन्मी हुर्केका र पछि त्यहाँको क्रिकेट बोर्डसँग “जातीयता कोटा” प्रणाली बारे असन्तुष्टि व्यक्त गर्दै इंग्ल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पुगेका केभिन पिटर्सनले ट्विटर मार्फत व्यङ्गबाण प्रयोग गर्दै भने,

“साउथ अफ्रिकी क्रिकेटमा के भई रहेछ, म निश्चित भएर भन्न सक्दिन। अब पनि नसुधारिने हो भने, पछि इंग्ल्याण्ड टेस्ट खेल्न आउँदा ३ दिन मै खेल खतम हुनेछ।”

अहिलेसम्मको नतिजा:

क्रमाङ्कखेलनतिजा
इंग्ल्याण्ड विरुद्ध साउथ अफ्रिकाइंग्ल्याण्ड १०४ रन
वेस्ट इन्डिज विरुद्ध पाकिस्तानवेस्ट इन्डिज ७ विकेट
न्युजिल्याण्ड विरुद्ध श्रीलंकान्युजिल्याण्ड १० विकेट
अस्ट्रेलिया विरुद्ध अफगानिस्तानअस्ट्रेलिया ७ विकेट
बाङ्गलादेश विरुद्ध साउथ अफ्रिकाबाङ्गलादेश २१ रन
पाकिस्तान विरुद्ध इंग्ल्याण्डपाकिस्तान १४ रन
श्रीलंका विरुद्ध अफगानिस्तानश्रीलंका ३४ रन
भारत विरुद्ध साउथ अफ्रिकाभारत ६ विकेट
न्युजिल्याण्ड विरुद्ध बंगलादेशन्युजिल्याण्ड २ विकेट

आगामी ७ दिनका खेलहरु:

क्रमाङ्कखेल 
अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज६ जुन बिहिबार, साँझ ७:३० बजे
पाकिस्तान विरुद्ध  श्रीलंका७ जुन शुक्रबार, साँझ ७:३० बजे
इंग्ल्याण्ड विरुद्ध बंगलादेश८ जुन शनिबार, साँझ ७:३० बजे
न्युजिल्याण्ड विरुद्ध अफगानिस्तान८ जुन शनिबार, राति १०:३० बजे
अस्ट्रेलिया विरुद्ध भारत९ जुन आइतबार, साँझ ७:३० बजे
वेस्ट इन्डिज विरुद्ध साउथ अफ्रिका१० जुन सोमबार, साँझ ७:३० बजे
श्रीलंका विरुद्ध बंगलादेश११ जुन मंगलबार, साँझ ७:३० बजे
अस्ट्रेलिया विरुद्ध पाकिस्तान१२ जुन, साँझ ७:३० बजे

 

अहिलेसम्मका धेरै रन बनाउने प्रमुख पाँच खेलाडी

England captain Joe Root
England captain Joe Root has to manage his team well to ensure India don't turn the Test series. (AAP) Source: AAP

क्रमाङ्कखेलाडीरन
जो रूट, इंग्ल्याण्ड१५८
शकिब अल हसन, बंगलादेश१३९
रोहित शर्मा, भारत१२२
जोस् बट्लर, इंग्ल्याण्ड१२१
रास्सी भ्यान डर डुसें, साउथ अफ्रिका  ११३

 

अहिलेसम्मका विकेट लिने प्रमुख पाँच खेलाडी

Cricket - South Africa's Rabada heads home from IPL with back niggle
() Source: Reuters
क्रमाङ्कखेलाडीविकेट
म्याथ्यु जेम्स हेनरी, न्युजिल्याण्ड
मोहम्मद आमिर, पाकिस्तान
एण्डिल फेह्लुकायो, साउथ अफ्रिका
इमरान ताहिर,  साउथ अफ्रिका
कासिगो रबदा,  साउथ अफ्रिका
लोकी फर्ग्युसन, न्युजिल्याण्ड
मॊइन अलि, इंग्ल्याण्ड
मोहम्मद नाबी, अफगानिस्तान
मोहम्मद सैफुद्दीन, बंगलादेश
नुवान प्रदिप, श्रीलंका
ओशान थोमस, वेस्ट इन्डिज
युजभेन्द्र चहल, भारत

 

अहिलेसम्म सबैभन्दा धेरै छक्का हान्ने प्रमुख पाँच खेलाडी

Prince Harry drops cheeky chirp at Finch
Source: Reuters

क्रमाङ्कखेलाडीछक्का
आरन फिंच, अस्ट्रेलिया
क्रिस गेल, वेस्ट इन्डिज
ईयों मोर्गन, इंग्ल्याण्ड
मार्टिन गप्टील, न्युजिल्याण्ड  
रशिद खान, अफगानिस्तान

 

अहिलेसम्म सबैभन्दा धेरै चौका हान्ने प्रमुख खेलाडी

Patient Rohit century gives India winning start to World Cup
Source: Reuters
क्रमाङ्कखेलाडीचौका
जो रुट, इंग्ल्याण्ड१५
शकीब अल हसन, बंगलादेश१५
नाजिबुल्लाह जर्दन, अफगानिस्तान१३
रोहित शर्मा, भारत१३
कुशल परेरा, श्रीलंका१२
सौम्य सरकार, बंगलादेश१२

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now