SKIP TO MAIN CONTENT

बजेट २०१९: दैनिक श्रम गर्ने मतदाताहरू के चाहन्छन्?

tax deductions
What deductions can I claim on my tax return? Source: Getty Images

आगामी आर्थिक वर्ष (२०१९/२०)को सङ्घीय बजेट आज राती सार्वजनिक हुँदैछ।


Published

Updated

By SBS Nepali, Michelle Rimmer

Source: SBS



Skip to podcast episode content

आगामी आर्थिक वर्ष (२०१९/२०)को सङ्घीय बजेट आज राती सार्वजनिक हुँदैछ।


आसन्न सङ्घीय निर्वाचनलाई ध्यानमा राखी साबिक भन्दा एक महिना अघि नै सङ्घीय बजेटको घोषणा हुन लागेको हो।

मे महिनामा हुने सङ्घीय निर्वाचनमा सरकारलाई भोट तान्न सजिलो हुने किसिमको “चुनावी बजेट”मा मतदाताहरूलाई खुसी पार्न चुनावी नीतिहरू सार्वजनिक हुने अनुमान छ।

यो बजेटबाट दैनिक श्रम गर्ने मतदाताहरूले चाहिँ कस्तो अपेक्षा राखेका छन् त भन्ने बुझ्न एसबीएस सिड्नीको सीमान्तकृत लिंजी निर्वाचन क्षेत्र पुगेको थियो।

लेबर सांसद एम्मा हुसारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब उक्त सङ्घीय निर्वाचन क्षेत्रमा नयाँ दुई उम्मेदवारहरू बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

लिंजी निर्वाचन क्षेत्रमा रहेका नयाँ परिवारहरूका अनुसार आयकर सम्बन्धी नीति, दैनिक आय-व्यय जस्ता विषयहरूले यसपालिको चुनावमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Utility and rates bills in Melbourne
Utility and rates bills Source: AAP

यहाँका अधिकांश मतदाताहरू चाईल्ड केयर, स्वास्थ्य, बिजुली बिजुली जस्ता दैनिक खर्च कम होस् भन्ने चाहन्छन्।

आगामी चुनावलाई ध्यानमा राखेर सरकार भने मतदाताहरूका यस्ता प्रतक्ष्य सरोकारका विषयहरू प्रति अलिक सजग रहेको देखिन्छ।

आज घोषणा हुने बजेटमा सरकारले यसलाई सम्बोधन गर्ने सङ्केत गरिसकेको छ। उसले कम तथा मध्य आय हुने अस्ट्रेलियन करदाताहरूको कर कटौती गर्ने आफ्नो नीति अघि सारेको छ भने विपक्षी लेबरले यस्तै प्रकारको घोषणा गरिसकेको छ।

साथै, अल्ट्रासाउण्ड र अन्य स्क्यान गर्नुपर्दा लाग्ने अतिरिक्त शुल्क घटाउन सरकारद्वारा करिब २० करोड डलर खर्च गर्ने बताइसकेको छ।

¤ थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now