Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

डेटलाइन अफगानिस्तान - "पत्रकारिता जोखिमपूर्ण तर स्थिति झनै बिग्रदै"

Journalist Subel Bhandari speaking to SBS Nepali.

Journalist Subel Bhandari speaking to SBS Nepali. Source: SBS Nepali

"जब पनि अफगानिस्तानमा आत्मघाती हमला हुँद थियो, हामी समाचार संकलन गर्न घटनास्थलमा पुग्ने गर्थ्यो। पछिल्लो हमला पछि चाहिं यसमा केहि बदलाव आउन सक्छ।” नेपाली पत्रकार सुबेल भण्डारी अफघानिस्तानमा काम गर्दाको आफ्नो अनुभव सुनाउदै।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


"जब पनि अफगानिस्तानमा आत्मघाती हमला हुँद थियो, हामी समाचार संकलन गर्न घटनास्थलमा पुग्ने गर्थ्यो। पछिल्लो हमला पछि चाहिं यसमा केहि बदलाव आउन सक्छ।” नेपाली पत्रकार सुबेल भण्डारी अफघानिस्तानमा काम गर्दाको आफ्नो अनुभव सुनाउदै।


जब पत्रकार सुबेल भण्डारीले अफघानिस्तानमा भएको पछिल्लो हमलामा आफ्ना एएफपी सहकर्मी शाह मराईको मृत्यु भएको समाचार सुने तब उनको मनमा आएको पहिलो कुरा थियो “किन”? “किन यस्तो दयालु मान्छे माथि यस्तो घटना घट्यो?” 

फ्रान्सेली समाचार संस्थाका लागि फोटो पत्रकारिता गर्दै आएका मराई, अप्रिल ३०, २०१८ को दिन अफघानिस्तानमा मारिएका दस जना पत्रकारहरु मध्येका एक थिए। 

पत्रकार हरुमाथिको उक्त हमला, सन् २००१ साल पछिकै सबै भन्दा घातक रहेको अभियन्ताहरु बताउँछन् । 

राजधानी काबुलमा भएको पहिलो हमला पछि त्यहाँ पुगेका पत्रकारहरुको भिडमा एक दोस्रो बिस्फोटन पनि गराइएको थियो। 

उक्त बिस्फोटनमा नौ जना पत्रकारहरुको ज्यान गएको थियो । 

अधिकारीहरुका अनुसार पहिलो बिस्फोटन भएको पन्ध्र मिनेट पछि दोस्रो हमलावरले आफुलाई एक क्यामराम्यानको रूपमा प्रस्तुत गर्दै, पत्रकारहरु माँझ दोस्रो बिस्फोटन गराएका थिए। 

सोहि दिननै एक छुट्टै स्थानमा भएको तेस्रो हमलामा एक बीबीसी पत्रकारको पनि मृत्यु भएको थियो। 

नेपाली पत्रकार सुबेल भण्डारी सन् २०१० साल देखि पांच वर्ष सम्म एक जर्मन समाचार संस्थाका लागि काम गरेका थिए। उनि भन्छन कि आफु त्यहाँ रहदा तालेबान द्वारा हमला गरिंदा आफु माथि रहेको जोखिम बारे बुझेता पनि आफुहरु घटनास्थल पुग्ने गरेका थिए। 

तर अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको केहि दिन अगाडी मात्र भएको उक्त पछिल्लो हमला पछि भने पत्रकारहरुले समाचार संकलन बारे सोच्न बाध्य बनाउन सक्ने भण्डारी बताउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now