SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: १२ वर्षीय बालिका समेतलाई सबै लुगा खोल्न लगाउँदै प्रहरीद्वारा तलासी

120 people have been strip-searched in NSW since the start of the year.
File photo Source: AAP

अदालतको आदेश बिनै नाबालिगहरूलाई अन्डरवेयरसम्म खोल्न लगाएर न्यु साउथ वेल्स राज्य प्रहरीद्वारा खानतलासी लिनबाट रोक लगाउन, कानुन हेरफेर हुनुपर्ने युवा अभियन्ताहरूले माग गरेका छन्।


Published

Updated

By Cassandra Bain

Source: SBS



Skip to podcast episode content

अदालतको आदेश बिनै नाबालिगहरूलाई अन्डरवेयरसम्म खोल्न लगाएर न्यु साउथ वेल्स राज्य प्रहरीद्वारा खानतलासी लिनबाट रोक लगाउन, कानुन हेरफेर हुनुपर्ने युवा अभियन्ताहरूले माग गरेका छन्।


गएका तीन वर्षमा न्यु साउथ वेल्स प्रहरीद्वारा १२० भन्दा बढी बालिका र किशोरीहरूको नग्न अवस्थामा खानतलासी गरिएको र ती मध्ये केहीका उमेर १२ वर्ष मात्रै रहेको भन्ने रिपोर्ट सार्वजनिक हुँदा प्रहरी अधिकारमा परिवर्तन गरिनुपर्ने माग बढेका हुन्।

रेड्फर्न लिगल सेन्टर नामक एक कानूनी सहायता केन्द्रद्वारा सूचनाको हक सम्बन्धी अधिकारलाई प्रयोग गर्दै हात पारिएको रिपोर्टका अनुसार, विगत तीन वर्षमा त्यसरी खानतलासी गरिएकाहरू मध्य दुई जना १२ वर्षीय र आठ जना १३ वर्षीय नाबालिगहरू पनि रहेका थिए।

त्यस्ता खानतलासीहरू, राज्यका सडकका साथै ठुलो सङ्ख्यामा साङ्गीतिक महोत्सवहरूमा पनि भएको बताइएको छ।

सिड्नी स्थित रेडफर्न लिगल सेन्टरमा, प्रहरी जबाफदेही बारे काम गर्ने शाखाकी प्रमुख समान्था ली भन्छिन् कि, त्यस्ता खानतलासीहरूले महिला माथि धेरै नै प्रभाव पार्छ।

आफूले प्राप्त गरेको सूचनालाई आधार बनाउँदै उनले भनिन्, प्रहरीद्वारा लुगा खोल्न बाध्य बनाउने गरी हुने त्यस्ता खानतलासीमा गोरो जातिका महिला पछि, आदिवासी र पूर्वी एसियाली महिलाहरूको सङ्ख्या धेरै रहेको छ।

ती मध्ये १२० जना १८ वर्ष भन्दा कम उमेरका र एक ७२ वर्षीय महिला रहेका छन् र तलासी लिइएका दुई तिहाइ उदाहरणहरूमा कुनै अवैध लागूपदार्थ वा हतियार नभेटिएको पनि बताइएको छ।

यसै क्रममा, न्यु साउथ वेल्स राज्यका प्रहरी मन्त्री डेभिड एलियटले चाहिँ प्रहरी कारबाहीको बचाउ गर्दै, बाल बालिकाहरूले कानुन तोडेको आशङ्का हुँदा, उनीहरूको खानतलासी लिनु गलत नहुने बताएका छन्।

आफ्नै छोरा-छोरी माथि पनि उक्त कानुन लागु हुनेमा उनले जोड दिए।

सन् २०१८ को एक साङ्गीतिक महोत्सवमा प्रहरीद्वारा एउटी १६ बर्सिया किशोरीलाई लुगा खोल्न लगाएर तलासी लिएको घटना गैरकानूनी रहेको हुन सक्ने आरोपहरूका माझ, प्रहरी दुर्व्यवहार माथि निगरानी राख्ने जिम्मा पाएको निकायले पनि हाल यस सम्बन्धमा छानबिन सुरु गरिसकेको छ।

साथै, प्रहरी व्यवहार माथि अनुगमन गर्ने जिम्मा पाएको निकायले गर्ने छानबिन पछि तलासी सम्बन्धी मामिलामा सुधार हुने आशा रेडफर्न लिगल सेन्टरकी समान्था लीले लिएकी छिन्।

राज्यका साङ्गीतिक महोत्सवहरूमा भएका छ युवायुवतीको मृत्युलाई लिएर छानबिन सुरु गरेको प्रतिवेदन न्यु साउथ वेल्स कोरोनरले शुक्रवार सार्वजनिक गर्दैछ।

उक्त प्रतिवेदनले प्रहरीद्वारा मानिसहरूलाई लुगा खोल्न लगाउँदै तलासी लिने गतिविधिलाई सीमित राखिनुपर्ने निर्देशन दिने अनुमान पनि गरिएको छ।

साथै त्यस्ता तलासीहरू १८ वर्ष भन्दा कम उमेरका बालकहरू माथि कति पटक भएका छन् भन्ने बारे पनि जानकारी प्राप्त गर्न पहल गर्ने वकिलहरूले बताएका छन्।

The annual surf and music festival in Gerringong.
The annual surf and music festival in Gerringong in NSW Source: SBS News

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now