SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: मेलबर्नका भित्री सहरमा टाउन हाउस किन्नु राम्रो कि टाढाको सबर्बमा घर?

A pedestrian walks past a real estate agent's window in Melbourne.
A pedestrian walks past a real estate agent's window in Melbourne. Source: Getty / William WEST / AFP

अर्थतन्त्रलाई सुधार गर्न सङ्घीय सरकारले चालेका कदमहरूको परिणाम पछिल्लो महिना मुद्रास्फीतिमा केही सुधार आएको छ। जसको फलस्वरूप रिजर्भ बैंकले ब्याजदर वृद्धिको क्रमलाई विगत दुई महिनादेखि रोकेको छ। तर रिजर्भ बैङ्कको लक्ष्य अनुसार मुद्रास्फीति नआइसकेकाले अझै पनि एक पटक ब्याजदर बढ्ने सम्भावना रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। त्यसो भए आगामी दिनमा घरजग्गा बजार कस्तो देखिन्छ त? तपाईँहरूले पठाएका केही प्रश्नहरूको जवाफ विश्वास भट्टराईले मासिक आर्थिक कुराकानीमा दिएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अर्थतन्त्रलाई सुधार गर्न सङ्घीय सरकारले चालेका कदमहरूको परिणाम पछिल्लो महिना मुद्रास्फीतिमा केही सुधार आएको छ। जसको फलस्वरूप रिजर्भ बैंकले ब्याजदर वृद्धिको क्रमलाई विगत दुई महिनादेखि रोकेको छ। तर रिजर्भ बैङ्कको लक्ष्य अनुसार मुद्रास्फीति नआइसकेकाले अझै पनि एक पटक ब्याजदर बढ्ने सम्भावना रहेको आर्थिक सल्लाहकार विश्वास भट्टराईले बताएका छन्। त्यसो भए आगामी दिनमा घरजग्गा बजार कस्तो देखिन्छ त? तपाईँहरूले पठाएका केही प्रश्नहरूको जवाफ विश्वास भट्टराईले मासिक आर्थिक कुराकानीमा दिएका छन्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • के रिजर्भ बैङ्कले पुन: ब्याजदर बढाउने सम्भावना छ?
  • 'स्ट्यान्ड अलोन' घरहरू किन्न महँगो परिरहेका बेला अपार्टमेन्टहरूको भाउ चाहिँ कस्तो छ?
  • लगानीका हिसाबले सिड्नी वा मेलबर्नमा घर किन्नु मात्रै फाइदाजनक हो त?
  • मेलर्बनका भित्री सहरमा टाउन हाउस वा ग्रायानी फ्ल्याट किन्नु राम्रो कि टाढाको सबर्बमा गएर घर किन्नु उचित?
  • घर किन्नका लागि कति बचत गर्नु पर्ला? पीआर र सिटिजनले घर किन्दा पाउने सुविधाहरूमा फरक पर्छ?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

  • नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now