Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

८५ वर्ष देखि सञ्चालनमा रहेको अस्ट्रेलियाको राष्ट्रिय समाचार संस्था बन्द हुनुको असर कस्तो पर्ला?

Journalists, photographers and staff hold signs in support of AAP staff

Journalists, photographers and staff hold signs in support of AAP staff Source: AAP

गत ८५ वर्षदेखि समाचार सङ्कलन, प्रकाशन र प्रसारण गर्दै आएको अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) आउँदो जुन महिनादेखि बन्द हुने भएको छ र यो बन्द हुँदा आम अस्ट्रेलियालीलाई कस्तो प्रभाव पार्नेछ त?


क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई समाचार सङ्कलन गरी प्रदान गर्दै आएको यस संस्था बन्द हुने भएपछि, अस्ट्रेलियामा रहेको सञ्चार जगतलाई प्रभाव पर्ने बताइएको छ।

यो हप्ता प्रकाशित भएको एक विज्ञप्तिका अनुसार, जुन २६ पछि यस संस्थाका सबै कार्यलयहरुले सेवा प्रदान गर्न बन्द गर्ने छन्।

एएपीको लन्डनमा पनि एक कार्यालय रहेको छ।

एबीसीमा कार्यरत एक पत्रकार पल ब्यारीले एएपी अस्ट्रेलियाको सञ्चार जगतको लागि एक भरपर्दो आधार हो भनी बताउँछन्।

उनले यो संस्था बन्द हुन लागेको समाचारले धेरैलाई दुखित बनाएको उल्लेख गरेका छन्।

ब्यारीले एएपीको प्रशंसा गर्दै, उक्त संस्थाले अन्य ठुला सञ्चार समूहहरूले वास्ता नगरेका समाचारहरूलाई पनि उत्तिकै महत्त्व दिएर समुदायलाई गुण लगाएको बताउँछन्।

Paul Barry
So you host Mediawatch? COME AT US, BRO. Source: ABC Australia

एसबीएस, एबीसी एवं न्युज कर्प लगायतका सयौँ सञ्चार संस्थाहरूले एएपीको समाचार सेवाको उपयोग गर्ने गरेका छन् र यो सेवा बन्द भएपछि यस किसिमको सुविधा लिन ठुला संस्थाहरू पनि वञ्चित हुने छन्।

पत्रकारका साथै मोनाश विश्वविद्यालयकी सहायक प्राध्यापक रहेकी मार्गरेट सिमन्सले धेरै अस्ट्रेलियालीहरूलाई एएपीको बारेमा जानकारी नभएको बताउँछिन्।

ठुला समाचार संस्थाहरू आफ्नै संवाददाताहरूलाई प्राथमिकता दिने गर्छन्, जसले गर्दा एएपी जस्ता संस्थाहरुको चिनारी हराउन सक्छ। तर धेरै मुख्य र महत्त्वपूर्ण समाचारहरूमा यस संस्थाको भूमिकालाई न्यून गर्न नमिल्ने उनको भनाई छ।

एएपीले आफूले सत्य तथा तथ्य समाचार सङ्कलन गरेकोमा आफूलाई गर्व लागेको बताउँदै आएको छ।

तर विभिन्न वेबसाइटको माध्यमहरूबाट नि:शुल्क समाचारहरू प्रकाशन र प्रसारण भइरहेको अहिलेको समयमा एएपीको सञ्चालन स्वरूप नाफामूलक हुन छोडेको छ।

MEAA Federal President Marcus Strom has slammed the AFP's actions.
MEAA Federal President Marcus Strom has slammed the AFP's actions. Source: AAP

मिडिया ईन्टरटेन्मेन्ट र आर्ट एलायन्सका प्रमुख मार्कास स्टोर्मले अस्ट्रेलियाको सञ्चार क्षेत्र यस संस्थाको सेवामा निकै निर्भर रहेको बताउँछन्।

अहिले पनि हप्तै पिच्छे अस्ट्रेलियाका सञ्चार समूहहरूलाई हजारौँ समाचार, अनि हजारौँ तस्बिरहरू यस संस्थाले प्रदान गर्दै आएको उनको भनाई छ।

उता पत्रकार ब्यारीका अनुसार, समाचार उपयोग गर्ने वर्ग सही र सत्यमूलक समाचारभन्दा पनि सामाजिक सञ्जालमा राखिएका विभिन्न व्यक्तिहरुको निजी जीवनका खबरहरूमा बढी आकर्षित देखिन्छन् र यसको प्रभाव सञ्चार जगतका प्रकाशकहरूलाई परेको उनको भनाई छ।

साथै, उनले केही व्यक्तिहरू विचार र मत प्रकाशन गरेमा त्यस पत्रिका वा वेबसाइटले बढी बिक्री गर्न मद्दत पुर्‍याउने बताए र त्यसो गर्न कम खर्च लाग्ने उनको भनाई छ।

उता समाचार तथ्यगत रूपमा प्रकाशित हुँदा त्यसलाई ठुलो पाठक वर्गमाझ लैजान अलिक अफ्ठेरो नै हुन्छ।

Nick Kyrgios, D'Arcy Short, Sam Stosur and LaMelo Ball have all pledged support for a fundraising initiative for bushfire victims.
Nick Kyrgios, D'Arcy Short, Sam Stosur and LaMelo Ball have all pledged support for a fundraising initiative for bushfire victims. Source: AAP

यस संस्थाको बन्दसँगै करिब ५०० जनाहरूले आफ्नो रोजगार गुमाउने छन्। यसरी जागिर गुमाउनेमा खेलकुद पत्रकार प्याम व्हेली पनि पर्छिन्।

कतिपय खेलकुद सम्बन्धी समाचार सङ्कलन गर्न जाँदा आफू एक्लो पत्रकार रहेको बताउँदै, व्हेलीले एएपीको सेवा बन्द भएपछि त्यसले ल्याउने रिक्तता प्रति चिन्ता ब्यक्त गर्छिन्।

जुन महिना पछि अस्ट्रेलियाको क्षेत्रीय सहरहरूमा रेडियो संचालन र पत्रिका प्रकाशन झनै कठिन हुने बताइएको छ।

एएपीले सङ्कलन गरेका समाचारमा यी क्षेत्रिय सेवाहरु निकै निर्भर रहेका थिए।

अस्ट्रेलियाको सामुदायिक रेडियो प्रसारणसँग सम्बन्धित संस्थाका प्रमुख जन बिसेटले क्षेत्रीय सहरहरूमा रहेका सञ्चार सेवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सङ्कलन गर्न अब निकै कठिन हुने बताउँछन्।

एएपीको पलायनसँगै, यस क्षेत्रमा रहेको रिक्तता कसले पूर्ति गर्छ भनी बिसेट प्रश्न गर्छन्।

सामुदायिक पत्रकारिताका लागि यो ठुलै सङ्कट हो भन्दै, स्थानीय समाचारको सम्भावित विस्थापनप्रति उनले चिन्ता व्यक्त गरे।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now