अस्ट्रेलियाका नेपालीहरुका लागी महावीर पुनको संदेश
Mahabir Pun Source: Mahabir Pun
नेपालका दर्जनौ दुर्गम स्थानहरुमा इन्टरनेट प्रविधि पुराउन सफल भएका महावीर पुनको अस्ट्रेलियासँगको सम्बन्ध २० वर्ष अगाडी सुरु भएको थियो जब मेलबर्न स्थित एक स्कूलका विद्यार्थीहरुले चार ओटा कम्पुटर पठाएका थिए। उक्त सम्बन्ध सुरु भएको दुई दशक पछि पुन आफै अस्ट्रेलिया आइपुगेका छन्। उनको यो भ्रमण यहाँ रहेका नेपालीहरुसँग राष्ट्रिय आविष्कार केन्द्रबारे विभिन्न बिचारहरु संकलन गर्न केन्द्रित रहने उनि बताउछन्। महावीर पुनले एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share