Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियालीहरुलाई म:म चिनाउने अन्तराष्ट्रिय डम्प्लिंग महोत्सव मेलबर्नमा हुँदै

momo fest_nepali dumpling_

नेपाली म:म: मात्र नभएर भिन्न देशका भिन्न स्वरूप र स्वादका म:म: पाइने अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सव सोमवार नभेम्बर ४ मा मेलबर्नमा आयोजना हुँदैछ।


Published

Updated

By Rajish Aryal, Sunita Pokharel

Source: SBS




Share this with family and friends


नेपाली म:म: मात्र नभएर भिन्न देशका भिन्न स्वरूप र स्वादका म:म: पाइने अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सव सोमवार नभेम्बर ४ मा मेलबर्नमा आयोजना हुँदैछ।


अस्ट्रेलियामा धेरैले नेपाली म:म: चाखेका वा यसको बारेमा सुनेका छन्। तर अन्य देशका म:म: बारे चाहिँ कत्तिको थाहा छ?

नेपाली म:म: बारे थाहा पाएकाहरूले अब विभिन्न देशका म:म: का परिकार एकै स्थानमा पाउने छन्।

नेपाली रेस्टुरेन्टहरूको सङ्ख्यामा वृद्धि भएसँगै नेपाली बाहेकका समुदायमा पनि म:म: चिरपरिचित छ।

सन् २०१७ देखि नै म:म: महोत्सव आयोजना गर्दै आएको सोलाङ्ग्चर का राजु शाक्यले एसबीएस नेपालीसँग कुरा गर्दै म:म: फेस्टिभलको सुरुवात अस्ट्रेलियाली समुदाय माझ नेपाली म:म: चिनाउने उद्देश्य राखेर गरिएको बताएका छन्।

Jhol Momo
Nepali Jhol Momo Source: Solangture

मेलबर्न कप भन्दा एक दिन अगाडी अर्थात् नोभेम्बर ४ का दिन आयोजना हुने डम्प्लिंग महोत्सव क्विन भिक्टोरिया मार्केटमा हुनेछ।

महोत्सवमा मेलबर्न कप हेर्न आउने मानिसहरू आकर्षित हुन सक्ने भन्दै शाक्यले समग्र मेलबर्न सहरको प्रचार गर्न पनि मेलबर्न अन्तर्राष्ट्रिय डम्प्लिंग फेस्टिभल सहयोगी हुनसक्ने विश्वास व्यक्त गरे।

डम्प्लिंग भन्ने बित्तिकै चिनिया वा जापानी भनेर बुझिने गरेकोमा नेपाली म:म:लाई अस्ट्रेलियाली माझ चिनाउन म:म: महोत्सवले भूमिका खेलेको विचार विश्वास व्यक्त गर्छन् शाक्य।

तर यस पटक भने नेपाली म:म: मात्र नभएर अन्य समुदायमा के कस्ता डम्प्लिंग पाइन्छ त भनेर चखाउने र चिनाउने उद्देश्यले अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सवको आयोजना गरिएको शाक्यले बताए।

momo fest_nepali dumpling_team solangture
Team Solangture Source: Supplied

उक्त अन्तर्राष्ट्रिय महोत्सवमा म:म: पारखीले नेपाली म:म: मात्र नभएर चीन, जापान, इटाली, रुसमा पाइने डम्प्लिंगको पनि स्वाद लिन सक्नेछन्।

डम्प्लिंग एक स्वाद अनेक

राजु शाक्यले विभिन्न समुदायमा आ-आफ्नै किसिमको डम्प्लिंग प्रतिको रुचिलाई आधार मानेर यस पटकको महोत्सवमा धेरै देशका म:म: समावेश गरिएको बताएका छन्।

यो महोत्सवले अस्ट्रेलिया र त्यसमा पनि मेलबर्न सहरमा रहेको बहुसांस्कृतिक पक्षलाई देखाउने शाक्यको भनाइ रहेको छ।

बहुसांस्कृतिक अस्ट्रेलियामा विभिन्न समुदायका सदस्यहरूले आ-आफ्नै स्वाद र विशेषता बोकेका खानेकुरा पनि साथमा ल्याएका हुने भन्दै शाक्यले त्यही बहु सांस्कृतिक समुदायको स्वाद पस्किने अवसरका रूपमा लिएका छन् अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सवलाई।

momos_Nepali dumpling_momo fest
Source: facebook/Momo Fest

"यो अस्ट्रेलियाको बहु संस्कृतिको उत्सव हो खाना (डम्प्लिंग)को माध्यमबाट"

कम्बोडिया, जमाइका, युक्रेन लगायतका राष्ट्रहरूको सहभागी रहने डम्प्लिंग महोत्सवमा भारतीय डम्प्लिंगका रूपमा समोसालाई लिइनुपर्ने पनि बताइएको शाक्यको भनाइ छ।

महोत्सवमा नेपाली म:म त छुट्ने कुरा नै भएन त्यस्तै चाइनिज डम्प्लिंगबाट प्रभावित अस्ट्रेलियाली डीमसिम, कोरियन मान्डु, टर्कीको मान्टी लगायत २४ वटा डम्प्लिंगका स्टल रहने राजु शाक्यले बताए।

Shamu Momos
Source: Ben Dearnley

"तर एउटै स्टलले पनि ३-४ विभिन्न प्रकारका पनि गरिरा हुन्छन् त्यसले गर्दा ४०-५० भिन्न प्रकारका डम्प्लिंगहरू हुन्छ होला।"

जापानी ग्योज़ा, रुसी पिल्मेनी, तिब्बती वाइल्ड याक लगायतका डम्प्लिंग चाख्न पाइने महोत्सवमा पहिले जस्तो नेपाली सांस्कृतिक कार्यक्रम वा नेपाली पन झल्कने किसिमका मात्र स्टलहरू रहने छैनन्।

शाक्यले यसलाई डम्प्लिंगहरूको विश्वकपको संज्ञा दिँदै यति धेरै डम्प्लिंगहरू मध्ये नेपाली चाहिँ उत्कृष्ट भएको बताउन पनि नेपालीहरू महोत्सवमा उपस्थित हुनुपर्ने बताएका छन्।

४ वटा जति नेपाली र तिब्बती म:म: को स्टलमा म:म: साथै अन्य देशका नयाँ परिकार चाख्नका लागी पनि महोत्सवमा आउन उनले आग्रह गरे।

Japchae Fusion Dumpling
Source: SBS Korean

"त्यहाँ म:म: मात्र चाख्नु पर्छ भन्ने छैन, हामी अलि खुल्ला हुनुपर्छ नेपाली भएर जहिले म:म: दाल भात मात्र खाने होइन अरू देशको पनि परिकार र संस्कृति बारे बुझ्नु पर्‍यो।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now