सिड्नी तथा मेलबर्नमा विभिन्न व्यवसाय गर्दै आएका नेपाली समुदायका केही व्यवसायीहरूसँग, उनीहरूले सञ्चालन गर्दै आएका रेस्टुरेन्ट, ब्युटी पार्लर, कपडा, किराना, मासु पसल लगायतका व्यवसाय, व्यावसायिक यात्राका अनुभव, प्राप्त गरेका अवसरहरू, सामना गरेका चुनौतीहरू, लगायत विविध विषयमा हामीले कुराकानी गरेका थियौँ। बुटिक तथा कपडा पसल सञ्चालन गर्दै आएकी कविशा त्वानाबासू, रेस्टुरेन्ट व्यवसायीहरू उपेन्द्र तन्डुकार, भोला नाथ पन्त, पार्वती शाक्य, किराना पसल खोलेका विशाल शर्मा, खेमराज धिमाल, हेयर ड्रेसर सुदिपा श्रेष्ठ, मासु पसल चलाउँदै आएका दीपेन्द्र खड्का, मासु तथा किराना पसल खोलेका कृष्ण न्यौपाने र किराना तथा कपडा पसलकी जुना केसीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





