Team Rara infront of the Nepal's Rara Lake. Source: Supplied
जब भोजराज भाटले सन् २०१५ मा सुनकली नामक बृतचित्र बनाएका थिए, यसको प्रभाबका कारणले नेपालको एक विकट पहाडि जिल्लाका किशोरीहरु बिदेश गई फुटबल खेल्ने मौका पाउछन् भन्ने कुरा त उनले सोचेका पनि थिएनन् होला। तर आउदो जुलाई महिनामा त्यो कुरा सत्यतामा परिणत हुदैछ, र हाम्रा बहिनीहरु स्पेनमा गई प्रतिष्ठित प्रतियोगितामा भाग लिदै छन्। भाटले बनाएको बृतचित्रमा नेपालको मुगु जिल्लाका नानीहरु – खेल मैदानको अभाब र हिउँले ढाकिएको पहाड हुदाँहुदै पनि फुटबल खेल्न कति लालायित छन् भनेर देखाईएको थियो। यस वृतचित्रको प्रभाव अन्तराष्ट्रिय फुटबल संगठन, फिफामा पनि पर्यो- जसले फेरि मुगु जिल्लाका नानीहरुको बारेमा- Meet the Himalayan Messi नामक बृतचित्र बनायो। तथ्यांकको आधारमा हेर्ने हो भने मुगु जिल्ला- नेपालमा निकै पछि परेको जिल्ला मानिन्छ, र खासगरी महिला सशक्तिकरणको क्षेत्रमा त झनै पछाडि रहेको छ। धेरै केटिहरुको यहाँ १८ बर्ष नपुग्दै बिबाह हुने गर्छ र त्यसपछि बिधालय जाने क्रम पनि टुट्ने गर्दछ। तर फुटबलका कारण, महिलाहरुलाई हेर्ने दृष्टिकोण देखि लिएर, उनीहरुको स-शक्तिकरणको कुरामा- सानो रुपमा भएपनि-केहि सकारात्मक प्रभाब परिरहेको भाट बताउँछन्। अहिले बिश्वकप फुटबलको चर्चा चारैतिर हुँदै गर्दा, मुगुका यी बहिनीहरु भने स्पेनमा हुन लागिरहेको डोनाष्टि कपमा भाग लिई राम्रो प्रर्दशन गर्न मिहिनत गरिरहेका छन्। नेपालको सबैभन्दा गहिरो र ठूलो ताल, रारा तालको छेउमै रहेको मैदानमा मुगुका यी किशोरीहरुले फुटबलको अभ्यास गरिरहँदा, हामीले त्यहि रहनु भएका भोजराज भाटसँग यो अद्धभूत मौकाको बारेमा कुरा गरेका थियौं।

पूरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
Team Rara training not that far from Nepal's biggest lake, Rara. Source: SuppliedPlayers in action in Mugu. Source: Supplied