SKIP TO MAIN CONTENT

काठमाडौँ बिगार्ने "काठमान्ड्रुइड्स"

Nepali author Peter J Karthak.
Nepali author Peter J Karthak. Source: Supplied

पूर्व रक ऐन्ड रोल गायक र एजुकेटेड गुण्डाको नामले पनि चिनिने नेपाली लेखक पिटर जे कार्थकले ४० वर्षको अन्तराल पछि ‘काठमान्ड्रुइड्स’ नामक एक नयाँ सार्वजनिक गरेका छन्। ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ उपन्यास लेखेर साझा पुरस्कारसमेत पाएका उपन्यासकार पिटर जे कार्थकले आफ्नो दोस्रो उपन्यासमा काठमाडौँलाई बिगार्ने हरु को हुन् त भन्ने बारे लेखेका छन्। आफ्नो नयाँ उपन्यास र आफ्नो साहित्यिक यात्राबारे पिटर जे कार्थकले एसबिएस नेपालीसँग गरेको कुराकानी। पुरा कुराकानी सुन्न माथिको मीडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्


Published

Updated

By Smriti Dhungana

Source: SBS



Skip to podcast episode content

पूर्व रक ऐन्ड रोल गायक र एजुकेटेड गुण्डाको नामले पनि चिनिने नेपाली लेखक पिटर जे कार्थकले ४० वर्षको अन्तराल पछि ‘काठमान्ड्रुइड्स’ नामक एक नयाँ सार्वजनिक गरेका छन्। ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ उपन्यास लेखेर साझा पुरस्कारसमेत पाएका उपन्यासकार पिटर जे कार्थकले आफ्नो दोस्रो उपन्यासमा काठमाडौँलाई बिगार्ने हरु को हुन् त भन्ने बारे लेखेका छन्। आफ्नो नयाँ उपन्यास र आफ्नो साहित्यिक यात्राबारे पिटर जे कार्थकले एसबिएस नेपालीसँग गरेको कुराकानी। पुरा कुराकानी सुन्न माथिको मीडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्


काठमाडौंले मलाई आफ्नो मान्नै सकेन्ः लेखक पिटर जे कार्थक

लेखक पिटर जे कार्थकले नयाँ अंग्रेजी उपन्यास काठमान्ड्रुइड्सहालै सार्वजनिक गरेका छन् । प्रत्येक ठाउँः प्रत्येक मान्छेउपन्यास लेखेर साझा पुरस्कारसमेत पाएका उपन्यासकार पिटर जे कार्थकले एसबिएस नेपालीसँग उनको नयाँ उपन्यास र साहित्यिक यात्राबारे कुराकारी गरेका छन् ।

१. नयाँ उपन्यास ‘काठमान्ड्रुइड्स’ हालै सार्वजनिक गरेका गर्नुभएको छ । यस उपन्यास र त्यसको पृष्ठभूमिबारे केही जानकारी गराईदिनु हुन्छ ?

यो उपन्यास तयार गर्न करिव १८ वर्ष लाग्यो । सन् २००० मा संगीतकार अम्बर गुरुङको सम्मानमा आयोजित रात्री भोजमा नेताहरुलाई गाली गर्दै निस्किएको गफबाट यस पुस्तकको कथा जन्मिएको हो  काठमान्ड्रुइड्समा भ्रष्टाचार, जालझेल र गुण्डागर्दीको बिगारिको काठमाडौंको विभिन्न परिवेश समेटिएको छ ।

लिच्छवी र मल्लकालदेखि नेपालमण्डलको अदभूत कथा पुस्तकमा छन् । त्यसबाहेक नेपालका गौरव मानिएका अरनिको, भृकुटी, बुद्ध र तेन्जिङ शेर्पाको गाथा र  आधुनिक काठमाडौंको व्यथा पुस्तकमा समेटिएको छ ।

२. ‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ उपन्यास लेखेर साझा पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको तपाईले ४० वर्षपछि नयाँ कृति ‘काठमान्ड्रुइड्स’ सार्वजनिक गर्नुभएको छ । कहिल्यै लेखकको रुपमा स्थापित हुन्छु भनेर सोच्नु भएको थियो?

दार्जिलिङमा मैले नेतृत्व गरेको द हिलियन्स नामक रक पप ब्यान्डले चर्चा कमाइरहेको थियो । त्यसबेला शरण प्रधानले नेतृत्व गर्ने संगम साँस्कृतिक समूहमा समेत आवद्ध थिए । त्यसमा रञ्जित गजमेर, अरुणा लामा र जितेन्द्र बर्देवासमेत सहभागि दिए । 

द हिलियन्स ब्यान्डका सदस्य फुर्वा छिरिङ, रञ्जित गजमेर र अनुराधा गुरुङलगायत वीरगन्ज आएका थियौं ।

दुई महिनामा स्कुल सञ्चालकसँग तलबमा कुरा नमिलेपछि हामीहरु काठमाडौंतिर हान्निएका थियौं।

कथा र कविता कसरी लेखिन्छ भन्ने थाहासमेत थिएन् । मैले दार्जिलिङमा छाड्नुभन्दा चार महिनाअघि एउटा धनाढ्य युवतीको बलात्कारको घटनाले सबैलाई त्रसित बनाएको थियो ।

यी युवती मेरो राजस्थानी साथीकी प्रेमिका थिइन्। त्यसैले दार्जिलिङमा घटेको त्यस घटनाले मलाई गम्भिर बनाइदिएको थियो । काठमाडौं आएपछि मैले त्यसै घटनालाई समावेश गरेर प्रत्येक ठाउँः प्रत्येक मान्छेउपन्यास लेखेको थिए ।

३. दार्जिलिङमा द हिलियन्स् नामक रक पप ब्यान्ड र संगम साँस्कृतिक समूहमा संलग्न भएर सांगीतिक सफल पाइरहनुभएको तपाईले काठमाडौं आएपछि संगीतलाई छाडिदिनुको कारण केही थियो ?

म २४ वर्षको हुँदा काठमाडौं आएको थिए । दार्जिलिङमा द हिलियन्स नामक रक पप ब्यान्ड र संगम साँस्कृतिक समूहमा संलग्न भएर सृजनात्क क्रियाकलापमा व्यस्त भइन्थ्यो । करिव १० वर्ष रेडियो नेपालमा म्युजिसियनको रुपमा काम गरें । काठमाडौंमा सृजनात्मक संगीतको कुनै महत्व थिएन् । त्यसैले संगीतनै चटक्कै छाडिदिए ।

४. संगम साँस्कृतिक समूहमा आवद्ध भएर सांगीतिक यात्रामा सफल भइरहँदा तपाईहरुको समूहले एजुकेटेड गुण्डाको उपमा पाएको थियो । किन ?

दार्जिलिङको माहोल अनुसार युवाहरु टोले समूहमा आवद्ध हुन सकेन भने असुरक्षित महशुस हुन्थ्यो । त्यसबेला म विभिन्न पाँच वटा टोले गुण्डाहरुको समूहमा आवद्ध थिए । संगम साँस्कृतिक समूहमा संगीतका क्रियाकलाप धेरै हुने गथ्र्याे। युवाहरुको लागि यो सामाजिक संस्था समेत थियो । यसमा ८० जना सदस्यहरुमात्र थिए ।

५. शैक्षिक परामर्शदाताको रुपमा नेपाल आउनुभएको तपाईले झण्डै ५२ वर्ष बिताइसक्नु भयो । तपाईले काठमाडौंलाई कसरी परिभाषित गर्नुहुन्छ ?

सन् १९६९ राजधानीको विश्वज्योति हलमा फिल्म हेर्न जाँदा मेरी हालकी श्रीमतीसँग पहिलो पटक भेटघाट भयो । त्यसको तीन महिनापछि हामीले विवाह गरौं । सन् १९७८ मा म नेपाली नागरिक भए ।

काठमाडौं बसेको झण्डै ५२ वर्षभन्दा बढी भइसक्यो । तैपनि न मैले काठमाडौंलाई आफ्नो मान्न सके, न नै काठमाडौंले मलाई आफ्नो मानेको छ।

६.साझा पुरस्कार प्राप्त प्रत्येक ठाउँ ः प्रत्येक मान्छे उपन्यासका लागि साहित्यकार शंकर लामिछाने भूमिका लेख्न कसरी तयार भएको थियो ?

गुरु अम्बर गुरुङलाई प्रत्येक ठाउँ प्रत्येक मान्छेनामक उपन्यास लेखिसकेको बताएको थिए। उहाँले पुस्तकको भूमिका शंकर लामिछानेलाई लेख्न लगाउनु भएको थियो । शंकर लामिछानेले तीन वाक्यको भूमिका त म नलेख्दिने तर जँच्यो भनेमात्र लेखिदिने बताएका थिए। पाँचपटक पुनर्लेखन गरेपछि शंकरले अन्तिम पाण्डुलिपी रुचाए र उनले भूमिका लेखिदिए।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now