अस्ट्रेलियामा बसोबास: जुवाको लतमा परेका प्रियजनलाई कसरी सहयोग गर्ने?

जुवा खेल्ने मानिस मात्र समस्यामा पर्दैन, उसको घरपरिवार र साथीभाइले पनि कुलतका कारण कष्ट भोग्नुपर्दछ। आफ्ना नजिकका मानिस जुवाको लत वा यसलाई छुटाउन प्रयत्न गरिरहेका छन् भने अस्ट्रेलियाभर विभिन्न भाषामा सहयोग सेवाहरू उपलब्ध छन्।

slot machines.jpg

Pokies present more risk of harm than any other form of gambling, according to an NSW Responsible Gaming Fund report. Credit: Getty Images/Alina555

मुख्य बिषय:

  • जुवाको लत आर्थिक नोक्सानी वा मानसिक स्वास्थ्य बिगार्ने कारक मात्र नभई अन्य थुप्रै समस्याको जड हो
  • जुवाको लतका कारण परिवार र साथीभाइ पनि प्रभावित हुन्छन् तर सहयोग सेवा पनि उपलब्ध छन्
  • सांस्कृतिक संवेदनशीलताले पनि कुलतमा फसेका मानिसहरूलाई मद्दत खोज्नबाट रोक्न सक्दछ
  • प्रियजनलाई प्रभावकारीरुपमा मद्दत गर्न, साथीभाइ वा आफन्त स्वयंलाई पनि सहयोग आवश्यक पर्दछ

वास्तविक परिणाम भित्र लुकेको लत

सिड्नी विश्वविद्यालयमा मनोविज्ञान विषयकी प्राध्यापक सेली गेन्सबरी अनलाइन वा अफलाइन जुवाका हानि वा जोखिम सधैँ वा तुरुन्तै देखिहाल्ने किसिमका नहुने बताउँछिन्।

यसलाई प्राय लुकेको लतका रूपमा लिइन्छ, किनकि यो लत तपाईँले आँखामा हेरेर वा गन्ध सुँघेर थाहा पाउनुहुन्न, तर यसका आर्थिक एवम् अन्य थुप्रै हानीहरु छन्
प्राध्यापक सेली गेन्सबरी

प्राध्यापक गेन्सबरी सिड्नी विश्वविद्यालय अन्तर्गत रहेको जुवा सम्बन्धी उपचार एवम् अनुसन्धान संस्थाकी निर्देशक पनि हुन्।

उनका अनुसार जुवाको लतबाट छुटकारा पाउनु व्यक्तिगत सर्घष त हुँदै हो, वरिपरिका मानिसका लागि पनि जटिल प्रक्रिया हो।

र यो प्रक्रियामा पुनरावृत्ति हुने वा जुवाको लतमा पुन: पर्न जाने सम्भावना पनि निकै बढी हुने उनको भनाई छ।

Tama ma lana kate talatupe.jpg
E pei fiafia nisi e ta'a'alo peletupe i luga o le 'upega tafa'ilagi, ae o nisi i masini poka, ae tutusa lava le ogaoga o a'afiaga. Credit: Getty Images/becon

तथ्याङ्कहरूले के भन्छ?

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार ७.२ % वयस्कहरू जुवाको हानिको जोखिममा रहेका छन्।

सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसमा सामान्य जनसङ्ख्याको तुलनामा जुवाको लत कम हुने भए तापनि उनीहरूलाई यसले पार्ने दुष्प्रभाव भने सामान्य जनसङ्ख्या भन्दा बढी हुने बताइन्छ।

न्यु साउथ वेल्स स्थित रेस्पोन्सीबल ग्याबलिङ्गकी निर्देशक नटाली राइट बहु सांस्कृतिक पुष्ठभुमीका मानिसहरू जुवाको लतमा परे, सांस्कृतिक कारण सहयोग वा मद्दत खोज्नलाई कम प्रयत्न गर्ने गरेको देखिने बताउँछिन्।

धेरै समुदायका लागि परामर्श वा सहयोग लिन जानु भनेको पश्चिमी वा विदेशी अवधारण हो, मानिसहरू आफ्ना समस्या परिवार भित्रै राख्न चाहन्छन्
नटाली राइट, निर्देशक, न्यु साउथ वेल्स स्थित रेस्पोन्सीबल ग्याबलिङ्ग
Sad family.jpg
Negatívne dôsledky hazardných hier necítia len samotní gambleri. Credit: Getty Images/uniquely India

एकको सर्घष तर प्रभावित धेरै

जुवाको कुलत रहेका मानिसका आफन्त वा साथीभाइ पनि प्रभावित हुने गर्दछन्।

उनीहरू प्राय आर्थिक हानी बाट गुज्रने गर्दछन्, यसका अलावा सम्बन्धमा तनाव र अन्य नकारात्मक नतिजाहरूको सामना गर्नु पर्दछ।

“त्यसैले पनि यिनीहरू स्वयंलाई सहयोग चाहिन्छ, चाहे जुवाको लतमा परेको मानिसले आफूलाई सुधार्ने कोसिस गरोस् या नगरोस्,” निर्देशक राइट भन्छिन्।

“जुवाको लतबाट निस्कन कोसिस गरिरहेको मानिसको सहयोगका लागि पनि यसको आवश्यकता पर्दछ।”

Concerned man with bill.jpg
Zhoršenie finančnej situácie môže byť znamením, že hranie hazardných hier sa stalo problémom. Credit: Getty Images/Narisara Nami

पश्चिमी सिड्नीमा बसोबास गर्ने अरेविक पुष्ठभुमीका एडमले* सन् २०१४ देखि जुवाको लतबाट छुटकारा पाएका हुन्।

उनका अनुसार जुवाको लतका कारण उनका परिवार निकै प्रभावित भएका थिए, लतबाट छुटकारा पाउन पनि उनीहरूको सहयोग निकै ठुलो रहेको उनको भनाई छ।

लत छुटाउने क्रममा उनका आफन्त स्वयंले कसरी सहयोग र समर्थन लिएका थिए भनेर उनी अहिले सम्झन्छन्।

“मेरो रिकोभरीको प्रक्रियामा उनीहरूले मलाई आवश्यक समर्थन दिन सके, आफू लतमा नपरेका मानिसका लागि यो निकै चुनौतीपूर्ण हुने गर्दछ,” एडमले भने।

“पेशेवर वा विज्ञहरूबाट समर्थन पाउँदा, मेरो कुलतमा उनीहरू जिम्मेवार होइनन् भन्ने कुरा उनीहरूले राम्ररी बुझ्दछन्, र मलाई सहयोग गर्ने सजिलो हुने कुरा उनीहरू पहिल्याउन सक्दछन्।”रिपोर्ट सुन्नुहोस्।

एडमका लागि जुवाको लत छुटाउनका लागि सबैभन्दा महत्त्वपूर्ण ग्याम्बलर एनोनिमस भन्ने कार्यक्रम रहन गयो।

यस कार्यक्रम अन्तर्गत जुवाको लतमा परेका महिला एवम् पुरुषहरूले आफ्ना अनुभवहरू साझा गर्दछन्, जसको मद्दतबाट कुलतमा रहेकाहरूलाई छुटकारा पाउन सहयोग पुग्दछ।

एडमको भनाइमा जुवाको कुलतबाट छुटकारा पाउन चाहीने वा खोज्ने उपायहरू मानिस पिच्छे फरक हुने गर्दछन्।

केही व्यक्तिहरू हप्तामा एक पटक परामर्शमा गएर, जागिर परिवर्तन गरेर, दैनिकी परिवर्तन गरेर वा थप व्यायाम गरेर पनि कुलतबाट छुटकारा पाउन सक्दछन्, र त्यहाँ सबैका लागि केही न केही अवश्य छ
एडम
support group.jpg
Podpora typu “rovný s rovným” a online fóra môžu byť pre mnohých užitočné Credit: Getty Images/Marco VDM

“पहिला आफ्नो अक्सिजन मास्क लगाऊ”

उपयुक्त समर्थन वा सहयोग पाएको खण्डमा कुनै पनि सहयोगी मार्ग उचित हुने प्राध्यापक गेन्सबरीको भनाई छ।

उनी जुवाको लत छुटाउनुलाई विमानमा आएको आपत्कालीन अवस्थासँग तुलना गर्छिन्, जहाँ यात्रुहरूले अरूको सहयोग गर्नु अघि आफैले अक्सिजन मास्क पहिले लगाउनु पर्दछ।

मानिसहरूले यो जान्नु जरुरी छ कि उनीहरूका लागि धेरै सहयोगहरू उपलब्ध छन्, उनीहरू एक्लैछैनन् ....तर आफ्नो अक्सिजन मास्क भने पहिला लगाउन जरुरी छ
प्राध्यापक सेली गेन्सबरी
Doctor with patient.jpg
Some people feel more comfortable asking their doctor to direct them to a specialised service. Credit: Getty Images/nahsoon

विभिन्न राज्यमा सन्चालित कार्यक्रमहरूले फोन, अनलाइन वा व्यक्तिगत रूपमा पनि परामर्श र स्रोतहरू उपलब्ध गराउँदछन्।

न्यु साउथ वेल्सको सरकारी अभियान नम्बर द्‍याट चेन्जड् माइ लाइफ, कार्यक्रमले जुवाको लतमा परेका बहु सांस्कृतिक पुष्ठभुमीका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।

सहयोग चाहीरहेका जो कोहीले पनि सबैभन्दा पहिला न्यु साउथ वेल्सको ग्याम्बल अवेर कार्यक्रममा १८०० ८५८ ८५८ मा सम्पर्क गर्न सक्दछन्।

उक्त संस्थाको वेबसाइट अरबिक, सिप्लिफाइड एवम् ट्रेडिसनल चाइनिज, हिन्दी कोरियन र भियतनामी भाषामा उपलब्ध रहेको छ।

आर्थिक परामर्श पनि उपलब्ध रहेको छ।

प्रियजनको जुवाको लतका कारण ऋणको भार बोकिरहेकाहरुलाई आर्थिक परामर्श लिन पनि राइट सुझाव दिन्छिन्।

धेरै मानिसहरूले अनौपचारिक रूपमा समर्थन खोजी रहेका हुन्छन्, यसका लागि समुदायका अगुवा, धार्मिक नेता वा उनीहरूको परिवार भित्रकै सहयोग पनि उचित हुन्छ
प्राध्यापक गेन्सबरी

“५० भन्दा बढी भाषामा सहयोग उपलब्ध रहेका छन्,” राइट भन्छिन्।

अन्तमा कसैलाई कुलतबाट छुटकारा दिलाउन समर्थन गर्दा, हातेमालो गर्नु पर्ने र व्यवसायीक सहयोग लिनका लागि प्रोत्साहन गर्नु पर्ने राइट बताउँछिन्।

*नाम परिवर्तन गरिएको

सहयोगका लागि तलको लिङ्कमा जानुहोस्।

· National Gambling Helpline on 1800 858 858

· National Debt Helpline on 1800 007 007

· Lifeline on 13 11 14


4 min read

Published

Updated

By Zoe Thomaidou

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now