युरोभिजनले प्रवाह गरेको विश्व एकताको सन्देश

Eurovision 2022

Ukraine has won this year's Eurovision Song Contest with folk-rap group Kalush Orchestra winning for their song 'Stefania'. Source: SBS Eurovision on Twitter

युक्रेनले यस वर्षको युरोभिजन गीत प्रतियोगितामा जित हासिल गरेको छ। लोक-र्‍याप समूह कलूस अर्केष्ट्राले उनीहरूको स्टेफानीया बोलको गीतका लागी सो उपाधि जितेका हुन्।


युक्रेन युरोभिजन प्रतियोगितामा लोकप्रियताको आधारमा छानिएको थियो र सर्वसाधारणको भोटका साथ अत्याधिक समर्थन समेत प्राप्त गर्‍यो।  
 
युक्रेनले ६३१ मत प्राप्त गर्दा संयुक्त अधिराज्यले ४६६ मत पायो भने स्पेन ४५९ मतका साथ तेस्रो बन्यो। 
 
जित पश्चात् कलूस अर्केष्ट्राका सदस्यले युक्रेनलाई समर्थन गरेकोमा धन्यवाद ज्ञापन गरे। 
Members of the Kalush Orchestra from Ukraine celebrate after winning the Grand Final of the Eurovision Song Contest at Palaolimpico arena, in Turin, Italy, Saturday, May 14, 2022. (AP Photo/Luca Bruno)
Drei der fünf Bandmitglieder von Kalush Orchestra nach dem Gewinn des ESC in Turin. Source: AP Luca Bruno
"धेरै धन्यवाद। युक्रेनलाई समर्थन गरेकोमा धेरै धन्यवाद। यो जित सम्पूर्ण युक्रेनीहरूको हो।"
 
दुई वर्ष कोभिड-१९ कारण प्रभावित बनेको युरोभिजनको यस वर्षको प्रतियोगिताले पुरा महोत्सवको झझल्को दियो। 
 
त्यसमाथि युक्रेनमा जारी युद्धले विश्व समुदायलाई नै प्रभाव पार्ने सम्भावना रहँदा अन्तर्राष्ट्रिय एकताको महत्त्व झन् बढेर गएको छ। 
 
युरोभिजन २०२२ को विजेताका रूपमा युक्रेनको कलूस अर्केष्ट्रालाई पुरस्कृत गरिँदा विश्वभरि नै यसको जितमा खुसीयाली मनाइएको छ। 
Kalush Orchestra from Ukraine stand on the stage after winning the Grand Final of the Eurovision Song Contest at Palaolimpico arena, in Turin, Italy on 15 May 2022
Kalush Orchestra from Ukraine stand on the stage after winning the Grand Final of the Eurovision Song Contest at Palaolimpico arena, in Turin, Italy on 15 May 2 Source: AAP / Luca Bruno/AP

सर्वसाधारणको भोट युक्रेनका लागि उच्च हुँदा  बेलायती टिकटक स्टार स्याम राइडरलाई उछिन्दै सो समूहले उपाधि जित्यो । 
 
युक्रेनका स्थानीय बासिन्दा पेट्रो युगनले अहिले उनीहरूको देश युद्धबाट जर्जर भइरहेको समयमा यो जित अझ बढी विशेष भएको बताएका छन्।
"हामीलाई यो जितले खुसी बनायो। म त उफ्रिएको थिएँ। म त पुरै आकाशमा नै उडेँ, तपाईँ बुझ्नु हुन्छ नि म हाम्रो केटाहरूलाई लिएर कति चिन्तित थिएँ भनेर। तर मलाई युद्ध पनि जति सक्दो छिटो सकियोस् भन्ने लागिरहेको छ। अनि त्यो झन् ठुलो जित हुनेछ।"

तर प्रतियोगिता कुनै अवरोधबिनाको भने थिएन। इटालीका अधिकारीहरूले सेमी फाइनल र फाइनल प्रतिस्पर्धाको समयमा रुस समर्थक एक समूहबाट भएको ह्याकिङको प्रयासलाई विफल पारिएको  बताएका छन्। 
 
कलूस अर्केष्ट्राले देशले विभिन्न स्थानमा युद्ध झेलिरहेकोले अन्तर्राष्ट्रिय समुदायलाई युक्रेनलाई साथ दिन आग्रह गरेका छन्। 
These images show wounded defenders and civilians at the Azovstal Plant in Mariupol, Ukraine on 11 May, 2022.
These images show wounded defenders and civilians at the Azovstal Plant in Mariupol, Ukraine on 11 May, 2022. Source: AAP / Azov Regiment/Cover Images/Cover Images
रेकर्डिङ आर्टिस्ट ओले स्युकले युरोभिजना जित पश्चात् विश्वलाई उचित कदम चाल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। 
 
"जसरी भए पनि र जुन सुकै तवरबाट पनि युक्रेनलाई सहयोग गर्नुहोला। युक्रेन युद्धमा छ : आवासीय भवन, परिवारका घरहरू त्यस्तै मानिसहरू जसलाई युद्धसँग केही सरोकार छैन उनीहरूमाथि मिसाइलहरू प्रहार भएका छन्।"
 
उनकी आमाले छोरा ओलेको गीत "स्टेफानीया" उनीप्रति समर्पित भएको कुराले मन छोएको बताएकी छिन। 
 
"उसलाई युरोभिजनको स्टेजबाट नै यो गीत गाउन मन थियो, तर उसले युरोभिजन अगाडी नै इन्टरनेटमा गीत प्रकाशित गर्नु पर्ने भएकोले मैले त्यो गीत केही पहिले नै सुने।"
Kalush Orchestra for Ukraine wins the grand-final of Eurovision Song Contest
Kalush Orchestra for Ukraine wins the grand-final of Eurovision Song Contest Source: AAP
युक्रेनीहरू मात्र युरोभिजनको यो जीतबाट उत्साहित भएका होइनन्। 
 
युक्रेनको यो जितमा रुसका साथै पुरा विश्वले नै उत्सव मनायो। 
 
मस्कोका बासिन्दा ओल्गा श्लाकोभा, विजेताहरू छानिनुमा  दैनिकीमा युद्धका कारण प्रताडितहरूको साथमा मानिसहरू रहेको भन्ने  देखाएको विश्वास गर्छिन्। 
 
"पक्कै पनि, मलाई लाग्छ धेरै मानिसहरूले युक्रेनीहरूलाई समर्थन गर्छन्। उनीहरूलाई यसलाई छुट्टाएर हेर्न सक्दैनन्, किनकि उनीहरूले यो एक दुखद कुरा भएको बुझेका छन्। त्यसैले उनीहरूले मुटुबाट नै (विजेता) चुने।"
पुरा रिपोर्ट सुन्नुहोस्: युरोभिजनले प्रवाह गरेको विश्व एकताको सन्देश हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
 
अस्ट्रेलियामा पनि देशैभर यसको खुसीयाली मनाइयो। 
 
धेरै जना युक्रेन जितमा उत्साहित थिए , जसमध्ये अस्ट्रेलियाली प्रशंसक ग्रेटा र उनकी साथी बेल। 
 
"उनीहरूले जहिले पनि राम्रो प्रस्तुति दिन्छन्, अनि म कलूस अर्केष्ट्रालाई अत्यन्त मन पराउँछु, उनीहरू महान छन्।"
 
र पक्कै पनि यसमा अस्ट्रेलियाको घरेलु प्रतिस्पर्धी शेल्डन राइलीलाई लिएर पनि गर्व गरिएको छ। 
Sheldon Riley
Sheldon Riley Source: Eurovision Song Contest
उनले आफ्नो निकै भावुक बनाउने 'नट द सेम' बोलको गीत प्रस्तुत गरेर  १५ स्थानमा परेका थिए। 
 
२३ वर्षीय प्रतियोगीकी आन्टी लिजा क्यारागे भन्छिन्, शेल्डनको आत्मविश्वास बढेको देख्दा निकै प्रेरणादायी लाग्छ। 
 
"म शेल्डनलाई लिएर निकै गर्व गर्छु, उनी एकदम राम्रो छन्। शेल्डनलाई समर्थन गरेकोमा अस्ट्रेलियालाई धेरै धन्यवाद।"
 

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
युरोभिजनले प्रवाह गरेको विश्व एकताको सन्देश | SBS Nepali