Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाली भूमिमा भएका लडाइको सम्झनामा स्मृति सेवा

Phillip Obah says the commemoration event is a step towards healing

Phillip Obah says the commemoration event is a step towards healing Source: SBS

फ्रन्टियर लडाइँको पहिलो स्मृति दिवस मनाउनका लागि आदिवासी र गैर-आदिवासी पृष्ठभूमिका मानिसहरू जुन १३ तारिखमा एक साथ भेला भएका थिए। उपस्थित व्यक्तिहरूले आफ्नो र आफ्ना पुर्खाका इतिहासका कथाहरू सुनाउँदै, अस्ट्रेलियाको इतिहासको बारेमा निकै महत्त्वपूर्ण कुराकानी सुरु गरेका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


फ्रन्टियर लडाइँको पहिलो स्मृति दिवस मनाउनका लागि आदिवासी र गैर-आदिवासी पृष्ठभूमिका मानिसहरू जुन १३ तारिखमा एक साथ भेला भएका थिए। उपस्थित व्यक्तिहरूले आफ्नो र आफ्ना पुर्खाका इतिहासका कथाहरू सुनाउँदै, अस्ट्रेलियाको इतिहासको बारेमा निकै महत्त्वपूर्ण कुराकानी सुरु गरेका छन्।


फ्रन्टियर लडाइ, अस्ट्रेलियाली माटोमा भएको सबै भन्दा रक्तपातपूर्ण द्वन्द थियो - अस्ट्रेलियामा भएको उपनिवेशिकरणको पहिलो १४० वर्षहरूमा भएको थियो।  

वरेन अस्ट्रेलिया, यार्न अस्ट्रेलिया नामक सामाजिक संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्। उक्त संस्थाले आदिवासी र गैर आदिवासी मानिसहरू बीच कुराकानीहरूको सिर्जना गर्दछ। फ्रन्टियर लडाइको स्मृति दिवस र रानीको जन्मदिन एउटै लामो सप्ताहान्तमा पर्नु, कुनै संयोग भने होइन।  

यो, सत्य बोल्ने, र पूर्ण कथा साझा प्रक्रिया रहेको उनले बताए।

फ्रन्टियर लडाइको स्मृति दिवसको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

सन् १७८८ र १९२८ को बीचमा भएको, फ्रन्टियर लडाइ भनेर चिनिने नरसंहारमा, करिब ११,००० देखि १४,००० आदिवासीहरूको ज्यान गएको, युनिभर्सिटी एफ न्यूकासलका अनुसन्धानकर्ताहरूले फेला पारेका छन्।  

युरोपबाट बसोबास गर्न आएकाहरूको तुलनामा आदिवासी समुदायका व्यक्तिहरूको २७ देखि ३३ गुणा बढी मृत्यु भएको अनुमानित छ।  

यथार्थ घटनाहरूको बारेमा अझै पनि व्यापक समुदायलाई थाहा नरहेको, गिला माइकल एन्डरसन बताउँछिन्।उपस्थित अतिथि वक्ताहरूले आफ्नो व्यक्तिगत, लगायत आफ्ना पुर्खाका कथाहरू सम्झँदै, अस्ट्रेलियाको इतिहासको बारेमा एक महत्त्वपूर्ण कुराकानी सुरु गरे। यी थिए - मेलबर्नका गायक तथा गीतकार - जिमी काइल,  

अनलाइन मार्फत स्ट्रीम गरी प्रसारण गरिएको उक्त कार्यक्रमलाई देश भर साझा गरिने छ, र यसले आदिवासी र गैर आदिवासी व्यक्तिहरूलाई एकसाथ ल्याउने उद्देश्य छ।  

यो कार्यक्रम जरुरी रहेको, आदिवासी सहभागी [फिलिप ओबाको भनाइ थियो। तर वर्तमान समयमा एक चुनौती रहेको, जिमी काइलले बताए।  

यो पनि पढ्नुहोस्:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now