ब्रिटेनको युनिभर्सिटी अफ लन्डन अन्तर्गतको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट नेपालको राजनीतिक इतिहासमा विद्यावारिधि गरेका ब्रिटिश इतिहासकार जन् ह्वेल्प्टन् सन् १९७० को दशकमा पहिलो पटक नेपाल पुगेका थिए। त्यस यता भने उनी नेपालको इतिहास अनुसन्धान गर्ने लगायतका शैक्षिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। ‘जङ्गबहादुर इन युरोप’ र ‘अ हिस्ट्री अफ नेपाल’ जस्ता किताबका लेखक पनि रहेका ह्वेल्पटन्लाई नेपाल सरकारले हालसालै नेपाली इतिहासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै ‘इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार’द्वारा सम्मानित गरेको छ। जङ्गबहादुरको बेलायत यात्राको बेलादेखि आधुनिक नेपालको समयसम्ममा जातपातलाई लिएर नेपाली समाजमा भएका रूपान्तरणका कुरा र गणतन्त्र घोषणा पछि पार्टीहरूले लिएको नीतिहरूलाई केन्द्रविन्दुमा राखेर नेपाल संवाददाता गिरिश सुवेदीले जन् ह्वेल्पटन्सँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





