गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा गठित समितिको अनुसन्धानको क्रममा सुन तस्करीमा संलग्नता रहेको भनिएका ६३ जना बिरुद्ध मुद्दा दायर गरिएको छ।
अपहरण, कर्तब्य ज्यान मुद्दा र संगठित अपराध लगायतका आरोपमा मुद्दा चलाइएका २९ जना प्रहरी नियन्त्रणमा छन् भने प्रमुख आरोपी, गोरे भनिने, चुडामणि उप्रेती सहित फरार रहेका बाकि ३४ जनाको पनि खोजीकार्य जारि रहेको नेपाल प्रहरीले जनाएको छ।
अबैध तवरले भित्र्याईयको भनियको ३३ किलो सुन गायब हुनु र गयको फागुन १८ गते सुन भरिया भनेर चिनिएका का सनम शाक्य को शब् भेटेसंगै सुरु भयको अनुसन्धानका क्रममा केहि उच्च तहका सरकारी अधिकारिहरुको संलग्नता रहेको हुनसक्ने देखियको छ।
सरकारको तदारुकतामा गठित समितिको अनुसन्धानका क्रममा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा कार्यरत १३ कर्मचारी, ७ प्रहरी अधिकारिहरु र ४ ब्यबसायीहरुको समेत संलग्नताको आरोप मा जिल्ला अदालत मोरंगमा मुद्दा दर्ता भयको हो।
SBS नेपालीले यहि घटनासंग सम्बन्धित रहेर खोज पत्रकार तथा यो घटनालाई नजिक बाट नियालेका दीपक खरेल संग कुराकानी गरेको थियो।





