न्यु साउथ वेल्स राज्यको दक्षिणी तटिय बस्तिहरुका कतिपय घरहरुमा अझै विधुत सुविधा नरहेको र मोबाईल टेलिफोनको सेवा पनि अबरुध्द भएको छ।
भयानक डढेलोले गर्दा त्यहाँका ग्रामीण क्षेत्र धुँवै –धुवाले भरिएको र दिउसो पनि अँध्यारोनै रहेको त्यहाँका स्थानियहरुले बताएका छन्। ससेक्स ईनलेट र त्यसभन्दा दक्षीणी भेगमा रहेको क्षेत्रमा भ्रमण नगर्न- रुरल फायर सर्भिसले सर्वसाधारण समक्ष आग्रह गरेको छ।
पर्सि शनिवार सिड्नी लगायतको क्षेत्रमा तापक्रम निकै बढ्ने भएकाले- डढेलो को खतरा झनै हुने भएकाले- त्यहाँ रहेकाहरुलाई सुरक्षित ठाउँमा जान र बाहिर रहेकाहरुले त्यसतर्फ नजान अधिकारीहरुले अपिल गरेका छन्।

पछिल्लो समाचार अनुसार, न्यु साउथ बेल्सको दक्षिण तटमा मात्रै झण्डै चार सय घरहरु नष्ट भएका छन्। नोभेम्बर देखि अस्ट्रेलियाको विभिन्न स्थानहरुमा सल्केको डढेलोको कारण क्वाला, क्यागारू लगायतका वन्य जन्तु पनि लाखौको संख्या मारिएको समाचारमा जनाईएको छ।
यसैगरी, विक्टोरिया राज्यको पूर्वी गिप्सल्याण्ड पनि यस ढडेलोका कारण प्रभावित भएको छ। बेर्न्सडेलमा रहेको एन्ड्रयु ब्राउनले आफुले ४० बर्ष अघि बनाएको घर यसपल्टको डढेलोले क्षति भएको थियोभनि बताएका छन्।
यता डढेलोको चपेटाले धेरै जनधन क्षति गरेपछि, - त्यसमा पुनर्स्थापना र सुधार गर्न निकै समय लाग्ने अधिकारीहरु बताउछन्।
यो डढेलो सजिलै बन्द नहुने अनुमान धेरैको रहेको छ। विक्टोरिया राज्यका प्रिमियरड्यानियल एन्ड्रुजले अहिलेको डढेलो अन्य समयको जस्तो आगलागी नभएको बताउछन्।
अहिलेको आगलागी निकैनै भयानक र चुनौतिपुर्ण रहेको बताउदै उनले हफ्तौसम्म यसले दु:ख दिन सक्ने उल्लेख गरेका छन्।

यता न्यु साउथ वेल्स राज्यमा पनि डढेलोको प्रकोप निकै भयानक देखिएको छ। रुरल फायर सर्भिसका प्रमुख शेन फेट्सिमन्सले कतिपय ठाउछहरुमा भत्केको घर गन्नुभन्दा सग्लो घर गन्नुनै सजिलो रहेको जनाउ दिदै- यसबाट- यहाँ भएको क्षति प्रष्ट हुन्छ बनि बताउछन्।
यता आपातकालिन स्थिति बढदै जादा, प्रधानमंत्री स्कट मरिशनको नेतृत्वको आलोचना पनि बढ्दै गएको छ। डढेलो प्रबावित क्षेत्रमा उनी नगएको र यति भयानक स्थितिलाई उनले वेबास्ता गरेको उनका विपक्षीहरुले उनलाई आरोप लगाएका छन्।
ग्रिन्स पार्टिका नेता रिचर्ड डि नटालियले- केन्द्र सरकारले- यस डढेलोको मुल कारण पत्ता लगाउन शाही आयोग मार्फह छानविन गर्न माग गरेका छन्। प्रधानमंत्री मरिसले यो डरलाग्दो आगलागीबाट आम जनतालाई बचाउन असक्षम भएको बताउदै, सरकारले यस कार्यमा देखाएको उदासिनताको कटु आलोचना गरेका छन्।
यसैबिच, विपक्ष नेता एन्थोनि ऐल्बनिजिले भने अहिलेको तत्कालैको आवश्यक्ता भनेको सबै राज्य र केन्द्र सरकार मिलेर यो ठूलो आपातको समाधान निकाल्नु हो भनि बताएका छन्।
यसका लागि आफूले गत नोभेम्बर महिना देखि माग गर्दै आएको तर प्रधानमंत्रीले आफ्नो माग बेवास्ता गरेको उनले बताए।
उता प्रधानमंत्री स्कट मरिशनले भने, डढेलो सम्बन्धी व्यावस्थापन दैनिक रुपले हुने गरेको र यसका लागि छुट्टै राज्य र केन्द्र सरकार बिचको बैठक आवश्यक नभएको बताएका छन्।




