अस्ट्रेलिया बुझ्नुहोस् : के तपाईँलाई पनि 'म्युजिकल इन्स्ट्रुमेन्ट' सिक्ने रहर छ?

Girl playing tuba - Australia Explained – Learning an instrument

Music threapy Source: Flickr / Flickr / Department of Foreign Affairs and Trade / Conor Ashleigh for AusAID CC BY 2.0

के तपाईँलाई सङ्गीत सिर्जनामा रुचि छ? वा तपाईँले आफ्ना सन्तानले सङ्गीत सिकेको वा बाजाहरू बजाउन जानेको हेर्न मन छ। कतिपयले त रुचि भएर विभिन्न बाजाहरू किनेर, यत्तिकै घरमै थन्काएर राखेका पनि हुन्छन। तर जे भए पनि बाजा बजाउन सिक्नु रमाइलो मात्र नभएर एक सामाजिक अनुभव पनि हो। सङ्गीत प्रति रुचि भएकाले सिक्न सुरुवात चाहिँ कसरि गर्ने त।


मुख्य बुँदा:
  • तपाई बस्ने राज्य र प्रदेशका आधारमा, विद्यालयले सङ्गीतका कक्षाहरू दिने वा नदिने भर पर्छ।
  • 'द म्युजिक टिर्चस एसोसिएसन'ले अस्ट्रेलियाका राज्य र प्रदेशका सङ्गीत सिकाउने शिक्षकहरूको नाम र उनीहरूको ठेगानाका बारेमा जानकारी राख्छ।
  • सबै उमेर समूह, क्षमता र सङ्गीत प्रतिको रुचिका आधारमा बाजाहरू बजाउन सिक्न सकिन्छ।

बालबालिका होस् वा वयस्क, विभिन्न खाले 'म्युजिकल इन्स्ट्रुमेन्ट' वा बाजाहरू बजाउन जान्नुका धेरै फाइदाहरू छन्।

सङ्गीत सिक्दा, कुराहरूलाई बुझ्ने वा अनुभूत गर्ने क्षमता त बढ्छ नै, यसले मानिसहरूसँगको अन्तरक्रिया क्षमतालाई पनि बढाउने बताइन्छ।

स्कुल म्युजिक कोअर्डिनेटर हार्वर्ड च्यास्टनको भनाईमा सङ्गीतको प्रभाव निकै ठुलो छ।

“वास्तवमा भन्ने हो भने जीवनबाट सिकिने वा विद्यालय पुगेर सिकिने, केही थोरै पाठहरूमा मात्र सबै कुरालाई समेटिएको हुन्छ, न्युमेरीसी होस् वा लिट्रेसी वा फिजिकल एजुकेसन, म्युजिकमा सबै छ।”

पछिल्लो समय अनलाईनमा पनि निःशुल्क रूपमा सङ्गीत सिक्नका लागि ट्युटरहरु उपलब्ध छन्।

कसैलाई रुचि भए, सुरु भए निकै सजिलो छ।

तर आफूलाई रुचि भएको बाजामा राम्रोसँग हात बसाल्न वा यसलाई उत्कृष्ट रूपमा बजाउन भने केही 'टेक्निक' जान्नै पर्छ।

शिक्षकसँग सिक्नुका फाइदा

सङ्गीतकर्मी आयेस्का स्याम्पसन क्यानबेरामा स्ट्रिङ्ग टिचर हुन्।

अर्थात् उनले भायोलिन, भियोला जस्ता तारबाट बज्ने बाजाहरू बजाउन सिकाउने शिक्षिकाका रूपमा काम गर्छिन्।

 स्याम्पसनका अनुसार शिक्षकबाट सङ्गीत सिक्नुका धरै फाइदाहरू छन्।

“सबै भन्दा राम्रो कुरा भनेको चाहिँ, शिक्षक तपाईँसँगै हुने भएकाले, बजाएको सुनेर आवश्यकता अनुसार तुरुन्तै टिप्सहरू दिन सक्छन्,” उनले भनिन्।

अन्य विद्यार्थी वा शिक्षकसँग 'ड्युट' गर्दा, अझ बढी 'स्किल्स' सिक्न सकिने उनले बताइन्।

A father helps little girl practice cello at home by window - Australia Explained – Learning an instrument
Credit: Cavan Images/Getty Images/Cavan Images RF

विद्यालयमा सङ्गीत सम्बन्धी शिक्षा

बालबालिकाहरूलाई सङ्गीत सिकाउनका लागि उनीहरूले पढिरहेको विद्यालय पनि एउटा विकल्प हुन सक्छ।

विद्यालयमा सङ्गीत सिकाउने कुरा राज्य र प्रदेश पिच्छे फरक पर्छ।

यसै गरी विद्यालयको शैक्षिक प्राथमिकता र यसले प्राप्त गर्ने अनुदानले पनि सङ्गीतको पढाई हुने वा नहुने भन्ने कुराको निर्धारण गर्छ।

तर अस्ट्रेलियामा सङ्गीतलाई प्राथमिकतामा राखेका विद्यालयहरू पनि रहेको हार्वड च्यासटन् बताउँछन्।

“अस्ट्रेलियाको करीकुलम अनुसार स्वतन्त्र विद्यालयहरूले आफ्नै शैक्षिक प्रणालीको विकास गरेका हुन्छन्, सङ्गीतलाई पनि उनीहरूले आवश्यक विषय भित्र राखेका छन्, एउटा सामान्य राज्य स्तरको हाई स्कुलमा सङ्गीत सम्बन्धी कक्षा सञ्चालन हुन्छ र उनीहरूले व्यक्तिगत रूपमा पनि सञ्चालन गर्छन्।”

यस्ता विद्यालयमा व्यवसायीक शिक्षकहरू आउने र स सानो समूह वा व्यक्तिगत रूपमा पनि उनीहरूले पढाउने गरेको च्यासट्नको भनाई छ।

कुनै कुनै विद्यालयमा चाहिँ, सङ्गीत सिकाउनका लागि धेरै व्यवसायीक शिक्षकहरू पनि राखिएका हुन्छन्।

यसका लागि अलिकति खर्च लाग्ने उनले बताए।

विद्यालयले सञ्चालन गर्ने साना हुन वा ठूला सङ्गीत कक्षा, परिवारलाई विद्यालय समुदायसँग घुलमिल हुने यो राम्रो विकल्प पनि हुने बताइन्छ।

Asian chinese mid adult man learning music instrument playing saxophone from his instructor in music studio - Australia Explained – Learning an instrument
Seeking out professional instruction can be a valuable choice. Credit: Edwin Tan/Getty Images

सङ्गीत सिकाउने शिक्षक कसरी खोज्ने

म्युजिकल इन्स्ट्रुमेन्ट पाउने स्थानीय पसलहरूमा जाँदा पनि म्युजिक ट्युटरहरु भेट्न सकिन्छ, स्कुलका मान्छेहरू वा स्कुलको 'म्युजिक कोअर्डिनेटर'लाई सोध्दा पनि उनीहरूले धेरै मानिस चिनेका हुन्छन्।”

'म्युजिक टिर्चस एसोसिएसन'ले अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशहरूका म्युजिक टिचरहरूका बारेमा जानकारी राख्ने गर्दछ।

स्याम्पसन अनलाइनमा खोज्न सुझाव पनि दिन्छिन्।

सिक्नका लागि कहिल्यै ढिला हुँदैन

उमेर बढिसकेपछि, कतिपयलाई नयाँ कुरा सिक्न अप्ठेरो महसुस हुन सक्छ, तर सङ्गीत सिक्ने यात्रामा अघि बढ्न अप्ठेरो मान्नु नपर्ने बताइन्छ।

व्यक्तिगत वृद्धि र रमाइलासँगै, नयाँ बाजा बजाउन सिक्ने काम एउटा गजबको सामुदायिक गतिविधि पनि हो।

धेरै जसो वयस्कहरूको इच्छा, पछि कुनै समूहमा आबद्ध हुने र यसबाट केही उपलब्धि हासिल गर्ने हुन्छ।

स्याम्पसन अस्ट्रेलियामा समूह वा व्यक्तिगत रूपमा सङ्गीत सिकाउने प्रशस्तै ठाउँहरू रहेको बताउँछिन्।

सिक्ने क्रममा शिक्षकको शैलीसँग आफ्नो शैली मिलेन भने आफूलाई निराश बनाउनु नहुने स्याम्पसनको भनाई छ।

“मानिसहरू निराश हुने वा एन्जाइटी हुने वा रुने, कतिपय मानिसलाई यस्तो हुन्छ,” स्याम्पसन भन्छिन्।

त्यस्तो अवस्थामा अर्को शिक्षक वा नयाँ बाजा सिक्नु विकल्प हुन सक्ने उनले बताइन्।

Senior couple playing music - Australia Explained – Learning an instrument
Senior man playing mandolin and senior woman playing ukulele Source: Moment RF / Joao Inacio/Getty Images

आफूले रुचाएको बाजा कहाँ पाइन्छ?

विद्यालयका सङ्गीत सम्बन्धी विभागले विभिन्न खाले बाजाहरू किन्नमा लगानी गरेका हुन्छन्।

यस्ता बाजाहरू उनीहरूले आफ्ना विद्यार्थीहरूलाई 'लोन'का रूपमा पनि दिन्छन्।

कतिपय विद्यालयले भने आफूले बजाउने बाजा आफै ल्याउन पनि लगाउन सक्छन्।

म्युजिक स्टोरहरूमा बाजाका विभिन्न सस्ता प्योकेजहरु भेटिन सक्छन्, उनीहरूले अनलाइन ट्युटर पनि दिन सक्छन्।

यसै गरी अरूले प्रयोग गरिसकेका 'सकेन्ड हेन्ड', बाजाहरू पनि पाउन सकिने बताइन्छ।

मेलबर्नको च्यारिटी संस्था, गिटार्स ग्यादरिङ्ग डस्टले पुराना बाजाहरूलाई नयाँ घर दिने काम गर्छ।

सङ्गीत सम्बन्धी कार्यक्रम, लाइब्रेरी र व्यक्तिगत रूपमा पनि पुराना बाजाहरू संस्थाले दिने गरेको छ।

गिटार्स ग्यादरिङ्ग डस्टका संस्थापक क्रेग वाट, कुनै कुनै स्थानीय लाइब्रेरीहरूले किताब जस्तै गितार पनि केही महिनाका लागि सिक्नका लागि दिन सक्ने बताउँछन्।

“यसले मानिसहरुलाईे बाजाका बारेमा जान्न मात्रै होइन आफूले रुचाएको बाजा यो हो कि होइन भनेर निर्णय गर्न पनि मद्दत पुर्‍याउँछ, कहिले काहीँ गितार मेरा लागि उचित होइन रै’छ भनेर मान्छेले पियानो, सेक्सोफोन वा अन्य कुनै बाजा सिक्न सक्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now