SKIP TO MAIN CONTENT

‘मुर्दा जुलुश’र ‘आईईएलटीएस’को प्रश्नपत्र लाखौंमा बिक्री: गत ७ दिन नेपालमा

Student protest in Nepal
Students protesting against the petrol-price hike in Nepal. Source: S. Dhungana

गत ७ दिनका प्रमुख नेपाल समाचार


Published

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

गत ७ दिनका प्रमुख नेपाल समाचार


माघ २४ मा राष्ट्रिय सभा निर्वाचन हुने

सरकारले राष्ट्रिय सभा गठनका लागि आगामी माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । यता निर्वाचान आयोगले माघ २५ मा निर्वाचन गर्न सिफारिस गरेको थियो । आगामी पुस २५सम्म निर्वाचन आयोगले राजनैतिक दल दर्ता गर्नको लागि आह्वान गरिरहेको छ ।

...

 ‘सबैलाई मिलाउने जिम्मा मेरो : माओवादी अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गाउँको स–सानो झगडादेखि वाम गठबन्धलका लागि दुई ठूला दल मिलाउने जिम्मा आफूले पाएको प्रतिक्रिया दिएका छन् । शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘ हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं।’

...

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी

गत साता महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको थियो। आइजीपी बढुवामा कार्य सम्पादन मूल्याङकन फारममा किर्ते गरेको आरोप खेपिरहेका उनलाई अनुसन्धानको सिलसिलामा पत्र काटिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले दिएका थिए ।

यसअघि सिलवालले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले प्रकाश अर्याललाई आईजीपी बनाउने सरकारी निर्णय अनुमोदन गरेको थियो । सर्वोच्चले अदालतमा सिलवालले रिटसँगै पेस गरेको कार्यसम्पादन मूल्याङकन फारम किर्ते गरेको उल्लेख गर्दै आदेश जारी गरेको थियो । नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी क्वालालम्पुरमा छन् ।

...

आईईएलटीएस’को प्रश्नपत्र लाखौं रकममा बिक्री गर्ने पक्राउ

ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलासा भएको छ । प्रहरीले गत साता ‘ आईईएलटीएस’को प्रश्नपत्र लाखौंमा बिक्री गर्ने कलेज संञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका कलेज संञ्चालकले विद्याथीहरुसँग १ देखि २ लाखसम्म लिएका थिए । कलेज संञ्चालकहरुले दिएको प्रश्न र आईईएलटीएस परीक्षामा सोधिएको प्रश्न मिलेपछि पक्राउ परेका १३ जनामाथि अनुसन्धान भइरहेको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंले गराएको थियो ।

...

काठमाडौंको तापक्रम शून्य डिग्रीसम्म झर्ने

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरेको छ । गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम एक डिग्रीमा झरेपछि अझ चिसो बढ्ने जानकारी मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेललेले गराएकी हुन् ।

न्यूनतम तापक्रम घटेका कारण देशभर चिसो बढेको छ भने तराईमा बाक्लो हुस्सु र  शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।

...

 ‘मुर्दा जुलुश’मा प्रहरी हस्तक्षेप

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले गत मंगलबार त्रिचन्द्र कलेजबाट ‘मुर्दा जुलुश’ निकालेको थियो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेलगत्तै निकालिएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो। जुलुशमा सहभागि विद्यार्थीलाई लक्षित गरेर प्रहरीले दुई सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । संगठनले मूल्य वृद्धि खारेज गर्न माग गर्दै गत साता पटक–पटक विरोधका कार्यक्रमहरु गरेको थियो ।

...

 रंगशाला निर्माणको काम धमाधम हुँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै पोखरा सुविधासम्पन्न रंगशाला निर्माणको काम धमाधन भइरहेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका अनुसार पुरानो संरचना भत्काएर नयाँ बनाउने योजना अनुसार काम धमाधम भइरहेको बताउँछन् ।

१ अर्ब ३३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको रंगशालामा फुटबल मैदान र दर्शक बस्ने डोमसहितको प्यारापिट लगायत पूर्वाधार बन्नेछन् । सर्वसाधारण र भीआइपी गरी ३५ हजार दर्शक क्षमतासहितको रंगशाला बन्नेछ । सन् २०१९ को मार्च ९ देखि १९ मा साग खेल संञ्चालन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबल, फुटबल र ह्यान्डबल लगायत गरी ६ वटा खेल पोखरामा खेलाउने योजना बनाएको छ ।  


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now