SKIP TO MAIN CONTENT

विश्वमै पहिलो: अस्ट्रेलियाली महिला र पुरुष फुटबल खेलाडीहरुको तलब समान हुने

मटिल्डाज नामले चिनिने अस्ट्रेलियाको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूले आफ्ना पुरुष समकक्षीहरूले कमाएको रकमको बराबर नै खेल तलब र भत्ता पाउने भएका छन्।

Matildas
Source: Getty Images

2 min read

Published

Updated

By Darren Mara

Presented by SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाली फुटबल महासङ्घ र खेलाडीहरूको प्रतिनिधित्व गर्ने सङ्गठन बिच भएको पछिल्लो सहमतिका साथ राष्ट्रिय टोलीका खेलहरूबाट आर्जन हुने रकमको २४ प्रतिशत महिला र पुरुष खेलाडीहरूले पाउने छन्।

साथै २०१९ -२०२० देखि चार वर्षको लागि लागु हुने उक्त सम्झौता अनुसार उल्लिखित लाभांशको मात्रा हरेक वर्ष एक प्रतिशतका दरले बढ्दै जाने छ।

यति मात्र नभएर, महिला टोलीले खेलबाट पाइएको व्यावसायिक मुनाफा र पुरस्कारको रकममा पनि बराबरीको भाग लिने भएका छन्।

महिला र पुरुष खेलाडीहरूबिच रहेको आम्दानीको असमानतालाई समाप्त गर्ने उदेश्यकासाथ अस्ट्रेलियाको फुटबल महासङ्घले यस सम्बन्धी प्रस्ताव गरेको थियो।

राष्ट्रिय टोलीका लागी अहिलेसम्म ८० भन्दा बढी खेलमा सहभागी भइसकेकी मटिल्डाजकी गोल-किपर लिडिया विलियम्सले उक्त सहमतिका साथ फुटबल खेलमा लगाव भएका धेरै किशोरीहरूमा नयाँ आशाको सञ्चार हुने बताउँछिन्।

अस्ट्रेलियाको खेल इतिहासमै महिला टोलीलाई पुरुष बराबरको आम्दानी दिने घोषणा यो पहिलो पटक भएको हो।

सन् १९७८ देखि सुरु भएको मटिल्डाजको खेल यात्राका सुरुका दिनहरूमा खेलाडीहरूले आफ्नै पैसाले खेल खर्च टार्नु पर्दथ्यो।

Matildas fans at a Sydney stadium.
Female Matildas fans at a Sydney stadium. Source: AAP

पूर्व उप-कप्तान जो पिटर्सले सुरुका दिनमा हप्ताको ४० डलर मात्र कमाई हुँदा पनि आफू धेरै खुसी भएको क्षणको सम्झना गर्दै, अहिले गरिन लागेको घोषणाले पैसाको मात्र नभएर लैङ्गिक भेदभाव समेतको अन्त्यका लागि टेवा दिने विश्वास व्यक्त गरेकी छिन्।

महिला फुटबलमा आवश्यक पैसा सङ्कलन र जन चेतना जगाउन सन् १९९९ मा मटिल्डाजका केही खेलाडीहरूले आफ्नो नग्न फोटोहरूको क्यालेन्डर पनि प्रकाशित गरेका थिए।

त्यस समयमा उनीहरूको यो कदम निकै विवादास्पद भएको थियो।

यसै गरी, सकरुज भनेर चिनिने पुरुष खेलाडीहरूको टोलीका एक पूर्व खेलाडी क्रेग फोस्टरले फुटबल महासङ्घले गर्न लागेको भनिएको यस निर्णयको स्वागत गरेका छन्।

खेलका लागि पाइने तलब र भत्ताको असमानता मात्र हैन, यस निर्णयले- व्यावसायिक मुनाफा र पुरस्कार रकमदेखि लिएर खेलको क्रम गरिने हवाई यात्राको खर्च समेतलाई ध्यानमा दिनेछ, फोस्टर बताउँछन्।

"यसबाट महिला खेलमाथि सकारात्मक प्रभाव पर्ने पक्का छ,” उनले थपे।

The Matildas in 1999.
A number of Matildas players posed naked for calendar in 1999. Source: AFP

तर, यसरी महिलालाई पनि पुरुष खेलाडी समान तलब भत्ता दिने अस्ट्रेलिया पहिलो राष्ट्र भने होइन। नर्वेले सन् २०१७ आफ्नो दुवै टोलीलाई समान तलब र भत्ता दिने घोषणा गरेको थियो।

पूर्व खेलाडी पिटर्स भने व्यावसायिक आम्दानीमा समेत गरिन लागेको बराबरीले खेल विकासमा ठुलो छलाङ मार्ने बताउँछिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now