Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

इस्टरको समयमा ग्राहकले धेरै खर्च गर्दा खुद्रा व्यवसायीहरूमा छाएको खुसी

Anu Haran with some of her hot cross buns.

Anu Haran with some of her hot cross buns. Source: SBS-Sandra Fulloon

अस्ट्रेलियाका खुद्रा विक्रेताहरू इस्टरको समयमा परिवारहरूले निकै खर्च गर्ने कुराले खुसी भएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाका खुद्रा विक्रेताहरू इस्टरको समयमा परिवारहरूले निकै खर्च गर्ने कुराले खुसी भएका छन्।


"इस्टर शुक्रवार, गुड फ्राइडे सायद हाम्रो लागी सबैभन्दा व्यस्त हुने दिनहरू मध्ये पर्दछ।" 

एक बेकरी पसलकी मालिक अनु हरानले यो हप्ता एक दिनमा १६ घण्टा सम्म उभिएर काम गर्नु पर्‍यो।

र यसको  कारण थियो ग्राहकबाट ठुलो सङ्ख्यामा आएको एक विशेष प्रकारको पाउरोटी हट क्रस बन्सको माग। उनले त्यो माग पुरा गर्न घन्टौँ काम गर्नु परेको हो। 

३६ वर्षीय अनु हरानका लागी आफ्नो व्यवसायको यो पहिलो महामारी प्रतिबन्ध रहित इस्टर हो।

पुरा रिपोर्ट सुन्नुहोस्:इस्टरको समयमा ग्राहकले धेरै खर्च गर्दा खुद्रा व्यवसायीहरूमा छाएको खुसी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उनले आफ्नो मार्केटिङको काम छोडेर दुई वर्ष अगाडी मात्र 'फ्लाअर शप' नामको बेकरी व्यवसाय टर्रामर्रामा खोलेकी हुन्।

"हामीलाई हिजो मात्र सय जति पूर्व अर्डर आएको थियो, १५००, अर्को १२००, १५०० भोलिको लागी।"

हरान भारतबाट सन् २०१७ मा अस्ट्रेलिया आएकी हुन्। र उनी भन्छिन् भारतीय मसला उनको सफलताको पछाडिको गोप्य मन्त्र हो। 

अनु हरान यो इस्टर पर्वमा आनन्दको सास फेर्ने १ लाख ३५ हजार अस्ट्रेलियाली खुद्रा व्यवसायीहरू मध्येकी एक हुन्। 

अस्ट्रेलियाका परिवारहरूले एक ठाउँमा भेला भई उपहार साटासाट गर्ने र खाना खाने गर्नाले व्यापारमा उच्च वृद्धि हुने अस्ट्रेलियाली खुद्रा व्यवसायीहरूको सङ्घको अपेक्षा छ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत पल जारा भन्छन्, "यो इस्टरमा हामीले अस्ट्रेलियालीहरूले लगभग डेढ अर्ब डलर खानामा खर्च गर्ने अनुमान गरेका छौँ।"

खुद्रा व्यवसायीहरूको सङ्घले प्रत्येक अस्ट्रेलियालीले यो इस्टरमा ५ किलोग्राम चकलेट उपभोग गर्ने अनुमान गरेको छ।  यसमा न्यु साउथ वेल्सका बासिन्दाहरू अग्र पंतिमा छन् जसले प्रतिव्यक्ति १०४ डलर र समग्रमा ५० करोड डलर खर्च गर्न सक्ने छन्।  

दोस्रो पुस्ताका चकलेट व्यवसायी पल एडमको लागी यो खुसीको समाचार हो। डु प्लेसी प्रलिन का सह-सञ्चालक एडमले अस्ट्रेलियालीहरूले यात्रा गर्न थालेको र कोसेली स्वरूप मिठाइ लाने गरेको बताएका छन्। 

एडमका फ्रान्सेली पिताले स्विजरल्याण्डमा चकलेट बनाउन सिकेका हुन् र परिवारकै पहिलो पसल सन् १९६१ मा  सिड्नीमा खोलेका थिए। 

उनका अनुसार उनीहरूको सफलताको पछाडि आफूहरूले बनाउने चकलेटको गुणस्तर प्रमुख रहेको छ। 

उनको चकलेटहरूमा परम्परा मात्र होइन यसको फराकिलो दायरा पनि पाइन्छ।

Some of Paul Adams' chocolate COVID Easter bunnies.
Some of Paul Adams' chocolate COVID Easter bunnies. Source: SBS-Sandra Fulloon

जसमा मिल्क चकलेटको खरायो देखि ह्वाइट चकलेटको अनुहारमा लगाउने मास्क समेत रहेको छ। 

आगामी हप्ता पनि ग्राहकहरूले थप खर्च गर्ने अनुमान गरिदा बेकर अनु हरान भन्छिन् परिवारहरूले मात्र यो पर्व मनाइ रहेका छैनन्। 

यो देशभरका खुद्रा व्यवसायीहरूको पनि ह्याप्पी इस्टर हो र उनले कोभिड-१९ को समयमा आफ्नो व्यवसाय खोलेर लिएको जोखिमले पनि उचित परिणाम दिएको बताएकी छिन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now