सीमा खुलेसँगै अस्ट्रेलियामा अध्ययन गरिरहेका विद्यार्थीका लागि सरकारले केही छुटको घोषणा गरेको हो।
मुख्य विषय:
- १९ जनवरी २०२२ देखि १९ मार्च २०२२ सम्म अस्ट्रेलिया आउने विद्यार्थीले भिसाबापतको शुल्क फिर्ता पाउनेछन्।
- कक्षा सुरु हुनु अगावै अस्ट्रेलिया आइपुगेका विद्यार्थीले काम सुरु गर्न पाउनेछन्।
- अनलाइन माध्यमबाट गरिएको पढाइलाई पनि पढाइपछिको काम गर्ने अधिकार सहितको भिसाका लागि योग्य मानिनेछ।
'द माइग्रेसन' नामक संस्थाका अध्यागमन एजेन्ट नजिर नवाज भन्छन् कि महामारीले अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्य र आर्थिक पाटोमा ठुलो असर गरेको छ।
यसका कारण उनीहरूको पढाइमा बाधा पुगेको पनि उनी बताउँछन्।
अन्तर्राष्ट्रिय सीमा प्रतिबन्धहरू लागू भएपछि विद्यार्थीहरु र अन्य अस्थायी भिसावाहक देश छाडेपछि पुन: प्रवेश गर्न असमर्थ भए र यसै बिच धेरैका भिसाको म्याद सकियो।
“जो आफ्नो देशमा बसिरहेका थिए, उनीहरू त्यँही बस्न बाध्य भए र भिसाको म्याद सकिएकाहरूमा आफ्नो भविष्यका बारे अन्यौलतामा छाएको थियो,” उनले भने।
भिसा शुल्क मिनाहा

सङ्घीय सरकारको पछिल्लो घोषणा अनुसार अब विद्यार्थीहरुले ३१ डिसेम्बर २०२२ सम्म शुल्क मिनाहा लागि आवेदन दिन सक्छन्।
नवाज भन्छन्, “१९ जनवरी २०२२ देखि १९ मार्च २०२२ सम्म अस्ट्रेलिया आउने विद्यार्थीले भिसाबापतको शुल्क फिर्ता पाउनेछन्।”
“भिसाको ८१०५ सर्तले पढाई सुरु हुनु पूर्व काम गर्न नपाउने बताएको छ, तर यसमा सरकारले छुटको घोषणा गरेको हुनाले विद्यार्थीहरुले पढाई अघि नै काम सुरु गर्न सक्दछन्।”

अनलाइन पढाइलाई पनि ग्र्याजुएट भिसा दिँदा गणना गरिने
मेडिसिन र सर्जरीमा चीनबाट स्नातक तहको पढाई गरेका इमरान खान पब्लिक हेल्थ पढ्नका लागि हालै अस्ट्रेलिया आएका हुन्।
तर महामारीका कारण सीमा बन्द भएपछि भने उनले आफ्नो पढाइलाई र्माच २०२२ सम्म सारेका थिए।
इमरान पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई दिएको छुटको प्रशंसा गर्छन ।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षण गर्ने अस्ट्रेलिया सरकारका केही कदमहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
महामारी अघि स्नातक भिसा सब क्लास ४८५ का लागि क्याम्पसमै आएर अध्ययन गरेको हुनु पर्ने नियम थियो तर अब भने अस्ट्रेलिया बाहिर गरिएको अध्ययनलाई (होम लर्निङ) पनि मान्यता दिइने भएको छ।
भिसावाहकहरूलाई काम गर्ने घण्टाको अवधिमा अस्थायी छुट
हाल विद्यार्थी भिसावाहकहरूलाई थप काम गर्नका लागि पनि अनुमति दिइएको छ र हाल उनीहरूले पाक्षिक रूपमा अधिकतम काम गर्न पाउने अवधि पनि अस्थायी रूपमा निलम्बित छ।
यो व्यवस्था अप्रिल २०२२ मा पुनरावलोकन गरिने सरकारी भनाई छ।

"विश्वविद्यालयहरुले शुल्क घटाउने बारेमा विचार गर्नु पर्छ"
सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहुलियत दिइरहेका बेला नासिर भन्छन् "युनिभर्सिटीहरुले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फर्कन प्रोत्साहन गर्न आफ्नो शुल्क घटाउने बारेमा विचार गर्नु जरुरी छ।"
स्टेप अप प्रोफेसनका मुज्जामिल रिजवान खान विश्वविद्यालयहरुले शुल्क घटाउँदा अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई अन्य विकसित देशको तुलनामा अस्ट्रेलिया छनोट गर्न प्रोत्साहन गर्ने धारणा राख्छन्।
उनका अनुसार छात्रवृति दिँदा विद्यार्थीहरुलाई यहाँ आएर पढ्न थप उत्साह मिल्छ।
अधिक जानकारीका लागि गृह मामिला विभागको वेबसाइटमा हेर्नुहोस्।
node_list title="यो पनि पढ्नुहोस् " uuid="e6e27d6d-abd9-4b89-a971-e0f92bc12b57,6d509b8c-27cf-4af3-8e96-a19fc34c331b,75a80d3b-e1d0-47b4-9eb6-e9243c6a9348"]




