SKIP TO MAIN CONTENT

प्रहरी बीच झडप र बिराटनगर वारियर्स अगाडी: गत ७ दिन नेपालमा

Nepal Communist Party UML's KP Sharma Oli visiting Rasua with fellow politicians.
Nepal Communist Party UML's KP Sharma Oli visiting Rasua with fellow politicians. Source: S. Dhungana

गत ७ दिनका प्रमुख नेपाल समाचार


Published

By Smriti Dhungana

Source: SBS



Skip to podcast episode content

गत ७ दिनका प्रमुख नेपाल समाचार


सरकार गठन गर्न आतुर छौं :  एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार लचिलो हुन नसक्दा नयाँ सरकार गठनमा अन्यौलता रहेको बताएका छन् । गत आइतबार काठमाडौंमा वाम गठबन्धनले आयोजना गरेको संयुक्त प्रेस मिटमा उनले नयाँ सरकार गठनमा अन्यौलता भएको बताएका थिए ।

उनले वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गरेर काम गर्न आतुर भइरहँदा सबै नेपाली जनतालाई साथ दिन आग्रह समेत गरे । त्यस्तै उनले हालको काम चलाउ सरकारले दूरगामी महत्वका काम गर्न खोजेकोमा आपत्ति समेत जनाएका थिए ।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  र वाम गठबन्धनका शीर्ष नेताको उपस्थिति रहेको कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले वाम गठबन्धनले संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्य पढेर सुनाएका थिए। कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ।

..

म्यादी प्रहरी मारिएपछि अनिश्चितकालिन कफ्र्यु

कालिकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको ज्यान गएपछि सरकारले शनिबार अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको छ । स्थानीयहरुले घटनाको विरोध गर्दै दिनभर कालिकोट सदरमुकाम मान्मामा प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई साम्य पार्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि लागू हुने गरेर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।

यसअघि तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले शुक्रबार आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादीमाथि गोली चलाउँदा रासकोट नगरपालिकाका म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएको थियो ।

...

साहित्यकार प्रेमा शाहको निधन

साहित्यकार प्रेमा शाहको उपचारको क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन अस्पतालमा निधन भएको छ । लामो सयमदेखि अमेरिकामा बसेर उपचार गराइरहेकी साहित्यकार शाहको निधन बिहीबार भएका उनको पारिवरिक स्रोतले जनाएको थियो ।

७५ वर्षीय साहित्यकार शाह अभिनेत्री जल शाहकी आमा हुन् । बाल साहित्यमा सक्रिय उनका ‘पहेँलो गुलाब’, ‘विषयान्तर’, ‘मम्मी’ र ‘आकाश लगायत कृतिहरू प्रकाशित भइसकेका छन् ।

...

रसुवागढी नाका अवलोकन गर्न पुगे एमाले अध्यक्ष ओली

नयाँ सरकार गठनमा अन्यौलता देखिएको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्कासी रसुवागढी–केरुङ सीमा नाकाको भ्रमण गरेका छन् । गत मंगलबार रसुवाको नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रममा बोल्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण हुने बताए ।

हाल नेपाली सेनाले गल्छीदेखि रसुवागढीसम्म ट्रयाक खोल्ने काम गरिरहेको छ ।

उनीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले रसुवागढी नाका भ्रमण गरेका थिए ।

....

हिमालयले एकैपटक  १ सय ३० पाइलट माग्दै

नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना जानकारी गराएको छ । गत सोमबार निकट भविष्यमा ल्याउन लागेको पाँच जहाजको लागि ती पाईलटहरु भर्ना गर्न लागिएको जनाएको छ ।

हाल कम्पनीसँग भएको तीन वटा जहाजले युएई, कतार, साउदी अरब र मलेसियाको उडान गरिरहेको छ । कम्पनीको अनुसार अधिंकाश पाइलट विदेशी भएपनि आधाजति नेपाली पनि हुनेछन्।  नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा हिमालय एयरलाइन्स स्थापना भएको हो ।

हिमालयमा २ करोड ५० लाख अमेरिकी डलर लगानी भएको छ । आगामी पाँच वर्षभित्रमा भने कम्पनीको कुल लगानी १ अर्बदेखि १ अर्ब ५० करोड डलरसम्म पुर्याइने लक्ष्य राखेको छ । विभिन्न १४ वटा देशमा उडान गर्न अनुमति पाएको जहाजले निकट भविष्यमा कोरिया, जापान, युरोप, अमेरिका र अस्ट्रेलिया लगायत देशमा उडान संञ्चालन गर्दैछ ।

...

‘दी लास्ट हनी हन्टर’ लाई किम्फ अवार्ड

भीरमा मह काढ्ने परम्परामाथि बनेको डकुमेन्ट्री ‘दी लास्ट हनी हन्टर’ले यसवर्षको काठमाडौं अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलको अवार्ड जितेको छ । गत सोमबार किम्फको १५ औं संस्करणको समापनमा ‘दी लास्ट हनी हन्टर’ले ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको थियो ।

हिमाल एसोसिएसनको आयोजना गरेको फेस्टिभलमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा भने ‘धौलागिरी, एसेन्ट टु दी ह्वाइट माउन्टेन’ उत्कृष्ट हुँदै १५ सय अमेरिकी डलर प्राप्त गरेको थियो । त्यस्तै ‘शेर्पा स्टीऊ’ले १ हजार अमेरिकी डलर र ‘सिङ्गिङ विथ एङ्ग्री बर्ड’ले ५ सय अमेरिकी डलर प्राप्त गरेका थिए ।

प्रतियोगितामा ‘जालगेडी’ले ‘बेस्ट फिक्सन फिल्म’को अवार्डसहित ७५ हजार रुपैंयाँ जितेको थियो । त्यस्तै ‘ग्याल्मुज हाउस’ले ५० हजार रुपैंयाँसहित ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड प्राप्त गरेका थियो । ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ चाहिँ ‘कहाँ का रास्ता’ले जित्दै एक हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । त्यस्तै नेपाल समीक्षक समाजले प्रदान गरेको ‘क्रिटिक्स अवार्ड’ फिल्म ‘ब्लड रोड’ले प्राप्त गरेको थियो ।

..

इपिएलको शीर्ष स्थानमा विराटनगर वारियर्स

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको शनिबारसम्मको खेल तालिका अनुसार चार खेल खेलिसकेको विराटनगर वारियर्सले आठ अंक बनाउँदै शीर्ष स्थानमा रहन सफल भएको छ ।

तीन खेल खेलिसकेको पोखरा राइनोज ४ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा रहेको छ । त्यस्तै तीनै खेल खेलेको भैरहवा ग्लाडियटर्स अंक तालिकामा भन तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा चार वटा खेल खेलिसकेका ललितपुर पेट्रियट्स, काठमाडौं किंग्स् ईलेभेन र चितवन टाइगर्स चौथौं, पाँचौं र छैठौं स्थानमा छन् ।

गत सोमबारदेखि सुरु प्रतियोगितामा सहभागि ६ वटा टोलीमा अनिवार्य रुपमा ३ विदेशी खेलाडी हुनुपर्ने नियम रहेको छ । आगामी पुस १५ सम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now