अस्ट्रेलियाली खेलाडीहरुले क्रिकेट जित्न "झेल्ली गर्नै पर्दैन"
Steven Smith (capt) and Cameron Bancroft (L) of Australia. Source: Getty
अस्ट्रेलियाका क्रिकेट कप्तान स्टिभेन स्मिथ र ब्याट्सम्यान क्याम्रन ब्यानक्रफ़्टले दक्षिण अफ्रीकामा हाल जारी तेस्रो टेस्टमा बललाई बिगार्ने प्रयास गरेको स्वीकार गरेका छन्। केप टाउनमा आफु र आफ्नो नेतृत्व पंक्ति द्वारा उक्त योजना बनाइएको स्मिथले बताए। तर उक्त विवाद पछि पनि आफुले राष्ट्रिय टोलीको कप्तानको पद नत्याग्ने बताएका छन्। यसैक्रममा अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले भने आफु स्मिथको "बल ट्याम्पर" गर्ने निर्णय प्रति आफु आश्चर्य भएको बताएका छन्। कसरी सुरु भयो त उक्त घटना? जीवन थापा बाट थप जानकारी।