ग्लेनरोइका नेपाली व्यवसायी भन्छन्: 'सेक्युरिटी चाहिँ एकदम बलियो बनाउनु पर्छ!'

SBS Nepali 16x9 collage.png

Nepali business owners in Glenroy, speaking with SBS Nepali. Credit: SBS Nepali/Sushil Chalise

उत्तरी मेलबर्नस्थित ग्लेनरोइमा भिक्टोरियाका लागि नेपालको कन्सुलेट, थुप्रै नेपाली पसलहरू र नेपालीभाषीहरूको बाहुल्यता छ। तर, गएका केही हप्ता यता उक्त सबर्बको मुख्य बजारस्थित चुरोट तथा सुर्तीजन्य सामग्रीहरू बेचबिखन हुने दुई पसलहरूमा आक्रमण भएपछि भने स्थानीय नेपाली व्यवसायीहरू आफ्नो तथा व्यवसायको सुरक्षालाई लिएर चिन्तित भएका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले ग्लेनरोइ पुगेर ती व्यवसायी तथा स्थानीय नेपालीभाषीहरूसँग गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।


मेलबर्नस्थित चुरोट तथा सुर्तीजन्य सामग्रीहरू बेचबिखन हुने पसलहरू लक्षित आक्रमणका घटनाहरूले स्थानीय बासिन्दा लगायत ती पसल वरपर आफ्नो व्यापार-व्यवसाय सञ्चालन गर्ने मानिसहरूको सुरक्षा चिन्ता बढाएको छ।

सोमवार, फेब्रुअरी २३ मा बिहान करिब एक बजेतिर ग्लेनरोयको ह्विटशीफ स्ट्रिटस्थित चुरोट पसलमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटनाका बेला पसलभित्र कोही नभएकाले मानवीय क्षति नभएको भिक्टोरिया पुलिसको भनाई छ।

उक्त पसल यसअघि पनि आक्रमणको निशानामा पटक-पटक परेको बताइएको छ। त्यस्तै, गत मङ्गलवार, मार्च ३ मा बेलएर एभेन्युमा रहेको अर्को चुरोट पसलमा आगो लगाउनेहरू फरार भएको राज्य प्रहरीले बताएको छ।

थप, अडियो रिपोर्टमा...

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now