SKIP TO MAIN CONTENT

नेपालमै पुरुषले नर्सिङ पढ्न पाउने, मन्त्रीले बाँडे ६० करोड : गत ७ दिन नेपालमा

govinda kc
Dr Govinda KC has started a hunger strike in Jumla. Source: RSS

प्रहरी कार्यालयमै डा. केसीको अनशन, नेपालमै पुरुषले नर्सिङ पढ्न पाउने र मन्त्रीले मनपरि ढङ्गले बााँडे ६० करोड : यी हुन् गत ७ दिनका नेपालका मुख्य समाचार|


Published

Updated

By Smriti Dhungana

Source: SBS



Skip to podcast episode content

प्रहरी कार्यालयमै डा. केसीको अनशन, नेपालमै पुरुषले नर्सिङ पढ्न पाउने र मन्त्रीले मनपरि ढङ्गले बााँडे ६० करोड : यी हुन् गत ७ दिनका नेपालका मुख्य समाचार|


नेपालमा रेल ल्याउन सजिलो छैन् ः प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएलगत्तै नेपालमा रेल ल्याउन सहज नभएको प्रष्ट्याएका छन् । सोमबार चीन भ्रमण सिध्याएर नेपाल फर्किएलगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै रेलमार्ग विस्तार गर्न गृहकार्य भइरहेको उल्लेख गरेका थिए ।

उनले विकासको रुपमा रेल आवश्यक भएपनि हत्तार गर्दा काम बिग्रिने हुँदा परिपक्क शैलीमा काम भइरहेको जानकारी गराएका थिए ।
Nepali Prime Minister KP Sharma Oli welcomed at Kathmandu airport after returning from his China visit june 2018.
Nepali Prime Minister KP Sharma Oli welcomed at Kathmandu airport after returning from his China visit june 2018. Source: RSS

प्रहरी कार्यालयमै डा. केसीको अनशन

डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामा अनशन सुरु गरेका छन् । निषेधित क्षेत्र ताडेको भन्दै प्रहरीले पक्राउ गरेका केसीले शनिबारदेखि अनशन सुरु गरेका थिए । 

उनले निम्न र विपन्न वर्गका जेहेन्दार विद्यार्थीले गुणस्तरीय र सुलभ शिक्षा प्राप्तिको लागि अनशन सुरु गरेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आठ वर्षअघिदेखि सुरु गरिएपनि हालसम्म एमबीबीएसका कोर्सहरुको अध्यापन सुरु हुन सकेको छैन् ।

६ सूत्रीय माग पूरा नभएसम्म आमरण अनशन जारी रहने उनले बताए।

..

मन्त्रीले बाँडे ६० करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मनपरी रुपमा विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । उनले ‘पुँजीगत अनुदान’ का नाममा नेता र कलाकारको संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टीका निकट र मन्त्री अधिकारीको गृहजिल्लाका संस्थालाई रकम दिएका थिए । रकम पाएका अधिकांश संस्थाको गतिविधि शून्य रहेको छ ।

लोकदोहरी प्रतिष्ठान, संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाज, संगीत उत्पादक समाज, नई प्रकाशनलगायतले रकम पाएका छन् । 

...

नेपालमै पुरुषले नर्सिङ पढ्न पाउने

नेपाल सरकारले नर्सिङ अध्ययन हुने कलेजमा पुरुषहरुलाई पढाउने भएको छ । आर्थिक वर्ष २०७५र७६ देखि नेपाल नर्सिङ परिषद्ले १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययन हुने एक सयभन्दा बढी कलेजहरुमा अनिवार्य रुपमा पढाउने घोषणा गरेको छ । 

नर्सिङ परिषदकी अध्यक्ष प्रा.गोमादेवी निरौला श्रेष्ठका अनुसार नर्सिङ कलेजमा १५ प्रतिशत पुरुषलाई अनिवार्य रुपमा अध्यापन गराउनुपर्ने व्यवस्था लागू गर्न पत्राचार गरिसकिएको छ ।

यसले विगत २५ वर्षदेखि नर्सिङ शिक्षामा भन्ने गरिएको लैंगिक विभेद हटेको उनले उल्लेख गरिन् ।

भारतलगायत देशबाट नर्सिङ पढेर फर्किएका नेपाली पुरुषले परिषद्बाट लाइसेन्स लिने गरेका थिए । हाल परिषद्मा ८१ हजारभन्दा बढी नर्सको संख्या दर्ता भइसकेको छ । 

..

Helicopter crash at Grande Hospital in Nepal.
Helicopter crash at Grande Hospital in Nepal. Source: Supplied

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । शनिबार विरामी लिन भरतपुर जाने क्रममा हेलिकोप्टर अस्पताल भवनको हेलिप्याडबाट खसेको थियो । 

अस्पतालका प्रवक्ता विनोद अधिकारीका अनुसार भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको थियो ।

दुघर्टनामा मानवीय क्षति भने नभएको उनले जानकारी गराएका थिए । हेलिकप्टर ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको थियो।

...

२४ अर्बको चामल आयात

सरकारले हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भइसक्दापनि धान उत्पादनमा वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात गर्नुपर्ने अवस्था छ । 

यसै चालू आर्थिक वर्षमा मात्र सरकारले साढे २४ अर्ब रुपैयाँको चामल आयात गरेको छ । गत वैशाखसम्म चीन, भारत र थाइल्यान्ड लगायत देशबाट २४ अर्ब भन्दा बढीको चामल आयात भएको भन्सार विभागले जनाएको थियो।

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरेपनि चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आवमा उत्पादन भएको धानबाट करिब ३० लाख ९० हजार ६ सय मेट्रिक टनमात्र चामल तयार हुन्छ। यो तत्थांकलाई आधार मान्ने हो भने, नेपालको जनसंख्यालाई नौ लाख मेट्रिक टन चामल अपुग छ।

नेपालमा १५ लाख ६२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको थियो।

समयमा मौसम सुरु नभएकाले यस वर्ष अहिलेसम्म १० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि विभागले जनाएको छ।
Rice planting festival held in Nepal on June 29, 2018.
Rice planting festival held in Nepal on June 29, 2018. Source: RSS

...

गंगामायाको स्वास्थ्य अवस्था नाजुक 

छोराको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको भन्दै नेपालस्थित संयुक्त राष्ट्रले उनको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

विगत १४ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६२ वर्षे गंगामाया अधिकारीले पछिल्लो पटक गत जेठ १६ फेरि आमरण अनशन सुरु गरेकी थिइन् ।

नेपालस्थित संयुक्त राष्ट्रको रेसिडेन्ट संयोजक भेलरी जुलियान्डले गंगामाया अधिकारीको स्वास्थ्यको लागि चिन्ता व्यक्त गर्दै बिहीबार प्रेस विज्ञप्तिमार्फत अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको उल्लेख गरेकी थिएन् ।

वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई आजिवन जेल सजायँको माग राख्दै उनले अनसन सुरु गरेकी थिइन् ।

कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो । 

न्यायको लागि अनशनरत उनका श्रीमान नन्दप्रसाद अधिकारीको तीन सय ३४ दिनमा २०७१ साल असोजमा निधन भएको थियो ।

उनको शव अहिलेसम्म शिक्षण अस्पतालको शवगृहमा रहेको छ । 

...

नेपाल र नेदरल्यान्ड्सको खेललाई अन्तर्राष्ट्रिय मान्यता

नेपाल र नेदरल्यान्ड्सबीच आगामी जुलाईमा लर्ड्समा हुन लागेको ट्वान्टी–२० क्रिकेटले बल्ल अन्तर्राष्ट्रियको मान्यता पाएको छ । आगामी जुलाई २९ मा हुने खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको जानकारी मंगलबार आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जानकारी दिएको थियो ।

एकदिने त्रिकोणात्मक शृंखलामा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पनि प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चार वर्षपछि ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । गत फेब्रेवरीमा विश्वकप छनोट अन्तर्गत वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले यसअघि सन् २०१५ मा लर्ड्समा खेल्ने अवसर पाएको थियो । 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now