Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"सन्यास त तेंदुलकरले पनि लिसके" - शक्ति गौचन क्रिकेटमा आफ्नो भविष्य बारे

Nepali Cricketer Shakti Gauchan speaking to SBS Nepali.

Nepali Cricketer Shakti Gauchan speaking to SBS Nepali. Source: S. Dhungana

सन् २००२ साल देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा रहेका शक्ति गौचन हाल ईपीएल क्रिकेटमा पोखरा राइनोजको कप्तान पनि रहेका छन्। तर केहि समय यता बाट्सम्यान का साथै स्पिन बलर पनि रहेका गौचनले खेल बाट बिदा लिनुपर्ने भनाइहरु पनि उठी रहेका छन्। के छ त उनको योजना? नेपाली क्रिकेट र आफ्नो भविष्यबारे शक्ति गौचनले एसबीएस नेपालीलाई यसो बताए।


Published

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


सन् २००२ साल देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा रहेका शक्ति गौचन हाल ईपीएल क्रिकेटमा पोखरा राइनोजको कप्तान पनि रहेका छन्। तर केहि समय यता बाट्सम्यान का साथै स्पिन बलर पनि रहेका गौचनले खेल बाट बिदा लिनुपर्ने भनाइहरु पनि उठी रहेका छन्। के छ त उनको योजना? नेपाली क्रिकेट र आफ्नो भविष्यबारे शक्ति गौचनले एसबीएस नेपालीलाई यसो बताए।


१. नेपाली क्रिकेट अहिले कुन स्थितिमा छ जस्तो लाग्छ ?

क्रिकेट एसोसियसन भंग भएको अवस्थामा नेपाली क्रिकेटको स्थिति राम्रो छ भन्न मिल्दैन् । नेपाली क्रिकेटलाई चाहिने आधारभूत कुराहरुको विकास हुन सकेको छैन् ।

प्राइभेट सेक्टरले क्रिकेट प्रतियोगिताहरु आयोजना गरिदिनु पर्ने अवस्थामा नेपाली क्रिकेटको स्तर नाजुक रहेको छ । 

२. तपाईले यो स्थितिमा नेपाली क्रिकेटमा आफूलाई कहाँ राख्नु हुन्छ ?

नेपालमा क्रिकेटले सोचेअनुसारको सफलता नपाइसकेको अवस्थामा उत्कृष्ट खेलाडीलाई खासै गाह्रो छैन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने २५ देखि ३० नेपाली खेलाडीलाई प्रोत्साहित गरिरहेको छ ।

त्यसबाहेक नेपालमा आयोजना हुने क्रिकेट प्रतियोगिता राष्ट्रको लागि नभएर केबल खेलाडीको स्तर विकासको लागि मात्र भइरहेको छ ।

३. नेपाली क्रिकेटमा आउन चाहने नयाँ युवाहरुलाई के भन्न चाहनुहुन्छ रु तपाईलेचाँहि युवाहरुलाई नेपाली क्रिकेटमा आउनको लागि कतिको प्रोत्साहित गर्नुभयोजस्तो लाग्छ ?

मैले १८ वर्षअघि क्रिकेट सुरु गर्दा क्रिकेट एसोसियनदेखि सबै कुरा नयाँ थिए । अहिले नेपाली क्रिकेटको आधार केन्द्र मानिने क्रिकेट एसोसियननै छैन् । त्यस्तो अवस्थामा पनि राम्रा खेलाडीहरु आइरहेका छन् ।

नेपाल क्रिकेटमा रुचि राख्ने युवाहरुलाई प्रोत्साहित गर्न सन् २००९ देखि एकेडेमी सञ्चालन गरेको छु । विभिन्न उमेर समूहमा नयाँ खेलाडीहरुलाई क्रिकेटको प्रशिक्षण दिइरहेको छु ।

मेरो एकेडेमीले १५ देखि २० अन्तराष्ट्रिृय नेपाली क्रिकेट खेलाडीहरु उत्पादन गरिसकेको छ ।

४. नेपाली क्रिकेटको स्तर विकासको लागि के गर्न सकिन्छ जस्तो लाग्छु । केही सल्लाह दिन चाहनुहुन्छ ?

सर्वप्रथम क्रिकेट एसोसियसन बन्नुपर्छ । यसले नेपाली क्रिकेट खेलाडीलाई प्ल्याटफर्म दिने हुँदा बल्ल स्तर विकासको विषयमा छलफल गर्न सकिन्छ । अहिले उत्कृष्ट नेपाली क्रिकेट खेलाडीहरुले सुविधाहरु पाउन सकेका छैनन् ।

 ५. बेलाबखत सुनिने नेपाली क्रिकेटको विवादलाई कसरी लिनुभएको छ ?

एसोसियन भंग भएको स्थितिमा क्रिकेट खेलाडीहरुले विवाद समाधान गर्न सक्दैनन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अनुगमनमा एसोसियसन फेरि सञ्चालनमा ल्याएर जिम्मेवारी दिँदा राम्रो हुन्छ ।

६.शक्ति गौचनले संन्यास लिनु पर्दैन भन्ने प्रश्न गरिरहँदा कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

पक्कैपनि संन्यास लिनुपर्छ । त्यसको लागि सही समयको प्रतिक्षा गरिरहेको छु । मैले संन्यास लिने विषयमा नसोचेको होइन । अहिले राम्रा नयाँ खेलाडीहरु आइरहेका छन् । यस्तो अवस्थामा मेरो प्रस्तुती र फिटनेस हेरेर संन्यास लिने विषयमा निर्णय गर्नेछु ।

७. हालको स्थितिमा नेपाली क्रिकेटका मुख्य चुनौतीहरु के के हुन रु तपाईको विचारमा समाधानका उपायहरुचाँहि के के हुनसक्छन् ?

हामी यस्तो देशमा क्रिकेट खेलिरहेका छौं । जहाँ नेपाली क्रिकेटको विकासको लागि सोच्ने एसोसियन छैन् । त्यसबाहेक राम्रा खेलाडीलाई खेल्न प्रोत्साहित गर्नको लागि सुविधाहरु छैनन् । अहिलेको अवस्थामा भंग रहेको क्रिकेट एसोसियनलाई फेरि सक्रिय गराउनु जरुरी देखिन्छ ।

८. नेपाली क्रिकेट अहिलेको स्थितिसम्म आइपुग्दा तपाईको भूमिका कस्तो रह्यो जस्तो लाग्छ ?

झण्डै १७ वर्ष नेपाली क्रिकेटमा सक्रिय भएर निरन्तर प्रतियोगिताहरु खेलिरहें । पक्कै पनि मैले राम्रो प्रस्तुती दिएको हुँदा यत्रो वर्ष नेपाली क्रिकेटमा सक्रिय हुन पाएको होला ।

९. तपाईले नेपाली क्रिकेटको भविष्य कस्तो देख्नु भएको छ ?

राम्रा खेलाडीहरु उत्पादन भइरहेका छन् । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा देखाएको प्रस्तुतीहरुलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सकारात्मक रुपमा लिन सक्यो भने नेपाल एकदिन टेस्ट खेल्ने देशको सूचीमा पर्नेछ भन्नेमा आशावादी छु ।

१०. तपाईका आगामी योजनाहरु के के छन् ?

सम्भवतः अब ४ वर्षजति क्रिकेट खेल्छु होला । त्यसपछि नेपाली क्रिकेटको स्तर बढाउन सक्रिय हुनेछु । भविष्यमा कोच वा अन्य भूमिका निर्वाह गर्नेछु ।

११. ईपीएल क्रिकेट कतिको इन्जोय गरिरहनु भएको छ ?

एकदम इन्जोय गरिरहेको छु । पोखरा राइनोजको कप्तानी गर्दै सुरुमा राम्रो सुरुवात दिलाएको थिए । तर ब्याट्सम्यानले राम्रो गर्न नसक्दा हामी इलिमेनटर भन्दा अगाडि बढ्न सकेनौं । अर्को वर्ष अझ राम्रो गर्ने प्रयास गर्नेछौं ।

१२.नेपाली क्रिकेटमा ईपीएल जस्तो प्रतियोगिता हुनु कतिको जरुरी छ ?

वास्तवमा भन्ने हो भने ईपीएल जस्तो प्रतियोगिताले नेपाली क्रिकेटलाई बचाइरहेको छ । अझ यसपटकको ईपीएलका खेलहरु चुनौतीपूर्ण रहे । प्रतियोगितामा सहभागि ६ वटै टोलीहरु प्रत्येक खेल जित्नको लागि संघर्ष गरिरहेका देखिए ।

यसअघि राष्ट्रिय प्रतियोगितामा खेल्दा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जस्ता विभागीय टोली बलिया हुन्थे ।

अक्सन खेलाडी लिलामी गरिएको, विदेशी खेलाडी खेलाइएको कारणले ईपीएलमा सबै टोली समान थिए र उनीहरुले सोही अनुरुपको प्रदर्शन गरे । यसअघि आयोजना हुने  प्रतियोगितामा भने नेपाल प्रहरी र आर्मीका टोली सहभागि हुन्थे। अहिले अन्तराष्ट्रिय खेलाडीसमेत ईपीएलमा खेलिरहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now