अस्ट्रेलियामा जातीय भेदभावको संस्कृति मौलाएको छ: स्कूले विद्यार्थीहरू

एक नयाँ राष्ट्रिय सर्वेक्षणमा भाग लिएका ११ देखि १९ वर्षका विद्यार्थीले अस्ट्रेलियामा जातीय भेदभावको संस्कृति रहेको बताएका छन्।

वर्ल्ड भिजनद्वारा गरिएको एक सर्वेक्षणमा ८०० विद्यार्थीलाई उनीहरूको जातीय भेदभाव सम्बन्धी अनुभव बारे गरिएको प्रश्नमा धेरैले अस्ट्रेलियामा जातीय भेदभावको संस्कृति निकै रहेको बताएका छन्।

खेलकुद प्रतियोगिताहरूमा सबैभन्दा बढी जातीयता सम्बन्धी भेदभावका घटनाहरू हुने गरेको पनि उक्त सर्वेक्षणको नतिजाले देखाएको छ।

सर्वेक्षणमा भाग लिएका प्राथमिकदेखि निम्न माध्यमिक तहका विद्यार्थीहरूमा हेरेका १० मा ९ जनाले आफूहरू खेलकुद मैदानमा हुने जातीय भेदभावका घटनाहरूको प्रत्यक्षदर्शी भएको बताए थिए।

त्यसै गरी, सार्वजनिक यातायात तथा शपिङ्ग सेन्टरहरू जस्ता किनमेलका प्रमुख स्थानहरूमा जातियताको प्रश्न उठ्ने गरेको सर्वेक्षणले प्रस्ट्याएको छ।

Protesters in support of Adam Goodes and against racism walk alongside the AFL Grand Final parade in Melbourne, Friday, Sept. 30, 2016. (AAP Image/Tracey Nearmy) NO ARCHIVING
Source: AAP

वर्ल्ड भिजनमा किशोर-किशोरीहरूको सहभागिता हेर्ने विल मेज्नरका अनुसार अस्ट्रेलियामा किशोरावस्थाका व्यक्तिहरूले भोगिरहेको जातीय विभेदको मात्रा स्वीकार योग्य छैन।

अस्ट्रेलियामा रहेका किशोर-किशोरीहरूलाई उनीहरू जता गए पनि, पृष्ठभूमि जस्तो भए पनि र जुन रङ्गको भए पनि सुरक्षित महसुस हुनु जरुरी छ।

हाम्रो विचारमा यो राम्रो अवसर हो, हामीसबैले उनीहरूको कुरा बुझिदिएर उनीहरूलाई सुरक्षित महसुस गराउनु।”

साथै, अस्ट्रेलियामा बस्दै आइरहेका ७९ प्रतिशत शरणार्थी परिवारहरूका लागि पनि जातीय भेदभाव प्रमुख अड्चनको रूपमा रहेको बताइएको छ।

कक्षा १० मा अध्ययनरत टियानाले आफू स्वयम् पनि जातीय विभेदको सिकार भएको अनुभव सुनाइन।

एसबीएस समाचार सँग कुरा गर्दै उनी भन्छिन्, “कहिले काहीँ अरू मानिसहरूले मलाई नियाली रहेको भान हुन्छ वा अन्य बेला मलाई नै हेरेर, मेरो पछाडि केही खास-खुस गरे जस्तो लाग्छ। यस्तो हुँदा मलाई अलि असजिलो महसुस हुन्छ किनकि म उनीहरू भन्दा फरक छु कि जस्तो लाग्छ।”

A sad and left-out ethnic high school student leans against a panel of lockers with her eyes closed, head down, and hands clasped to her knees.
¿Qué puedo hacer si mi hijo sufre acoso en la escuela? Source: Getty Images

मेज्नर भने यस्तै कारणहरूले गर्दा पनि किशोरावस्थामा रहेका व्यक्तिहरूको कुरा सुन्न जरुरी छ।

“शायद अब उनीहरूको कुरा सुनेर हामीले केही सिक्नुपर्छ। यो सर्वेक्षणको नतिजा हेर्दा पनि यी किशोर-किशोरी जातीय विभेद बारे निक्कै चिन्तित रहेको हामीले पाएका छौँ, उनले थपे।

मेलबर्नको उत्तर पश्चिम हयूम् क्षेत्रमा ४५ प्रतिशत बासिन्दाहरूले अङ्ग्रेजीको सट्टा अरू नै भाषा बोल्ने बताइँदै गर्दा वर्ल्ड भिजनको समुदाय हेर्ने विभागका प्रमुख डेल एम्त्स्बर्ग जातीय विभेदको बारेमा अझ धेरै काम गर्नुपर्नेमा जोड दिन्छन्।

“खेलकुद मैदान किशोरावस्थामा रहेका मानिसहरूका निम्ति सुरक्षित स्थान हुनुपर्छ। खेलकुदले जातीय विविधतालाई प्रोत्साहन गरेको हामीले देखिसकेका छौँ तर अझ धेरै काम गर्न बाँकी छ,” उनले एबीसी समाचारसँग भने।

कक्षा ११ मा पढ्दै गरेकी अर्की छात्रा चार्लोट एम्त्स्बर्गको भनाइसँग सहमत देखिन्छिन्।

"मानिसहरूलाई जातिवाद भनेको के हो बुझ्न र त्यस विरुद्ध आवाज उठाउन जरुरी छ।”

“म धेरै जातीय विभेद भइरहेको देखेकी छु तर त्यस विरुद्ध बोल्ने साहस बटुल्न सकिन। मेरो बिचारमा त्यस्तो अवस्थामा के गर्ने भनेर सिकाउन जरुरी छ,”उनले भनिन्।

budget - education
A prep student is seen looking through his school bag at a primary school in Logan City, Brisbane. Source: AAP

वर्ल्ड भिजनले विद्यार्थीहरूलाई आफ्नो स्कुल ब्याग घर बाहिर ४० घण्टा राखेर शरणार्थीहरू प्रति आफ्नो समर्थन देखाउन अपिल गरेको छ।

 

उक्त च्यालेन्जमा भाग लिने विद्यार्थीहरूले विस्थापित शरणार्थीको जीवन कस्तो हुन्छ भन्ने कुरा बुझ्न आयोजना हुने एक प्रयोगमा भाग लिन सक्नेछन्।


Share

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now