बढी प्वाइन्टको आधारमा केहि भिषा आबेदनहरुलाई प्राथमिकतामा राख्ने हुँदा स्थाई बसोबास अर्थात पिआर को लागि प्वाइन्ट बढाउन सामुदायिक भाषा परिक्षा दिने नेपाली बिद्दार्थीहरुको संख्या निकै बढेको छ। नेशनल एक्रीडीटेशन फर ट्रान्सलेटर्स एंड इन्टरप्रेटरस नाटीले लिने सिसिएल परिक्षाका बारेमा सहि जानकारीको कमि रहेको जानकारहरु बताउछन।
मदन मणिसंग गरिएको कुराकानी सुन्न माथिको प्लेयरमा प्ले बटन थिच्नुहोस
सन् २०१८ देखि अस्ट्रेलियाको स्थाई बसोबासका लागि परेका निबेदनहरुमा निकै कम संख्यामा मात्र इन्भिटेशन दिइरहेको सन्दर्भमा अन्तररास्ट्रीय बिद्दार्थीहरुले धेरै भन्दा धेरै प्वाइन्ट जोड्नु पर्दा सामुदायिक भाषा परिक्षा (सिसिएल) प्रति चासो पनि बढिरहेका छन्।
नेपाली बिद्दार्थीहरु पनि सिसिएल परिक्षा दिन उत्सुक रहेता पनि यो परिक्षाका बारेमा उचित जानकारी नहुदा उत्तीर्ण हुनेको संख्या भने अत्यन्त कम रहेको सिड्नी र क्यानबेरामा सिसियल कक्षा संचालन गर्दै आएका पूर्व पत्रकार तथा ब्यबसायिक द्वाभासे मदन मणि बताउछन।
२०१८ भित्रमा ६ वटा परिक्षा लिने भनिएकोमा मार्च र मे को सकिसकेको छ भने जुन महिनाको कोटा पनि पुरा भैसक्यो। आबेदन दिनेहरु को चाप धेरै भएकाले अब हुन बाकि अगस्ट, अक्टोबर र डिसेम्बर का परिक्षामा पर्याप्त तयारि गरेर मात्र जान मदन मणि सुझाउछन।
सिसियल परिक्षा शुद्ध शब्द शब्दको अनुबाद भन्दा पनि बिषयको पृष्ठभूमि र अर्थ बुझेर दिइएको खण्डमा उत्तीर्ण हुने सम्भाबना बढ्ने बताउछन।





