SKIP TO MAIN CONTENT

भिक्टोरियाको ब्यालारट सहर नजिकै २ किलोको सुन पाइयो!

एक अवकाश प्राप्त मानिसले भिक्टोरियाको ब्यालारट सहर नजिकै २ किलो वजन भएको सुन भेटेका छन्।

The two-kilogram gold nugget.
The two-kilogram gold nugget "You Wouldn't Believe It" Source: AAP

2 min read

Published

Updated



Skip to article content

गुमनाम रहने सर्तमा एक अवकाश प्राप्त मानिसले २ किलो तौल भएको सुनको डल्लो जुन महिनामा भेटेको बताइएको छ ।

“गोल्डरश” समयमा निकै प्रसिद्धि कमाएको भिक्टोरिया राज्यको ब्यालारट भन्दा अलिक बाहिर एक पुरानो चौरमा ती व्यक्तिले उक्त सुनको डल्लो पाएका थिए।

त्यो सुनको डल्लोलाई ती मानिसले “यु वुडन्ट बिलिभ इट” नाम दिइएको पनि बताइएको छ।

लगभग १३०,००० डलर बराबरको बजार भाउ रहेको भनिएको उक्त सुनको डल्लोका निम्ति १६०,००० डलर सम्म तिर्ने मानिसहरूको ताँती लागिसकेको गोल्ड ब्यालारटका मार्क डेले जनाएका छन्।

ती बेनामी मानिसले भेटाएको सुनको परिमाण अलि दुर्लभै भएका कारण मानिसहरूले बजार भाउ भन्दा बढी तिर्न तयार भएको पनि बताइएको छ।

Nugget
सुनको उक्त डल्लो Source: SBS_AAP

हाल बजारमा एक आउन्स सुनको मूल्य २००० डलर भन्दा पनि बढी छ।

“तिनले त्यो सुनको डल्लो मलाई देखाउन ल्याउँदा पात हल्लिए झैँ कामिरहेका थिए।”

“तिनलाई के गरूँ-कसो गरूँ भइरहेको थियो,” डेले ती अवकाश प्राप्त मानिस तीन दिनसम्म सुत्न सकेको बताउँदै भने।

आफ्नो २५ वर्षीय कार्यकालमा मानिसहरूले यो भन्दा ठुलो डल्लो भेटेँ भनेर अहिलेसम्म नभनेको जानकारी दिँदै उनले अगाडी थपे, “तिनले ठ्याक्कै कहाँ भेटे खुलाएका छैनन् तर फेरी त्यस चौरमा थप सुन पाउने आसमा फर्किने चाहिँ मलाई भनेका छन्। “

डेका अनुसार ती मानिसलाई उक्त स्थानमा थप सुन रहेकोमा कुनै आशङ्का छैन।

“उनी फेरी सुन पाउनेमा विश्वस्त देखिन्थे,” डेले भने।

“अनि उनले सुन खोज्दा प्रयोग गर्ने आफ्नो अन्वेषण साधनलाई पनि स्तरोन्नति गर्दै सबैभन्दा राम्रो मानिएको माइनल्याब जीपीजेड ७००० किनेर फर्किने बताएका छन्।”

एक सानी केटीले पनि ३०,००० डलर भन्दा धेरै पर्ने सुनको सानो डल्लो ब्ल्यालारट भन्दा अलिक पर रहेको अर्को सहर बेण्डिगो नजिकै भेटेको एक महिना पछि, यो घटना बाहिर आएको हो!

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now