SKIP TO MAIN CONTENT

आमाको वेदना: ‘सम्झना मलाई सहयोग गर्थिन्’

Acid attack in nepal
Source: Supplied

वैदेशिक रोजगारका कारण मलेशियामा रहेकी धनमाया मोक्तान दास, आफ्नी छोरी सम्झनामाथि एसिड प्रहार भएपछि हाल नेपालमा रहेकी छिन्। केहि साता अघि रौतहटामा राती सुति रहेको समयमा दुईजना दिदिबहिनीलाई एसिड छ्यापिएको थियो। उपचारको क्रममा दिदि सम्झनाको मृत्यु भयो भने १५ वर्षिय बहिनी सुस्मिताको उपचार भइरहेको छ। उनीहरुकी आमा केहि वर्ष यता मलेसियामा काम गर्दै आएकी छिन्। छोरीहरुलाई एसिड खनाएको थाहा पाएपछि बिदामा घर आएकी आमा धनमाया मोक्तान दाससंगको कुराकानी।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

वैदेशिक रोजगारका कारण मलेशियामा रहेकी धनमाया मोक्तान दास, आफ्नी छोरी सम्झनामाथि एसिड प्रहार भएपछि हाल नेपालमा रहेकी छिन्। केहि साता अघि रौतहटामा राती सुति रहेको समयमा दुईजना दिदिबहिनीलाई एसिड छ्यापिएको थियो। उपचारको क्रममा दिदि सम्झनाको मृत्यु भयो भने १५ वर्षिय बहिनी सुस्मिताको उपचार भइरहेको छ। उनीहरुकी आमा केहि वर्ष यता मलेसियामा काम गर्दै आएकी छिन्। छोरीहरुलाई एसिड खनाएको थाहा पाएपछि बिदामा घर आएकी आमा धनमाया मोक्तान दाससंगको कुराकानी।

सम्झनालाई कसरी सम्झनु हुन्छ?

मलाई सहयोग गर्थ्यौ। माया गर्थ्यौं। पढाईमा चाहिँ राम्रो गर्न नसकेपछि उसले पढ्न छाडेको थियो। गाउँ समाजले पनि उसलाई राम्रै भन्थ्यो।

तपाईँ यहाँ हुनु भएको भए त्यो घटना हुँदैनथ्यो की भन्ने लाग्छ तपाईलाई?

त्यस्तो पनि लाग्छ। मैले उसलाई मेरो बहिनीहरुसंग काठमाण्डूमा बस्ने बन्दोबस्त मिलाइ दिएकी थिएँ। उ सानी आमा (सौतेनी आमाको बच्चा) हुने भएपछि सघाउन घर गएकी हो र त्यसपछी त्यतै बसीरही। मलाई लाग्छ एदि उ घर गएपछि फेरि काठमाण्डू फर्कि हालेको भए उ सुरक्षित हुन्थ्यो। यो घटना हुँदैनथ्यो।

आमा छोरीबीच अस्पतालमा के कुरा भयो?

मलाई विवाह गर भनेको थियो त्यो मान्छेले तर मैले मानिन त्यसैले उसले एसिड खनाइ दियो भनेको थियो छोरीले मलाई अस्पतालमा। उसलाई बोल्न पनि गाह्रो भइरहेको थियो। र निको भएपछि मसंगै बिदेशमा गएर काम गर्छु पनि भनेकी थिइ उसले।

तपाईको विचारमा एसिड प्रहरको घटना किन बढेको होला?

कडा सजायको व्यवस्था हुन नसकेकोले हो। अरुलाई जलाएर उनीहरुको रुपनै बिग्रने गरि हिंसा गर्नेहरु माथि कडा कारबाहि वा सजाय भए यस प्रकारको घटनामा कमी हुन्छ जस्तो लाग्छ मलाई।

तेसो भए कस्तो सजाय दिनपर्छ होला?

दोषिलाई कि फँसी दिन सक्नु पर्यो सरकारले नत्र भने उसलाई पनि एसिड प्रहार गरि दिनु पर्यौ ताकी पिडकले पनि महशुस गरोस एसिडको जलन। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now