Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय निर्वाचन २०२२: प्रारम्भिक मतदान सुरु

Early voting has begun in Australias federal election with the opposition party hoping the first ballots will reflect its lead over the government in opinion poll.

अस्ट्रेलियाको सङ्घीय निर्वाचन नजिकिँदै जाँदा, सोमबार मे ९ तारिखदेखि देशभर ५०० वटा भन्दा बढी प्रारम्भिक मतदान केन्द्रहरू खुलिसकेका छन्। यसपालि आधाभन्दा बढी मतदाताहरूले मे २१ तारिखभन्दा अघि नै आफ्नो भोट हालिसक्ने अस्ट्रेलियाली निर्वाचन आयोगले अनुमान गरेको छ।


Published

Updated

By John Baldock

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको सङ्घीय निर्वाचन नजिकिँदै जाँदा, सोमबार मे ९ तारिखदेखि देशभर ५०० वटा भन्दा बढी प्रारम्भिक मतदान केन्द्रहरू खुलिसकेका छन्। यसपालि आधाभन्दा बढी मतदाताहरूले मे २१ तारिखभन्दा अघि नै आफ्नो भोट हालिसक्ने अस्ट्रेलियाली निर्वाचन आयोगले अनुमान गरेको छ।


राजनीतिज्ञहरू आ-आफ्ना चुनावी अभियानमा व्यस्त छन्। तर धेरैजसो मतदाताहरूले यी अभियान पूरा हुनु अघि नै भोट हाल्ने निर्णय किन गरेका छन्। 

कोही स्वास्थ्य समस्याका कारण, र कोही अस्ट्रेलिया बाहिर जानु पर्ने हुनाले प्रारम्भिक मतदान गर्दै छन्। 

त्यस्तै, कोभिड-१९ को जोखिम अझै रहेको, कतिले भोट हाल्ने दिन मे २१ तारिखमा भिडमा नपर्नका लागि अगाडी नै भोट हाल्न सक्छन्।  

यसरी अगाडी नै भोट हाल्दा सजिलो हुने रीड क्षेत्रबाट लिबरल दलकी उम्मेदवार रहेकी फियोना मार्टिनले बताइन्।

मतदाताहरूको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: सङ्घीय निर्वाचन २०२२: प्रारम्भिक मतदान सुरु हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

पछिल्लो केही वर्षहरूमा प्रारम्भिक मतदान गर्ने चलन बढ्दो देखिएको छ। सन् २०१३ मा करिब एक चौथाइ मतदाताहरूले मतदान अघिल्लो दिन भोट हालेका थिए।  

तीन वर्ष पछि यो लगभग पाँच प्रतिशतले बढ्दै, सन् २०१९ सम्म ४० प्रतिशत बढेको पाइयो।  

यो प्रवृत्ति यसपालिको चुनावमा पनि जारी रहने अस्ट्रेलियाली निर्वाचन आयोगका प्रवक्ता इभान एकिन-स्मिथको भनाइ छ।  

आउँदो निर्वाचनको प्रारम्भिक मतदान सुरु भइसकेको दुई प्रमुख दलहरूले पनि औँल्याएका छन्। 

प्रारम्भिक मतदान सुरु हुँदा लेबरका प्रमुख एन्थनी अल्बनिजी आफ्नो अभियान गर्दै एडिलेड पुगेका थिए, र प्रधानमन्त्री स्कट मोरिसन भने न्यु साउथ वेल्सको नाउरास्थित एक नौसेना बेसमा थिए। 

यसै सन्दर्भमा, अङ्ग्रेजी आफ्नो पहिलो भाषा नभएका उम्मेदवारहरूले भने थप सहयोगको माग गरेका छन्। 

जमाल दाउद, पश्चिमी सिड्नीको रीड क्षेत्रबाट युनाइटेड अस्ट्रेलिया पार्टीका उम्मेदवार हुन्।  

उनी भन्छन् कि उनको परिवारलाई सम्पूर्ण मतदान प्रणाली बुझ्न गाह्रो भइरहेको छ।   

तर यता अस्ट्रेलियाको निर्वाचन आयोगले, पहिलो भाषा अङ्ग्रेजी नभएका मतदाताहरूलाई मद्दत गर्न सक्दो काम गरिरहेको बताएको छ। 

यो पनि पढ्नुहोस्:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now