Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

गत ७ दिन नेपालमा: चुनाव देखि विश्व क्रिकेट लिगमा नेपालको छनौट

Nepal Cricket Captain Paras Khadka during visit to SBS.

Nepal Cricket Captain Paras Khadka during visit to SBS. Source: SBS Nepali

चुनाव लक्षित हिंसात्मक गतिविधि, दलहरु चौबिसै घण्टा मतपेटिका कुर्न व्यस्त र आइसिसी वर्ल्ड क्रिकेट लिगका लागि नेपाली टोली छनौट - यी लगायतका विषयहरुले गए हप्ता नेपाली संचार माध्यमहरुमा प्राथमिक स्थान पाएका छन्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS


Share this with family and friends


चुनाव लक्षित हिंसात्मक गतिविधि, दलहरु चौबिसै घण्टा मतपेटिका कुर्न व्यस्त र आइसिसी वर्ल्ड क्रिकेट लिगका लागि नेपाली टोली छनौट - यी लगायतका विषयहरुले गए हप्ता नेपाली संचार माध्यमहरुमा प्राथमिक स्थान पाएका छन्।


चुनाव लक्षित हिंसात्मक गतिविधि बढ्दो

संसद् र प्रदेशको दोस्रो चरणको निर्वाचन यही २१ गते हुँदैछ । चुनावको मिति नजिकिदैं गर्दा हिंसात्मक गतिविधिले पनि तीब्रता पाएको छ ।

शनिबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बमबाट कुनै क्षति नभएको पनि हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने सवालमा सरकार कमजोर देखिएको छ ।

दोस्रो चरणको निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा हिंसात्मक घटनाले तीव्रता पाइरहँदा सरकारको सुरक्षा व्यवस्थाको क्षमतामाथि नै प्रश्न उठाइदिएको छ । हिंसात्मक गतिविधि नियन्त्रणका लागि राज्यले विशेष ध्यान दिन जरुरी देखिएको छ।

दलहरु चौबिसै घण्टा मतपेटिका कुर्न व्यस्त

गत मंसिर १० मा संसद् र प्रदेशको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै विभिन्न दलका कार्यकर्ताहरु मतपेटिका कुर्न व्यस्त छन् ।

विभिन्न दलहरुले मतपेटिका सुरक्षाको लागि आ–आफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यायलमा मतपेटिका राखिएका छन् त्यस्तै निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन्।

काँग्रेसको सामाजिक र आर्थिक विकासको मार्गचित्र तयार

चुनावी गतिविधि बढीरहेको बेला काँग्रेसले नेपालको सामाजिक र आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरेको छ। शुक्रबार काँग्रेस पार्टी कार्यलय सानेपामा आयोजित कार्यक्रममा विनोद चौधरीले सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेका थिए ।

रेमिट्यान्सका कारण नेपालमा उपभोगवादी संस्कृतिको बिस्तार हुँदा व्यापार घाटा ९१७ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका थिए । नेपालका एक मात्र फोब्र्स अर्बपति सूचीमा परेको उनलाई काँग्रेसले आर्थिक समृद्धि र विकास समनवय उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ ।

पर्यटन प्रवद्धनको मार्गचित्र नहुँदा हरेक दिन भारतबाट धार्मिक पर्यटकहरु नेपालको लुम्बिनी हेर्न आएपनि फोहोर थुपारेर जाने गरेको उनले बताए ।

सडकमा वामपन्थी चुनावी सभा

एमाले–माओवादी नेतृत्वको गठबन्धनले बुधबार राजधानीमा सडक अवरुद्ध गरेर चुनावीसभा गरेको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद् भवन पश्चिमतर्फको सडकमा मञ्च बनाएर सभा गरेको थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माका पक्षमा मत माग्न आयोजना गरिएको सभामा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसमाथि व्यंग्य गरेका थिए ।

सबैभन्दा ठूलो भ्रष्टाचार अभियोगका चुडामणि रिहा

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणि शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले मंगलवार रिहा गरेको छ।

विशेष अदालतले शर्माका बकपत्र र बयान सकिएपछि एक करोड रुपैया धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्न बहादुर बागचन्द र नारायण प्रसाद पोखरलेको इजलासले एक करोड धरौटी मागेको थियो।

विश्व एड्स दिवस नेपालमा पनि मनाईयो

‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित ३० औं विश्व एड्स दिवस नेपालमा पनि शुक्रबार विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाईने गरिन्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ एचआईभी संक्रमित रहेको छन् ।

आइसिसी वर्ल्ड क्रिकेट लिगका लागि नेपाली टोली छनौट

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेपाली टोली छनौट गरिएको छ। गत बुधबार नेपाली टोलीमा क्याप्टेन पारस खड्का, अनिलकुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दीलिपनाथ, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हासिम अन्सारी, जितेन्द्रकुमार मुखिया, करन केसी, कुसल भुर्तेल, ललित भण्डारी, आरिफ शेख, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी र सुशील कँडेलसहित २० खेलाडीहरु छनोट भएका थिए। 

आगामी डिसेम्बर ६ देखि ८ मा हुने आइसिसी वर्ल्ड क्रिकेट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्दैछ। गत नोभेम्बर १६ देखि २० सम्म काठमाडौंमा भएका खेलका आधारमा खेलाडी छनौट गरिएको बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now