यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः
- के रिजर्भ बैङ्कले पुन: ब्याजदर बढाउने सम्भावना छ?
- 'स्ट्यान्ड अलोन' घरहरू किन्न महँगो परिरहेका बेला अपार्टमेन्टहरूको भाउ चाहिँ कस्तो छ?
- लगानीका हिसाबले सिड्नी वा मेलबर्नमा घर किन्नु मात्रै फाइदाजनक हो त?
- मेलर्बनका भित्री सहरमा टाउन हाउस वा ग्रायानी फ्ल्याट किन्नु राम्रो कि टाढाको सबर्बमा गएर घर किन्नु उचित?
- घर किन्नका लागि कति बचत गर्नु पर्ला? पीआर र सिटिजनले घर किन्दा पाउने सुविधाहरूमा फरक पर्छ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।