SKIP TO MAIN CONTENT

एक शताब्दी देखि चाकु बनाउने पारिवारिक व्यवसायमा जिलेन जोशी: "आउँदो पुस्ताले अगाडी बढाउँदैनन्"

Chaku is a Nepalese sweet that is consumed during Maghe Sankranti and is said to promote good health and warmth during the cold months (Getty)
प्रतीकात्मक तस्विर Source: Getty

माघे सङ्क्रान्तिको विशेष परिकार हो घ्यू, चाकु र तरुल। ललितपुर निवासी जिलेन जोशीको परिवारले चाकु बनाएर बेच्न थालेको करिब एक शताब्दी पुगेको छ। ५६ वर्षका जोशीलाई यो पुस्तैनी व्यवसाय गरेर मात्र परिवार पाल्न पुग्दैन । तर पनि पुर्खाले गरेको व्यवसाय छाड्न उनलाई मन छैन। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा उनको व्यस्तता बढेको छ। मंगलबजारभन्दा केही भित्र रहेको उनको पसलमा पुग्दा त्यहाँ आउने मानिसको भिड पनि बाक्लो थियो। हामीले जोशीसँग यो मौसमी व्यवसाय प्रतिको उनको लगाव बारे कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

माघे सङ्क्रान्तिको विशेष परिकार हो घ्यू, चाकु र तरुल। ललितपुर निवासी जिलेन जोशीको परिवारले चाकु बनाएर बेच्न थालेको करिब एक शताब्दी पुगेको छ। ५६ वर्षका जोशीलाई यो पुस्तैनी व्यवसाय गरेर मात्र परिवार पाल्न पुग्दैन । तर पनि पुर्खाले गरेको व्यवसाय छाड्न उनलाई मन छैन। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा उनको व्यस्तता बढेको छ। मंगलबजारभन्दा केही भित्र रहेको उनको पसलमा पुग्दा त्यहाँ आउने मानिसको भिड पनि बाक्लो थियो। हामीले जोशीसँग यो मौसमी व्यवसाय प्रतिको उनको लगाव बारे कुराकानी गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now