Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

Nepali: The Uluru Statement from the Heart

Uluru Red Sunrise Photo

Uluru Red Sunrise Photo Source: Jimmy Widders Hunt

सन् २०१७ को मे महिनामा आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर समुदायका प्रतिनिधिहरूले उलुरु नजिक आयोजना भएको पहिलो राष्ट्रको राष्ट्रिय संवैधानिक अधिवेशनमा सहभागी भई अस्ट्रेलियालीहरू समक्ष हृदयदेखिको उलुरु वक्तव्य प्रस्तुत गरेका थिए। उक्त वक्तव्यले अस्ट्रेलियाको आदिवासी समुदायका मानिसहरूलाई देशको संविधानमा समावेश गर्न, र सम्झौता (सन्धि) र सत्यताको प्रक्रियाको माग गर्दछ। आदिवासी समुदायहरूसँग विचार-विमर्श गरी, यसमा अस्ट्रेलिया भरका १३ वटा जनजातीय संवादहरूको संयोजन गरिएको थियो। यस वक्तव्यले अस्ट्रेलियाका जनजाति समुदाय र अस्ट्रेलियाली राज्यको बीच सत्य, न्याय र आत्म-निर्धारणमा आधारित सम्बन्ध स्थापना गर्ने उद्देश्य राख्दछ। फ्रान्क यामाद्वारा सङ्गीत। जिमी विडर्स हन्टद्वारा तस्बिर।


Published

Updated

Source: SBS


Share this with family and friends


सन् २०१७ को मे महिनामा आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर समुदायका प्रतिनिधिहरूले उलुरु नजिक आयोजना भएको पहिलो राष्ट्रको राष्ट्रिय संवैधानिक अधिवेशनमा सहभागी भई अस्ट्रेलियालीहरू समक्ष हृदयदेखिको उलुरु वक्तव्य प्रस्तुत गरेका थिए। उक्त वक्तव्यले अस्ट्रेलियाको आदिवासी समुदायका मानिसहरूलाई देशको संविधानमा समावेश गर्न, र सम्झौता (सन्धि) र सत्यताको प्रक्रियाको माग गर्दछ। आदिवासी समुदायहरूसँग विचार-विमर्श गरी, यसमा अस्ट्रेलिया भरका १३ वटा जनजातीय संवादहरूको संयोजन गरिएको थियो। यस वक्तव्यले अस्ट्रेलियाका जनजाति समुदाय र अस्ट्रेलियाली राज्यको बीच सत्य, न्याय र आत्म-निर्धारणमा आधारित सम्बन्ध स्थापना गर्ने उद्देश्य राख्दछ। फ्रान्क यामाद्वारा सङ्गीत। जिमी विडर्स हन्टद्वारा तस्बिर।


हामी, दक्षिणी आकाशका सम्पूर्ण क्षेत्रबाट आई यहाँ २०१७ को राष्ट्रिय संवैधानिक अधिवेशनमा भेला हुँदै, यो वक्तव्य, हृदयदेखि प्रस्तुत गर्दछौँ: हाम्रा आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर जनजातिहरू, अस्ट्रेलिया महादेश र यसको छेउछाउको टापुहरूको पहिलो सार्वभौम राष्ट्रहरू रहेका थिए, र यी राष्ट्रहरूका आफ्नै कानुन र रीतिथिति रहेका थिए।

यो हाम्रो संस्कृति, सृष्टि, "प्राचीन कालदेखिको" साझा कानुन र ६०,००० वर्षभन्दा अघिको विज्ञानका अनुसार, हाम्रा पुर्खाहरूले पालना गर्दै आएका हुन्। यो सार्वभौमिकता एक आध्यात्मिक धारणा हो: यहाँको भूमि वा "मातृ प्रकृति" र यहाँ जन्मिएका आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डरहरू बिचको पैतृक सम्बन्ध गाँसिएर रहन्छ, र हाम्रा पुर्खाहरूसँग एकताबद्ध हुन एक दिन यहीँ फर्कनु पर्छ।

यो सम्बन्ध यस माटोप्रतिको हाम्रो स्वामित्व अर्थात् हाम्रो सार्वभौमिकताको आधार हो। यो न त कहिले हटाइएको थियो, न त कहिले यसप्रति हार मानिएको थियो। यो सम्बन्ध र सरकारी सार्वभौमिकता सह-अवस्थित रहेका छन्। यस बाहेक अरू के हुन सक्छ? यहाँका आदिवासीहरू ६ करोड वर्षका लागि यस जमिनका हकदार थिए, र मात्र पछिल्लो २ सय वर्षमा यो पवित्र सम्बन्ध विश्व इतिहासबाट कसरी हराउन सक्छ?

ठोस संवैधानिक परिवर्तन र संरचनात्मक सुधारका साथ यो पुरानो सार्वभौमिकता अस्ट्रेलियाको राष्ट्रियताको पूर्ण अभिव्यक्तिको रूपमा झल्कने हामी विश्वास गर्दछौँ। समानुपातिक रूपमा भन्नु पर्दा, हामी यस ग्रहकै सबैभन्दा धेरै कैदी बनाइने व्यक्तिहरू हौँ। हामी जन्मजात अपराधी होइनौँ। हाम्रा बालबच्चाहरू अभूतपूर्व दरमा आफ्ना परिवारबाट टाढिएका छन्।

यो हामीले उनीहरूलाई माया नगरेर हुने होइन। हाम्रा युवाहरू अधिक सङ्ख्यामा नजरबन्दमा रहन बाध्य छन्। उनीहरू हाम्रो भविष्यको आशाका किरण हुन्। सङ्कटका यी आयामहरूले हाम्रा समस्याको प्रवृत्ति स्पष्ट रूपमा दर्शाउँदछ। यो हाम्रो शक्तिहीनताका कारण चलिआएको यातना हो। हामी आफ्नै देशमा आफ्ना जनतालाई सशक्त बनाउन र उचित स्थान हासिल गर्न संवैधानिक सुधारहरू चाहन्छौँ।

जब हाम्रो भाग्य माथि हाम्रो हात हुन्छ, तब बल्ल हाम्रा सन्तानहरूले प्रगति गर्न सक्छन्। आदिवासी र गैर-आदिवासी समाज, दुवैमा उनीहरू घुल्न सक्दछन् र उनीहरूको संस्कृति देशको लागि एक उपहार हुने छ। हामी संविधानमा जनजातिहरूको आवाज सम्मिलित गर्नका लागि आग्रह गर्दछौँ। हाम्रो उद्देश्यको पराकाष्ठा केवल ‘मकार्राटा’, अर्थात्, सङ्घर्ष पछिको मिलन हो। यसले अस्ट्रेलियाली जनतासँग निष्पक्ष र सत्यताको आधारमा स्थापना भएको सम्बन्ध कायम गर्ने हाम्रो आकाङ्क्षा, र हाम्रा सन्तानका लागि न्याय र आत्म-निर्धारणको आधारमा भविष्य निर्माण गर्ने हाम्रो चाहनालाई समेट्दछ।

सरकार र जनजातिहरू बिचको सम्झौता पक्रियाको निरीक्षण गर्न र हाम्रो इतिहास सत्यताका साथ बताइनका लागि हामी एक मकार्राटा आयोग स्थापना गर्न माग गर्दछौँ। सन् १९६७ मा हाम्रो गणना गरिएको थियो, अहिले सन् २०१७मा हाम्रो आवाज सुनियोस् भन्ने हामी चाहन्छौँ। हामी आधार शिविर छोड्दै यस विशाल देशमा हाम्रो पदयात्रा सुरु गर्दै छौँ । उज्ज्वल भविष्यका लागि गरिने अस्ट्रेलियाली जनताको यो आन्दोलनमा हामी तपाईँहरूलाई आमन्त्रित गर्दछौँ।

थप जानकारीका लागि कृपया उलुरु डायलग वेबसाइट http://www.ulurustatement.org मा जानुहोस्, या आदिवासी कानुन केन्द्र युएनएसडब्लुलाई ilc@unsw.edu.au मा इमेल गर्नुहोस्।

यस हृदयदेखिको उलुरु वक्तव्य तयार पार्न अपनाइएको पहिलो राष्ट्रको विचार-विमर्श प्रक्रियाको बारेमा थप जान्नुहोस्। 

यस पोडकास्ट सङ्ग्रहमा २० वटा भन्दा बढी आदिवासी भाषाहरू समावेश गरिएका छन् (नर्दन टेरिटरी र वेस्टर्न अस्ट्रेलियाको उत्तरी भागका समुदायहरूबाट), र अन्य आदिवासी भाषाहरूको अनुवाद भए सँगै यसको सङ्ख्या बढ्ने छ। यस सङ्ग्रहमा अस्ट्रेलियाका सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका लागि ६० वटा भन्दा बढी भाषाहरू पनि समावेश गरिएका छन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now