Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अडानी कोइला खानीले तताएको अस्ट्रेलियाली राजनीति

Protestors are seen during a Stop Adani rally in Brisbane, Monday, April 22, 2019. Conservationist and former Greens leader Bob Brown has led a march on the Adani HQ to protest their proposed mine in the Galilee Basin. (AAP Image/Dave Hunt) NO ARCHIVING
Protestors are seen during a Stop Adani rally in Brisbane, Monday, April 22, 2019. Source: AAP

आगामी महिनाको सङ्घीय निर्वाचनमा क्वीन्सल्याण्डमा कोइला खानी बनाउने कि बनाउने सम्बन्धी विषयले प्रमुख राजनीतिक दलहरू माथि सङ्कट सिर्जना गरेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


आगामी महिनाको सङ्घीय निर्वाचनमा क्वीन्सल्याण्डमा कोइला खानी बनाउने कि बनाउने सम्बन्धी विषयले प्रमुख राजनीतिक दलहरू माथि सङ्कट सिर्जना गरेको छ।


विशेष गरी उक्त कोइला खानीको समर्थन र विरोधको आधारमा मध्य र उत्तर्री क्वीन्सल्याण्डमा चुनाव जित्ने वा हार्ने निर्णय गर्न सक्ने बताइदा प्रमुख राजनीतिक दलहरू जलवायु परिवर्तन र रोजगार सम्बन्धी चिन्तालाई सन्तुलित रूपमा प्रस्तुत गर्न प्रयत्नरत रहेका छन्।

भारतीय अर्बपती व्यापारी गौतम अडानीको अडानी समूह द्वारा मध्य क्वीन्सल्याण्डमा कारमाइकल कोइला खानी बनाउने सम्बन्धी मामिलाले अहिले सरकार र विपक्षी लेबर पार्टी दुवै माथि चुनौती स्थापना गरेका छ।

साथै अहिले ग्रीन्स पार्टीका पूर्व नेता बब ब्राउनले आफ्ना सहयोगी हरू सहित अडानी खानी विरोधी सडक यात्रा जुन सुरु गरेका छन् जसले गर्दा सो मामिलालाई थप राजनीतिकरण गरिएको छ।

उत्तरी क्वीन्सल्याण्डको टाउन्सभिल मा अडानी कोइलाखानि बनाउन नहुने भन्नेहरूमाथि केही स्थानीय बासिन्दाहरूले आलोचना गर्दै आएका छन्।

यस कारण पनि स्थानीय रोजगार भन्दा अगाडी जलवायु परिवर्तनलाई राख्नु - अहिले नेताहरूका लागि गाह्रो साबित भएका छ।

ANTI ADANI PROTEST BRISBANE
A band of "grey power" activists in Brisbane are protesting against Adani's proposed coal mine. (AAP) Source: AAP

तर खानीको विरोधमा संलग्न समूह "स्टप अडानी " नामक अभियानको टाउन्सभिल समूहकी वेन्डी टबम्यानलाई भने हतोत्साहित बनाएको छैन।

एक दिन उक्त कोइला खानीले टाउन्सभिललाई नजोगाउने बारे मानिसहरूले बुझ्ने पनि उनी बताउँछिन्।

तर हाल लेबर पार्टीको नियन्त्रणमा रहेको टाउन्सभिलको हर्बर्ट नामक निर्वाचन स्थलमा रोजगारी चिन्ताका कारण लेबरले उक्त सिट गुमाउन सक्ने चिन्ता पनि पार्टी भित्र रहेको छ।

एकदमै कम भोटको अन्तरका साथ सिट जितेको लेबर पार्टीलाई यस कारण पनि खानीको समर्थन गर्ने वा विरोध गर्ने बारे प्रस्ट पार्न गारो भएको देखिएको छ।

अडानी समूहले झन्डै दुई वर्ष अगाडी हजारौँ मानिसहरूलाई रोजगार प्रदान गर्ने बाचाका साथ टाउन्सभिलमा आफ्नो मुख्यालय खोलेको थियो।

उक्त क्षेत्रमा युवा बेरोजगारी दर झन्डै आठ प्रतिशतमा रहँदा, जागिरको सम्भावना माथि स्थानीयहरूको समर्थन बढेको हो।

तर अहिले चाहिँ उक्त संस्थाले हजारौँ मानिसहरूलाई कसरी जागिर दिन सक्छ भन्ने बारे पनि प्रश्न उठ्न थालेका छन्।

टाउन्सभिल देखि मकाए र रकह्याम्प्टन सम्म पनि उक्त विषयले चुनावमा ठुलो भूमिका निभाउने देखिदा मकाए काउन्सिल का मेयर ग्रेग विलियम्सनले पनि कोइलाको महत्त्वलाई दोहराएका छन्।

लिबरल गठबन्धनले अडानी खानीको समर्थन गर्दै आएको छ।

लेबर पार्टीले चाहिँ अडानीलाई पूर्ण रूपमा अस्वीकार भने गरेको छैन तर उक्त समर्थनको लागि केही विशेष मापदण्डहरू भने पूरा हुनु पर्ने लेबर नेताले बताएका छन्।

Adani coal mine
Source: SBS

तर खानीमा काम गर्ने हरूको युनियन सी-एफ-एम-इ-यु ले चाहिँ लेबर पार्टीलाई पनि उक्त खानीलाई समर्थन गर्न आग्रह गरेका छन्।

सी-एफ-एम-इ-यु का जिल्ला अध्यक्ष स्टिभ स्मिथको भनाइ पनि त्यस्तै रहेको छ।

तर टाउन्सभिल सी-बि-डी मा एक लुगा पसल सञ्चालन गरी रहेकी लुसी डाउन्सको भनाइ भने अलि फरक रहेको छ।

उनको अनुसार रोजगार सिर्जनाको लागि कोइला माथि मात्र निर्भर रहनु उपयुक्त हुँदैन।

विशेष गरी ग्रेट ब्यारिएर रिफ पनि नजिकै रहेको अवस्थामा जलवायु परिवर्तनले विश्व सम्पदामा रहेको उक्त समुन्द्री क्षेत्रमाथि पनि असर पार्ने बारे पनि ध्यान जानु जरुरी रहेको उनी बताउछिन।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now